विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका {Bidyalaya suparibekshanma srotkendrako bhumika}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
रूपमा पालना नगरेकाले पनि सुपरिवेक्षण प्रभावकारी नभएको देखिन्छ । विद्यालय सुपरिवेक्षणमा स्रोतकेन्द्रको भूमिका शीर्षकको प्रस्तुत शोधअध्ययनको मूख्य उद्देश्य विद्यालय सुपरिवेक्षणमा देखिएका चुनौतिहरू खोजी गरी समाधानका उपायहरू पहिल्याउनु रहेको छ ।
यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा तयार गरिएको छ । यो अध्ययनमा ताप्लेजुङ जिल्लामा रहेको तेल्लोक स्रोतकेन्द्रलाई अध्ययनको क्षेत्र छनोट गरी विभिन्न नमूना छनोट विधिहरूको प्रयोग गरेर स्रोतव्यक्ति, प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको छनोट गरिएको छ । नमूना जनसङ्ख्यासँग गरिने अन्तरवार्ता, प्रश्नावली र छलफलबाट प्राप्त तथ्याङ्कहरूलाई प्राथमिक स्रोत मानिएको छ भने सम्बन्धित कार्यालयका दस्तावेज पुनरावलोकन तथा विद्यालय सुपरिवेक्षणसँग सम्बिन्धत लेख, रचना, आयोगको प्रतिवेदनबाट प्राप्त तथ्याङ्कहरूलाई द्वितीय स्रोत मानिएको छ । नमूना छनोटमा परेका व्यक्तिहरूबाट सूचना लिन प्रश्नावली, अन्तरवार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका तथा अवलोकन फारम जस्ता अनुसन्धानका साधनहरूको प्रयोग गरिएको छ । यी साधनहरूको प्रयोग गरी नमूना छनोटमा परेका व्यक्तिहरूसँग अनुसन्धानकर्ता स्वयं अध्ययन क्षेत्रमा पुगेर प्रत्यक्ष भेटघाट गरी तथ्याङ्क सङ्कलन गरिएको छ ।
स्रोतकेन्द्रबाट गरिने विद्यालय सुपरिवेक्षण महत्वपूर्ण भएको र यसको सकारात्मक प्रभाव परेको भएता पनि विद्यालय सुपरिवेक्षणमा धेरै चुनौतिहरू देखिएका छन् । स्रोतव्यक्तिबाट समूह विद्यालयहरूको सुपरिवेक्षण भ्रमण कम हुने गरेको र विद्यालय सुपरिवेक्षणका क्रममा पनि स्रोतव्यक्तिबाट विद्यालयमा तथ्याङ्क सङ्कलन र सूचना आदान प्रदानमा मात्र केन्द्रित हुने गरेको पाइयो । सुपरिवेक्षण सहयोगीको रुपमा नभई प्रशासनिक ढर्राको रूपमा मात्र भएको पाइयो । स्रोतकेन्द्रमा स्रोत साधनको अभाव भएकोे, विषयविज्ञको अभाव भएको तथा स्रोतकेन्द्रको भौगोलिक क्षेत्र र विद्यालय सङ्ख्या एक जना स्रोतव्यक्तिको पहुँच भन्दा बढी भएको, स्रोतव्यक्तिलाई प्रशासनिक कामको बोझ भएको जस्ता चुनौतिहरू विद्यालय सुपरिवेक्षणमा रहेको पाइयो । स्रोतव्यक्तिहरू आफ्नो काम कर्तव्यप्रति इमान्दार र सर्मपित नभएको पाइयो । विद्यालयहरूको नियमित सुपरिवेक्षण नगरेको र सुपरिवेक्षणसँग सम्बन्धित पक्षहरूसँग निकट सम्बन्ध स्थापित गरी समस्याहरूलाई खुलस्त राख्ने वातावरण नबनाएकोले स्रोव्यक्तिको कार्यशैलीप्रति शंका र अविश्वास बढेको पाइयो । शिक्षकहरूले पनि स्रोतव्यक्तिले दिएका निर्देशन र सुझावहरू पूर्ण
स्रोतव्यत्तिका काम, कर्तव्य र अधिकार शिक्षा नियमावलीमा स्पष्ट पार्नु पर्ने , प्रत्येक विद्यालयमा मासिक वा वार्षिक रुपमा स्रोतकेन्द्रबाट यति पटक विद्यालय सुपरिवेक्षण गर्नुपर्ने भनि किटान गर्नु पर्ने, १ जना स्रोतव्यक्तिको पहुँच पुग्न सक्ने गरी सुपरिवेक्षण गर्ने विद्यालय संख्या र भौगोलिक क्षेत्र निर्धारण गर्नु पर्ने, स्रोतकेन्द्रमा विभिन्न विषयका विषयविज्ञ हरु जगेडामा राखी सुपरिवेक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने, सहायक कर्मचारीको व्यवस्था गर्नु पर्ने, जि.शि.का.बाट स्रोतकेन्द्र र स्रोतव्यक्तिको सुपरिवेक्षण कार्यशैली प्रति निरन्तर अनुगमन गरिरहनु पर्ने, स्रोतव्यक्तिले शिक्षक, प्र.अ., वि.व्य.स. पदाधिकारीहरु र अभिभावकहरुसँग समेत निकट सम्बन्ध स्थापित गरी समस्याहरुलाई खुलस्तराख्ने वातावरण तयार गर्नु पर्ने, स्रोतव्यक्तिले दिएका सुझावहरुलाई शिक्षकले पूर्ण रुपमा पालना गर्नु पर्ने तथा स्रोत व्यक्तिको सिफारिसमा जि.शि.का.बाट उत्कृष्ट शिक्षकलाई पुरस्कार र गैह्र जिम्मेवारलाई दण्ड दिने व्यवस्था गर्नुपर्ने सुझावहरु दिइएको छ ।
