सइन उपन्यासको समाजभाषिक अध्ययन {Sain Upanyasako Samajabhashik Adhyayan}

dc.contributor.authorशर्मा Sharma, सपना Sapna
dc.date.accessioned2022-07-14T04:32:51Z
dc.date.available2022-07-14T04:32:51Z
dc.date.issued2022
dc.description.abstractसमाजभाषिक आधारमा आधारित सइन उपन्यासको विश्लेषण गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेकोल यसको शीर्षक सइन उपन्यासको समाजभाषिक अध्ययन राखिएको छ । यो शोधकार्य त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय सप्तगण्डकी बहुमुखी क्याम्पस नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको नेपाली शिक्षा ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । प्रस्तुत शोधकार्यका उद्देश्यहरूमा सइन उपन्यासको भाषाशैलीको समाजभाषिक अध्ययन गर्नु र यस उपन्यासकापात्रहरूले प्रयोग गर्ने भाषाको वर्गगत र लिङगगत आधारमा भाषिक प्रयोगको स्थिति पत्तालगाउनु रहेको छ । प्रस्तुत शोधकार्य सइन उपन्यासको समाजाभाषिक अध्ययनसँग सम्बन्धित भएकाले प्राथमिक सामग्रीको रूपमा यात्री प्रकाश पाण्डेद्वारा लिखित सइन उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा लिई यससँग सम्बन्धित समाज भाषा विज्ञानसँग सम्बन्धित शोधपत्र,पाठयपुस्तक, सम्बन्धित साहित्यका समालोचनात्मक कृतिहरू, विभिन्न लेख, रचना, इमेल, इन्टरनेटलाई द्वितीयक सामग्रीका रूपमा सहयोगबाट सामग्री सङकलन गरिएको छ । यही द्वितीयक स्रोतका साधनहरू ब्याख्या र विश्लेषण गरी अध्ययनको ढाँचा निर्माण गरिएको छ । यस उपन्यासको समाजभाषिक अध्ययनका क्रममा समाज भाषाविज्ञानका परिचय र सैद्धान्तिक पृष्ठभूमि, भाषिक भेदहरूको क्रमशः विश्लेषण गरिएको छ । यसका साथै वर्गगतर लिङगगत अवस्थाका आधारमा सइन उपन्यासका पात्रहरूले प्रयोग गरेका भाषाको भाषिकविश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । सइन उपन्यास यात्रीप्रकाश पाण्डेद्वारा लेखिएको सामाजिक उपन्यास हो । सशस्त्र द्वन्द्वको गहिराइसम्म पुगेर लेखिएको यो उपन्यास दसवर्षे गृहयुद्धको महत्वपूर्ण दस्तावेज मात्रहैन, तत्कालीन समाजको प्रतिबिम्ब हो भनी प्रस्तुत गरिएको छ । यस उपन्यासमा नेपाली पात्रहरू पैसा कमाउने सिलसिलामा विदेश गएको र त्यहाँ विभिन्न प्रकारका समस्याहरूसिर्जना भइजीवन बचाउन गाह्रो भएको परिवेशको चित्रण रहेको छ । शैक्षिक स्तरका आधारमा उपन्यासमा बढी मात्रामा अशिक्षित पात्रहरू अधिक रहेका छनभने शिक्षित पात्रकम रहेका छन । उपन्यासमा मध्यमवर्गको पात्रको प्रयोग बढी पाइन्छ भने निम्न वर्गका पात्रहरूको उच्चवर्गका तुलनामा बढी रहेका छन। उपन्यासमा वर्ग, शिक्षा, लिङग आदिका दृष्टिले विभेदीकरण भएको समाजलाई देखाउन सफल देखिन्छ । शिक्षितवर्गका पात्रले प्रयोग गरेको भाषाको वाक्यगठन मिलेको, आदरयुक्त भाषिक प्रयोग, दर्शनयुक्त तथा नैतिक, शिक्षामूलक भाषिक अभिव्यक्ति पाइन्छ भने अशिक्षित पात्रको भाषिक प्रयोगमा परम्परावादी सोच, गालीगलाजपूर्ण भाषा, रुखो तथा रूढीवादी विचार, ग्रामीण भाषायुक्त भाषाको प्रयोगपाइन्छ । लिङगका आधारमा समेत उपन्यासमा पुरुष र महिला पात्रहरूरहेका छन । पुरुषपात्रका तुलनामा महिला पात्र कम रहेका छनर पुरुषको भाषिक प्रयोगमा धेरै भिन्नता नरहतापनि शब्दभण्डारका तहमा र क्रियाको प्रयोगमा भिन्नता पाइन्छ । सइन उपन्यासमा समाजका सबै वर्ग, लिङग, जातीय मिश्रण रहेको उपन्यासको भाषालाई समाज सापेक्ष बनाएको छ । यो शोधकार्यमा समाजभाषिक अध्ययनका क्रममा शोधपत्रलाई विभिन्न शीर्षक र उपशीर्षकहरूमा वर्गीकरण गरी पाँच अध्यायमा विभाजन गरी निष्कर्ष निकालिएको छ र अन्त्यमा सन्दर्भ सामग्रीसूची र व्यक्तिवृत्त प्रस्तुत गरी शोधकार्यलाई समापन गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11723
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा सङ्कायen_US
dc.subjectसइन उपन्यास Sain upanyasen_US
dc.subjectसमाजभाषिक अध्ययन Samajabhashik adhyayanen_US
dc.titleसइन उपन्यासको समाजभाषिक अध्ययन {Sain Upanyasako Samajabhashik Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवनen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
80.86 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page.pdf
Size:
319.3 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: