भवानी भिक्षुका कथामा दृष्टिविन्दु Bhawani Bhikshuka kathama drishtivindu

dc.contributor.authorबरई Baraee, त्रिभुवन Tribhuwan
dc.date.accessioned2024-02-12T04:29:41Z
dc.date.available2024-02-12T04:29:41Z
dc.date.issued2024
dc.description.abstractदृष्टिविन्दुको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा कथाकार भवानी भिक्षुका कथाको अध्ययन प्रस्तुत शोधप्रबन्धमा गरिएको छ । उनी मूलतः नेपाली साहित्यका विशिष्ट कथाकार हुन । उनका गुनकेसरी, मैयाँसाहेब, आवर्त र अवान्तर गरी चारओटा कथासङग्रहहरू प्रकाशित छन, जसमा छयालिसओटा कथा सङगृहीत छन । सङख्यात्मक र गुणात्मक मूल्यका दृष्टिले उनले नेपाली कथापरम्परामा आफ्नो विशिष्ट पहिचान कायम गरेका छन । कथाका कथानकयोजना, पात्रविधान, विचारजस्ता तŒवहरूका बिचमा केन्द्रीय र समन्वयकारी भूमिका वरण गरी सुगठित, व्यवस्थित, मौलिक, प्रवाहमय र कलात्मक प्रकारको कथात्मक संरचनाको निर्मिति गर्ने सैद्धान्तिक पर्याधारका रूपमा दृष्टिविन्दु स्थापित छ । यस्तो सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा नेपाली कथाका क्षेत्रमा विशिष्ट पहिचान कायम गरेका भिक्षजस्तो कथाकारका कथाहरूको शोधपरक र गहन अध्ययनको अभाव रहेकाले उक्त अभावको परिपूर्ति गर्न बाञ्छनीय रहेको छ । अतः भिक्षुका कथामा प्रयुक्त दृष्टिविन्दुगत पद्धति, आन्तरिक र बाह्य दृष्टिविन्दुको प्रयोगका माध्यमबाट गरिएको उनका कथाहरूको संरचनानिर्मिति तथा उनका कथाका दृष्टिविन्दुपात्रका माध्यमबाट अभिव्यक्त विचारको गहन र शोधपरक ढङगले अध्ययन गर्नाका निम्ति प्रस्तुत शोध गरिएको हो । गुणात्मक अनुसन्धानात्मक विधिको प्रयोगका माध्यमबाट सम्पन्न गरिएको प्रस्तुत शोधकार्यका निम्ति गुणात्मक तथ्यहरू सङकलन गर्नाका लागि उद्देश्यमूलक नमुना छनोट विधिद्वारा उनका चारओटा कथासङग्रहमा सङगृहीत कथाहरूमध्येबाट आवश्यकताअनुसार प्राथमिक सामग्री वा तथ्यहरू सङकलन गरी कथाविधाको एक अत्यन्तै महत्वपूर्ण तत्व दृष्टिविन्दुको सिद्धान्तलाई आधार बनाई पाठविश्लेषण विधिको प्रयोगका माध्यमबाट मूल्याङकन गरिएको छ । प्रस्तुत शोधको शोधप्रश्न एकको समाधान संलग्न समाख्याता, असंलग्न समाख्याता, कथानकनिमितिमा पात्र, पात्रविधानमा पात्र, विचारको प्रस्तुतीकरण र बोधको माध्यममा पात्र तथा पात्रको मनोविश्लेषणजस्ता उपकरणमा मात्र केन्द्रित रही विश्लेष्य कृतिको व्याख्यामार्पmत गरिएको छ । यसैगरी शोधप्रश्न दुईको समाधान कथानकयोजनाका र पात्रविधान तथा शोधप्रश्न तीनको समाधान सीमान्त वर्गको अवस्थाको प्रस्तुति, लैङगिकतासम्बन्धी विचारको द्योतन र संस्कृतिको अङकनमा आधारित रही उनका निर्धारित कथाको मूल्याङकनका आधारमा गरिएको छ । भवानी भिक्षुले दृष्टिविन्दुका संलग्न समाख्याता, असंलग्न समाख्याता, कथानकयोजना र पात्रविधानको निर्मितिमा एकल र बहुल पात्र, विचारको प्रस्तुतीकरण र बोधको माध्यममा एकल र बहुल पात्र तथा एकल र बहुल पात्रको मनोविश्लेषण गर्ने र कुनै पनि पात्रको मनोविश्लेषण नगर्नेजस्ता पद्धतिहरूको कुशलतापूर्वक प्रयोगका माध्यमबाट दुईओटा आन्तरिक केन्द्रीय, आठओटा आन्तरिक परिधीय, सोह्रसोह्रओटा बाह्य सर्वदर्शी र बाह्य वस्तुपरक तथा चारओटा बाह्य वस्तुपरक कथाको रचना गरी आन्तरिक दृष्टिविन्दुको केन्द्रीयको तुलनामा परिधीय एवम बाह्य दृष्टिविन्दुको वस्तुपरकको दाँजोमा सर्वदर्शी र