मन्टेश्वरी कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामग्रीको प्रयोग { Monteswari classroom teaching using local educational materials}

dc.contributor.authorश्रेष्ठ Shrestha, कमला Kamala
dc.date.accessioned2022-06-10T05:22:28Z
dc.date.available2022-06-10T05:22:28Z
dc.date.issued2018
dc.description.abstractमन्टेश्वरी कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामग्रीको प्रयोग नामक शीर्षक चयन गरेर गरिएको प्रस्तुत शोध प ्र स्तावना मुख्य उद्देश्यहरु ४ वटा रहेका छन् । जसमा मन्टेश्वरी कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोगको वर्तमान अवस्था पहिचान गर्नु, कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोगमा प्रभाव पार्ने तत्वहरु खोजी गर्नु, कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामाग्री प्रयोगमा देखिएका समस्याहरु पत्ता लगाउनु, स्थानीय शैक्षिक सामाग्री प्रयोगमा देखिएका समस्याहरुको समाधानका उपायहरु सुझाउनु रहेका छन् । अध्ययन कार्यलाई सरल र सहज बनाउन एवम ् माथि उल्लेखित उद्देश्य पुरा गर्नकालागी उद्देश्यमुलक नमुना छनोट विधिका आधारमा मिश्रित अनुसन्धान ढाँचाद्धारा चितवन जिल्ला भरतपुर महानगरपालिकाका ३ वटा मन्टेश्वरीहरु ः नारायणी किड ् सजोन मन्टेश्वरी, किड ् स टाउन मन्टेश्वरी र ओमशान्ति बालबाटिका मन्टेश्वरीको शैक्षिक गतिविधिमा सिमित गरिएकोे छ । नमुना छनोटमा रहेका मन्टेश्वरीहरुबाट क्रमश ः प्रत्येक मन्टेश्वरीको सञ्चालक–३ जना, शिक्षिकाहरु–३ जना, विद्यार्थीहरु–६ जना, अभिभावक–६ जना र आया–३ जना गरी जम्मा २१ जना सँग प्रत्येक्ष छलफल, प्रश्नावलि, अन्तर्वा र्ता , विधिको आधारमा प्राथामिक स्रोत संकलन गरिएको छ । त्यस्तै द्धितिय स्रोत अन्तर्गत मन्टेश्वरीको अभिलेख, पत्रपत्रिका, लेख, रचना, बुुलेटिन, प्रकाशित, अप्रकाशित शोध पत्रलाई लिइएको छ । यस अध्ययनमा फ्रोबेलको किन्डर गार्टेन विधिलाई आधारमानि कक्षाका बालबालिकाहरुले स्थानीय शैक्षिक सामग्रीको प्रयोग बढि गरी मनोरञ्जनात्मक शैैलिमा बालके न्द्रित विधिबाट शिक्षण हुन पर्ने कुरामा आधारित रहेको छ । शिक्षा नै सफल जीवनको आधार स्तम्भ भएकोले ज्ञान आर्जन गर्ने क्रममा मन्टेश्वरी शिक्षालाई घरपरिवार पछिको महत्वपुर्ण मानिन्छ । शिक्षण सिकाईलाइ प्रभाबकारि बनाउन धेरै पहल गर्दा गर्दै पनि हाम्रो मुलुकमा अभैm पनि न्युन उपलब्धि महशुस गरिएको छ । अपेक्षित उपलब्धि प्राप्त गर्ने स्थानीय शैक्षिक सामग्रीको उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने कुरामा आधारीत रहेको छ । त्यस्तै खेल नाटकबाट बालबालिकाहरुमा सृजनात्मक रुपबाट ज्ञान, सिप र धारणाको विकास हुन गई भविष्यमा कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने गर्दछ । भिन्न किसिमबाट सञ्चालित बाल कक्षाहरुका स्थानीय शैक्षिक सामग्रीहरुको उपलब्धता र प्रयोग विभिन्नताका कारण उनिहरुको उपलब्धि स्तरमा अत्यन्तै फरक पाइएकाले मन्टेश्वरी कक्षामा शैक्षिक सामग्रीको आवश्यकता छनोटमा परेका २ ओटा मन्टेश्वरीको बालबालिकाको उपलब्धि स्तर उच्च रहनु ् मा स्थानीय शैक्षिक सामग्रीको प्रयोग र १ वटा मन्टेश्वरीका बालबालिकाहरुको उपलब्धि स्तर न्युन देखिनु स्थानीय शैक्षिक सामग्रीको कम प्रयोग हुनु रहेको छ । त्यस्तै स्थानीय शैक्षिक सामग्रीको प्रयोग बढि भएकोले अघिल्लो शैक्षिक सत्र भन्दा पछिल्लो शैक्षिक सत्रमा उपलब्धि स्तर क्रमश उच्च रहेको पाइयो । समग्र शिक्षण प्रणालीलाई प्रभाबकारी र दीर्घकालिन बनाउनको लागि मन्टेश्वरी तह देखि नै स्थानीय स्तरमा उपलब्ध सामग्रीको प्रयोग गरी शिक्षण गराउनु पर्ने सोचको विकास गर्न े नीति सरकारी तबरबाट हुनु पर्दछ । शिक्षण पद्धतिलाई सफल पार्नको लागि कार्यन्वयन पक्षबाट शिक्षिकाको कार्यदक्षतालाई अनुगमन मुल्यांकन गरी उचित दण्ड, पुरस्कारको व्यवस्था गर्नुपर्ने, स्थानीय शैक्षिक सामग्रीको प्रयोग प्रशस्त रुपमा गर्नुपर्ने, भौतिक व्यवस्थापन उच्च राख्नुपर्ने, अभिभावक सँग बालबालिकाको प्रगतिको बारेमा अन्तरक्रिया गर्नुपर्ने हुन्छ । शैक्षिक उपलब्धि बृद्धि गराउन शिक्षिकाहरुले पेसा प्रति उत्सुकता पुर्वक बालबालिकालाई शिक्षण गर्ने मेरो कर्तव्य र जिम्मेवारी हो भनि कार्यान्वयन गर्नु पर्दछ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11055
dc.language.isoneen_US
dc.publisherFaculty of Managementen_US
dc.subjectमन्टेश्वरी कक्षा Monteswari classen_US
dc.subjectशैक्षिक सामग्री Educational materialsen_US
dc.titleमन्टेश्वरी कक्षा शिक्षणमा स्थानीय शैक्षिक सामग्रीको प्रयोग { Monteswari classroom teaching using local educational materials}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
thesis.pdf
Size:
444.37 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: