विद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा {Bidyalay byabsthapan samitibata garine suparibekshan sewa}

Date
2014
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोधपत्रविद्यालय व्यवस्थापन समितिबाट गरिने सुपरिवेक्षण सेवा विषयमागरिएका हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय सुपरिवेक्षणको अवस्था खोजि गनरहेका छ । यो अध्ययन गुणात्मक अनुसन्धनात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनमा प्रश्नावली, अन्तरवाता अनुसूची अवलोकन फारम जस्ता साधनहरुको प्रयोग गरिएकाछ । प्राथमिक श्रोतको रुपमा प्रश्नावली, अन्तरवाता अनुसूची र अवलोकन फारमलाइप्रयोगमा ल्याइएको छ भने द्वितिय श्रोतको रुपमा विभिन्न पाठयपुस्तक र सामग्रीका प्रयोग गरिएको छ । शिक्षक,प्रधानाध्यापक, विद्यालय निरीक्षकलाई प्रश्नावली वितरण गरी त्यसलाई सङ्कलनगरेर तथ्याङ्क सङ्कलन गरियो । श्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिका अध्यक्षलाई अन्तरवार्ता गरी ल्याएको टिपोट गरेर तथ्याङ्क सङ्कलन गरियो ।अवलोकन फारमको प्रयाग गरी कक्षा सम्बन्धी गतिविधिको तथ्याङ्कसङ्कलन गरियो ।प्राप्त तथ्याङ्कलाई तालिकाकिकरण, व्यख्याका आधारमा विश्लेषण गरिएको छ । प्रधानाध्यापकले कक्षा सञ्चालन, प्रशासनिक कायका साथै राजनिति र जिल्ला शिक्षाकार्यलयमा दौडि राख्नभएकोले अवलोकन नियमित गर्न नसकि औपचारिकताका लागि मात्र गर्ने गरेको पाइयो । अधिकाँश प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सुपरिवेक्षणलाई निरीक्षण योजना र प्रक्रियागत हुन नसक्दा सुपरिवेक्षण गरि दिएको प्रतिवेदन पूर्ण रुपले कारवाही नहुने भएकोले सुपरिवेक्षण प्रति नैराश्यता उत्पन्न हुन गएको पाइयो । सुपरिवेक्षकको रुपमा काम गर्ने जिल्ला शिक्षाअधिकारी, शाखा अधिकृत, विद्यालय निरीक्षक र श्रोतव्यक्तिको दरबन्दी भएपनि दरबन्दीको कर्मचारीको अभाव देखियो । अर्को तर्फ भएका कर्मचारीहरु पनि सुपरिवेक्षण काम भन्दा पनि बढी प्रशासनिक काम तिर ध्यान दिने गरेको पाइयो ।भएको सुपरिवेक्षक, विद्यालय र शिक्षक वीचको त्रिकोणात्मक सम्बन्धको कमी गहिया। ग्रामिण क्षेत्रको विद्यालय र शहरी क्षेत्रको विद्यालयको शिक्षक र विद्यार्थीका उपस्थिति, स्कुल लिभिङ्ग सटिफिकेटको परिणाममा पनि फरक पाइयो । ग्रामिण क्षेत्रको अभिभावकभन्दा शहरी क्षेत्रको अभिभावक आफ्ना सन्तान प्रति सजग देखिएतापनि सन्तानहरुलाइ विद्यालय पठाई मात्र आफ्नो दायित्व पुरा गरेको पाइयो । अभिभावकको सहभागिता विद्यालयमा राजनैतिक गतिविधि गनपाइयो । शिक्षकको उपस्थिति दर राम्रा भएपनि विद्यालयहरुमा विषयगत शिक्षकको साह्रै कमि भएको पाइयो । कतिपय विद्यालयमा विषयगत शिक्षक न्यून थियो भने कतिपय विद्यालयमा एउटै विषयको २ वटासम्म शिक्षकहरु थिए । तर अरु विषयको शिक्षक उपलब्ध नभएर भएकै शिक्षकबाट अरुविषयहरुका अध्ययन अध्यापन गराएको पाइयो । कतिपय विद्यालयमा स्थायी शिक्षककासटटामा खेताला शिक्षकको भर्ना गरी अध्ययन अध्यापन गराएको स्थिति देखाप¥यो । यस अध्ययनका सुझावहरुमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालयलाई शुद्धपठन पाठनको रुपमा विकसित गर्नुपर्दछ । सुपरिवेक्षणको क्रममा प्राप्त भएका प्रतिवेदन माथि कार्यान्वयनको प्रक्रिया अगाडि बढाई सुपरिवेक्षकलाई हौसला प्रदानगर्नुपर्छ । विद्यालय निरीक्षक, श्रोतव्यक्ति, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापनसमितिका सदस्यहरुलाई समेत समय समयमा सुपरिवेक्षण सम्बन्धि तालिमको व्यवस्था गरी दक्ष बनाउनमा जोड दिनुपदछ । सुपरिवेक्षण गर्ने सबैले आफ्नो कार्यशौली, नेतृत्व,व्यवहार आदिमा विकास गरी शिक्षा क्षेत्रलाई माथि उठाउन मार्ग निर्देशकका रुपमा भूमिका निर्वाह गर्नुपर्दछ ।
Description
Keywords
विद्यालय व्यवस्थापन Bidyalay byabsthapan, सुपरिवेक्षण सेवा Suparivekshan sewa
Citation