सीमितजस्ता उपप्रकार तथा आन्तरिक दृष्टिविन्दुका तुलनामा बाह्य दृष्टिविन्दका मूल प्रकारको प्रयोगतर्फ आफूलाई केन्द्रित गरेको तथ्य प्राप्त हुन्छ । यसैगरी उनले आन्तरिक दृष्टिविन्दुका केन्द्रीय र परिधीय तथा बाह्य दृष्टिविन्दुका सवदर्शी, सीमित र वस्तुपरकजस्ता उपप्रकारका सैद्धान्तिक मान्यतामा आधारित रही कथानकयोजना र पात्रविधानका सिद्धान्तलाई समेत सचेतता र सावधानीका साथ समन्वित गर्दै सुगठित, व्यवस्थित, मौलिक, प्रवाहमय र कलात्मक प्रकारको कथात्मक संरचनाको निर्मिति गरी आफूलाई सिद्धहस्त कथाकारका रूपमा स्थापित गरेको कुराको पुष्टि यस अध्ययनबाट भएको छ । त्यसैगरी उनले दृष्टिविन्दुपात्रका माध्यमबाट हार्दिक, निःस्वाथी र भावनात्मक पे्रम, भागेदारीयुक्त, समतामूलक र पर्यावरण संरक्षणकेन्द्री समाजको स्थापना एवम सीमान्त व्यक्ति, लिङग, जाति, वर्ग, समुदाय, क्षेत्र, राष्ट्र र संस्कृतिसँग सम्बन्धित समस्याको समाधानप्रतिको अपेक्षा राख्दै समग्र मानवजगतमा शान्ति, समृद्धि, अहिंसा र सहिष्णुताको भावनाको सञ्चारका माध्यमबाट मानवजीवन, मानवीय जीवनमूल्य र मानवीय श्रेष्ठता संरक्षणरूपी लोककल्याणकारी विमर्शलाई अत्यन्त कलात्मक र नाटकीय ढङगले पाठकसमक्ष पु¥याई उनले आफूलाई एक सशक्त र सचेत जैविक बुद्धिजीवी कथाकारका रूपमा स्थापित गर्ने कार्यमा सफलता प्राप्त गरेको जानकारी यस अध्ययनबाट प्राप्त भएको छ । भवानी भिक्षुका कथामा दृष्टिविन्दुगत पद्धतिको अत्यन्त सशक्त ढङगले प्रयोग गरिएको, दृष्टिविन्दुगत स्वरूपको केन्द्रीयतामा कथानक, पात्रविधान, विचारजस्ता तत्वको चयन, निर्मिति, समन्वय र प्रस्तुतिमा निर्मित उनका कथाहरू अत्यन्त सुगठित र कलात्मक रहेको तथा दृष्टिविन्दुपात्रको केन्द्रीयतामा उनका कथामा लोककल्यााणकारी विचारको सञ्चार गरिएको कुरा पत्ता लगाउनु यस अध्ययनका विशिष्ट योगदान हुन । यसैगरी प्रस्तुत शोध उनका कथामा प्रयुक्त दृष्टिविन्दुसम्बन्धी विषयमा अध्ययनकर्तालाई महतवपूर्ण जानकारी प्रदान गर्ने, अध्यापकलाई सहजतासाथ कृतिशिक्षण र विद्यार्थीलाई सहजतासाथ कृतिका यावत पक्ष बोध गर्न तथा पाठकलाई कृतिको वैचारिक पक्षलाई बोधगम्य बनाई लोकमङगलकारी भावधारामा आधारित समतामूलक समाज, सुहाउँदो संस्कृति, पर्यावरणीय सचेतता र लङगिक समविकासको अवधारणाअनुसारको आचरण र व्यवहार स्विकारी मानवीय जीवनमूल्यको महत्व र गरिमा कायम गर्न अभिप्रेरित गर्नु पनि यस शोधकार्यका विशिष्ट प्राप्तिका रूपमा रहेका छन । त्यसैगरी द्रष्टा र अनुसन्धातालाई दृष्टिविन्दुको मौलिक विश्लेषण पद्धति अपनाई आख्यानात्मक कृतिको मूल्यनिरूपण गर्ने नितान्त अधुनातन पद्धति अपनाउने कार्यतफ अभिप्रेरित गर्नु नै यस अनुसन्धानको मुख्य प्राज्ञिक योगदान हो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/21909
dc.language.isoneen_US
dc.publisherमानविकी तथा सामाजिकशास्त्र सङ्काय, नेपालीen_US
dc.subjectनेपाली साहित्य Nepali sahityen_US
dc.subjectकथासङग्रह Kathasanagrahaen_US
dc.titleभवानी भिक्षुका कथामा दृष्टिविन्दु Bhawani Bhikshuka kathama drishtivinduen_US
dc.typeThesisen_US
local.academic.levelPh.D.en_US
local.institute.titleFaculty of Humanities & Social Scienceen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
2.14 MB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections