कक्षा ५ पूरा गरेका गुरुङभाषी विद्यार्थीहरूको नेपाली शब्दभण्डार क्षमताको अध्ययन {Nepali vocabulary of Gurung bhashi students who have completed class 5 Ability} study

dc.contributor.authorढकाल Dhakal, ऋषिराम Rishiram
dc.date.accessioned2022-02-21T07:21:42Z
dc.date.available2022-02-21T07:21:42Z
dc.date.issued2018
dc.description.abstractशोधशीर्षक-कक्षा पाँच पूरा गरेका गुरुङभाषी विद्यार्थीहरूको नेपाली भाषाको शब्दभण्डार क्षमताको अध्ययन शोधशार्थी - ऋषिराम ढकाल शोध निर्देशक - प्रा. डा. रामप्रसाद भट्टराइ विभाग - नेपाली भाषा शिक्षा विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर शैक्षिक वष - २०६५÷ ६७ जम्मा अध्याय - पाँच पृष्ठसङख्या - २२ ं ६४ शोधको उद्देश्यः प्रस्तुत शोधकार्यका उद्देश्यहरू निम्नअनुसार रहेको छन । क) तनँहु जिल्लाका कक्षा पाँच पूरा गरेका गुरुङभाषी विद्यार्थीहरूको नेपाली भाषाकोे शब्दभण्डार क्षमताको अध्ययन गर्नु, ख) संस्थागत र सामुदायिक विद्यालयका गुरुङभाषी विद्यार्थीहरूको नेपाली शब्दभण्डार क्षमताको तुलना गर्नु, ग) गुरुङभाषी विद्याथीको शब्दभण्डार क्षमताको तुलना गर्नु, शोध प्रक्रियाः प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्र्तगत स्नातकोत्तर तह एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनार्थ तयार पारिएको हो । अध्ययनका निम्ति सामग्री सङकलन गर्ने क्रममा तनहुँ जिल्ला भित्रका चार वटा सामुदायिक र चार वटा संस्थागत विद्यालय गरी जम्मा आठ वटा विद्यालयबाट ८० जना विद्यार्थीहरूलाई लिदा लैङगिक र विद्यालयको प्रकृतिका आधारमा विद्यार्थी सङख्या बराबर हुने गरी सम्बन्धित भएकोले विद्यार्थीहरूलाई नै केन्द्रबिन्दु बनाई नमुना सवक्षण विधिवत रूपमा यस अध्ययनलाई अगाडि बढाइएको छ । यसरी शोधकार्य मुलतः क्षेत्रीय सामग्री सङकलन विधि र सर्वेक्षण विधिमा आधारित भएर अध्ययन अनुसन्धान गरिएको छ । उपलब्ध तथ्याङकको वस्तुगत अध्ययनमा लागि मध्यमान, मानक विचलन, प्रतिशताङक श्रेणी निर्धारण गरी विद्यार्थीहरूको शब्दभण्डार क्षमताको अध्ययन गरिएको छ । निष्कष समग्र सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूमा शब्दभण्डार क्षमता मध्यम स्तरको पाइयो । समग्र विद्यार्थीहरूको शब्दभण्डार क्षमता मध्यमान भन्दा माथि भएकोले विद्यार्थीहरूको शब्दभण्डार क्षमतालाई सन्तोषजनक देखिन्छ । विद्यालयको प्रकृतिको आधारमा समग्र मध्यमान ३२.३७ लाइ आधार मान्दा संस्थागत विद्यालयका ५० प्रतिशत मध्यमानभन्दा माथि र ५० प्रतिशत मध्यमान भन्दा तल छन । त्यस्तै सामुदायिक विद्यालयका ५२.५ प्रतिशत मध्यमान भन्दा माथि र ४७.५ प्रतिशत मध्यमान भन्दा तल छन । त्यसैले संस्थागत विद्यालयका विद्यार्थीहरूको शब्दभण्डारको क्षमता भन्दा सामुदायिक विद्यालयको विद्यार्थीहरूका शब्दभण्डार क्षमता राम्रो देखियो । लैङगिकताको आधारमा शब्दभण्डार क्षमतालाई हेर्दा समग्र मध्यमान ३२.४८ लाई आधार मानेर हेर्दा छात्र ४७.५ प्रतिशत र छात्रा ५७.५ प्रतिशत मध्यमानभन्दा माथि छन । यसरी हेर्दा छात्रहरू भन्दा छात्राहरूको शब्दभण्डार क्षमता उच्च रहेको पाइयो । समग्र शब्दभण्डार क्षमतामा सामुदायिक र संस्थागत विद्यालयका विद्याथीहरू दुवैको तुलना गर्दा संस्थागत विद्यालयका छात्रा विद्यार्थीहरूको शब्दभण्डार क्षमता उत्साहजनक देखियो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8390
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectगुरुङभाषी Gurung languageen_US
dc.subjectसैद्धान्तिक अवधारणा Theoretical concepten_US
dc.subjectशब्दभण्डार Vocabularyen_US
dc.titleकक्षा ५ पूरा गरेका गुरुङभाषी विद्यार्थीहरूको नेपाली शब्दभण्डार क्षमताको अध्ययन {Nepali vocabulary of Gurung bhashi students who have completed class 5 Ability} studyen_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
All thesis.pdf
Size:
621.42 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: