विशिष्टीकरण तालिकाका आधारमा प्रवेशिका परीक्षा २०७०को अनिवार्य नेपाली विषयमा सोधिएका प्रश्नहरूको अध्ययन{A study of the questions asked on the compulsory Nepali subject of the entrance examination 2070 on the basis of the specialization schedule}

dc.contributor.authorरेग्मी Regmi, मोहन Mohan
dc.date.accessioned2022-07-05T09:30:58Z
dc.date.available2022-07-05T09:30:58Z
dc.date.issued2017
dc.description.abstractशोधशीर्षक ः विशिष्टीकरण तालिकाका आधारमा प्रवेशिका परीक्षा २०७० को अनिवार्य नेपालीविषयमा सोधिएका प्रश्नहरूको अध्ययन शोधनिर्देशक ः गेहन्द्र खनालअध्याय ः पाँचसीमा ः प्रवेशिका परीक्षा २०७० का प्रश्नहरूको मात्र अध्ययन गरिएकाशोध प्रक्रिया ः व्याख्या र विश्लेषणात्मक पद्धति तथा पुस्तकालयीय अध्ययन प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्तर्गतएम. एड. दोस्रो वर्षको नेपा. शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार पारिएको हो । मूलतः पुस्तकालयीय अध्ययनद्वारा तयार पारिएको प्रस्तुत शोधपत्रमा प्राथमिक स्रोतका रूपमा२०७० सालमा उपयोग गरिएका प्रवेशिका परीक्षाका प्रश्नहरूलाई सङकलन गरिएको छ ।यसअन्तर्गत पाँच विकास क्षेत्र र पूरक परीक्षा दुबैमा प्रयोग गरिएका प्रश्नहरू सङकलित छन ।भाषा तथा पाठयपुस्तकविद, विषयविज्ञ, बुद्धिजीवी, शिक्षक वर्ग आदिका सम्बन्धित विषयका पुस्तक,पत्रपत्रिका आदिलाई द्वितीय सामग्रीका रूपमा प्रयोग गरिएको छ । सङकलित सामग्री अध्ययनकालागि वर्णनात्मक र विश्लेषणात्मक पद्धति अङगीकार गरिएको छ । पाँच अध्यायमा विभाजित यस शोधपत्रको प्रथम परिच्छेदमा अध्ययनको परिचय प्रस्तुत गरिएको छ ।यस शोधकार्यको दोस्रो परिच्छेदमा अध्ययनको सैद्धान्तिक पक्ष, अवधारणात्मक ढाँचा आदिलाइप्रस्तुत गरिएको छ । त्यस्तै यस शोधकार्यको तेस्रो परिच्छेदमा अध्ययनको ढाँचा, तथ्याङक सङकलनप्रक्रिया, तथ्याङकको व्याख्या र विश्लेषण प्रक्रिया आदि कुराहरूबारे स्पष्ट पारिएको छ । प्रश्नविश्लषणका क्रममा विशिष्टीकरण तालिकामा दिइएका शब्दभण्डार, हिज्जे र लेख्यचिह्न, व्याकरण,बोध(अदृष्टांश), बुँदाटिपोट र सारांश लेखन(दष्टांश), निदशित रचना, व्यावहारिक लेखन, स्वतन्त्ररचना, सप्रसङग व्याख्या, पाठगत प्रश्नोत्तर(सङक्षिप्त उत्तरात्मक) र विवेचना क्षेत्रहरूलाई मुख्यआधारका रूपमा लिइएको छ र शब्दार्थ, शब्दज्ञान, वाक्यमा प्रयोग, शुद्धीकरण, शब्दवर्ग, शब्दनिर्माण, काल, पक्ष र भाव, वाक्यपरिवर्तन तथा वाक्यसंश्लषण आदि विधाहरू÷परीक्षणीयपक्षहरूलाई उपआधार मानी प्रश्नहरूको अध्ययन विश्लेषण गरिएको छ । यसका साथसाथै पाँचापरिच्छेदमा अध्ययनबाट प्राप्त निष्कर्ष र सुधारका लागि आवश्यक सुझावहरू पस्तुत गरिएको छ । ङ प्रस्तुत शोधपत्रमा गरिएको अध्ययनबाट यहाँ शब्दार्थ विधाबाट सोधिएका प्रश्नहरूमा तत्सम,तदभव, आगन्तुक शब्दहरूको वितरण प्रक्रियामा विशिष्टीकरण तालिकाको स्पष्टीकरणलाई ख्यालनगरिएको, हिज्जे र लेख्यचिह्न विधाबाट छओटा अशुद्धि भएको गद्यांश दिइसच्याउनलगाउनप्रश्नमा अङ्कभारलाई ख्याल नगरी कहीँ पाँचओटा मात्र र कहीँ सातओटा सम्म पनि अशुद्धि दिइएको,शब्दवर्ग विधाबाट सोधिएका प्रश्नहरूमा स्पष्टीकरणमा भनिएजस्तो गरी प्रश्न निर्देशन नदिएको,बोध प्रश्नोत्तर विधाका लागि प्रश्नपत्रमा १५० शब्दसम्मको अदृष्टांश गद्यांश दिनुपर्ने स्पष्ट व्यवस्थाविशिष्टीकरण तालिकाले गरेपनि १३३, १३१ शब्दसम्मको अनुच्छेद दिनु उपयुक्त नभएको, बुँदाटिपोटर सारांश लेखन गर्नका लागि दिनुपर्ने दष्टांश गद्यांश पनि १२९, १३३, १३९ शब्दसम्मको मात्रदिइएको, व्यावहारिक लेखन क्षेत्रबाट सोधिएका प्रश्नहरूमा कार्यालयीय चिठी पनि लेख्न दिइएको,सप्रसङग व्याख्याका लागि दिने विशिष्ट पङक्ति पनि रूपक(एकाङकी) बाट दिइएको रविशिष्टीकरण तालिकाले पत्येक प्रश्नको उत्तर लेख्ने छुटटाछुटटै समय उल्लेख गरेपनि प्रश्नपत्रमाभने समग्र रूपमा ३ घण्टाको समय मात्र उल्लेख गरिएको कुराहरूलाई निष्कषका रूपमा प्रस्तुतगरिएको छ । प्रस्तुत अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा विशिष्टीकरण तालिकाअनुरूप पश्न निर्माणका लागिआवश्यक सुझावहरू प्रस्तत गरिएको छ । जसमा शब्दार्थ विधाका प्रश्न निर्माण गर्दा तत्सम,तदभव र आगन्तुक शब्दहरूको सही वितरणका लागि विशिष्टीकरण तालिकाको स्पष्टीकरणलाइख्याल गर्नुपर्ने, शब्दवगछटयाउने प्रश्न दिँदा स्पष्टीकरणमा भनिएजस्तै गरी विद्यार्थीहरूले उत्तरलेखन गर्न सक्ने किसिमले प्रश्न निर्देशन दिनुपर्ने, बोध प्रश्नोत्तर लेखन गर्नका लागि स्पष्टीकरणध्यान दिदै एक÷दुई वाक्यमा नै उत्तर आउने प्रश्नहरू दिनुपर्ने, बुँदाटिपोट र सारांश लेखन विधाबाटसोधिने प्रश्नका लागि दिइने दृष्टांश गद्यांश दिदा स्पष्टीकरणलाई ख्याल गर्नुपन, चिठी विधाबाटप्रश्न दिदा व्यापारिक वा व्यक्तिगत वा निवेदन क्षेत्रबाट मात्र दिनुपर्ने, सप्रसङग व्याख्याका लागिविशिष्ट पङक्तिहरू दिँदा निर्धारित विधाबाट मात्र दिनुपर्ने, प्रश्नहरूको उत्तर लखन गर्नका लागिछुटयाइएको छुटटाछुटटै समय र सबै प्रश्नहरूको उत्तर लेखन गनका लागि दिइने जम्मा समयदुबैलाई प्रश्नपत्रमा उल्लेख गर्नुपर्ने कुराहरू रहेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/11540
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा संकायen_US
dc.subjectविशिष्टीकरण तालिका Bisistikaran Talikaen_US
dc.subjectप्रवेशिका परीक्षा २०७० Praveshika Pariksha 2070en_US
dc.subjectनेपाली विषय Nepali Sbjecten_US
dc.titleविशिष्टीकरण तालिकाका आधारमा प्रवेशिका परीक्षा २०७०को अनिवार्य नेपाली विषयमा सोधिएका प्रश्नहरूको अध्ययन{A study of the questions asked on the compulsory Nepali subject of the entrance examination 2070 on the basis of the specialization schedule}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पसen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
88.44 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
233.1 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: