सेन्थेरेम, साउदी रियल, मृत्यु, साहित्यकार उपन्यासमा सामाजिक पक्षको अध्ययन{Sentherem, Saudi Riyal, Mr̥tyu, Sahityakar Upanyasama Samajika Pakshako Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली सङ्काय

Abstract

रामप्रकाश समथिङको सेन्थेरेम, मृत्यु, साउदी रियल, साहित्यकार उपन्यासमा सामाजिक पक्षको अध्ययन शीर्षकका शोधपत्रलाई समग्र पाँच परिच्छेद भित्रको मूल शीर्षकको विभाजन गरी आवश्यक्ता अनुसार विभिन्न उपशीर्षकहरुमा राखेर अध्ययन गरिएको छ । प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय भन्ने शिर्षक राखिएको छ । शोधशिर्षक, शोधार्थी, शोधप्रयोजन, विषय परिचय, समस्या कथन, शोधका उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधपत्रको औचित्य, महत्व र उपयोगिता, सामग्री सङ्ककलन विधि, शोध विधि, अध्ययनको सीमाङ्कन, शोधपत्रको रुपरेखा जस्ता शीर्षक दिएर यो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा उपन्यासका सैद्धान्तिक पक्षको अध्ययन मूल शीर्षक रहेको छ । यसमा उपन्यासको संक्षिप्त परिचय,उपन्यासको व्युत्पत्ति, उपन्यासको परिभाषा, उपन्यासको स्वरुप, उपन्यासको वर्गीकरण, कथानकको आधारमा उपन्यासको वर्गीकरण,शैलीका आधारमा उपन्यासको वर्गीकरण, धारागत आधारमा उपन्यासको वर्गीकरण, उपन्यास रचनाका आधारभूत तत्वहरु, कथावस्तु, चरित्रचित्रण, परिवेश, संवाद, भाषाशैली, दृष्टिविन्दु, जीवनदर्शन, शीर्षक, नेपाली उपन्यासको ऐतिहासिक विकासक्रम र निष्कर्ष गरी विभिन्न उपशीर्षक राखेर दोस्रो परिच्छेद तयार पारिएको छ । तेस्रो परिच्छेदमा रामप्रकाश समथिङको जीवनगत परिचय, व्यक्तित्व, औपन्यासिक यात्रा र प्रवृति मूल शीर्षक राखिएको छ । उपन्यासकार रामप्रकाश समथिङको जीवनको संक्षिप्त रेखाङकन, रामप्रकाश समथिङको व्यक्तित्व, साहित्यकार रामप्रकाश समथिङका औपन्यासिक यात्रा र निष्कर्ष जस्ता उप शीर्षकहरुमा छोटो चर्चा गरिएको छ । चौथो परिच्छेदमा सेन्थेरेम, मृत्यु, साउदी रियल, साहित्यकार उपन्यासमा सामाजिक पक्षको अध्ययन मूल शीर्षक रहेकाछ । सेन्थेरेम, मृत्यु, साउदी रियल, साहित्यकार उपन्यासहरुको परिचय, सामाजिक पक्ष, पात्र वा चरित्र, परिवेश, भाषाशैली, संवाद, दृष्टिविन्दु, कौतुहल, उद्देश्य, प्रवृतिगत आदिको चर्चा गरिएको छ । पाँचौ परिच्छेदमा उपसंहार राखिएको छ । सन्थरेम मृत्यु, साउदी रियल, साहित्यकार उपन्यासमा सामाजिक पक्षको अध्ययन विषयवस्तु मूल रुपमा उल्लेख गर्दै निष्कर्ष पङक्ति प्रस्तुत गरिएको छ साथै भावी कार्यका लागि सम्भावित शोधशीर्षक राखिएको छ । शोधपत्रको अन्त्यमा शोधपत्र तयार पार्दा सन्दर्भ सामग्रीको रुपमा लिएको सन्दर्भ सामग्रीहरुको सूची तयार गरी राखिएको छ । गंगामाया चेम्जोङ्ग शोधार्थी महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामनेपाली विभाग, स्नाकोत्तर तह, दोस्रो वर्ष

Description

Citation

Collections