काठमाडाै‌‍‌ स्वयम्भूस्थित हारती माताकाे साँस्कृतिक अध्ययन

dc.contributor.advisorनिर्मला पाेखरेल
dc.contributor.authorमानन्धर, स्वीटी
dc.date.accessioned2026-07-14T09:56:00Z
dc.date.available2026-07-14T09:56:00Z
dc.date.issued2025
dc.description.abstractत्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागबाट स्नातकोत्तर तहको उपाधि प्राप्तिका लागि तयार पारिएको यस शोधपत्रको शीर्षक “काठमाडौँ स्वयम्भूस्थित हारती माताको सांस्कृतिक अध्ययन” हो । यस शोधकार्यमा हारती माताको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदा अन्तर्गत वास्तुकला, मूर्तिका प्रतिमालक्षण, अमूर्त सांस्कृतिक सम्पदामा नित्य पूजा, नैमित्तिक पूजा, भाकल पूजा, विशेष पूजा आदिको बारेमा अध्ययन गरिएको छ । स्वयम्भूस्थित हारती माताको ऐतिहासिकता, मूर्त सांस्कृतिक सम्पदालाई विधानका आधारमा मूर्तिकला, वास्तुकला र यस मन्दिर सँग सम्बन्धित अमूर्त संस्कृति अन्तर्गतका नित्य पूजा, नैमित्तिक पूजा, भाकल पूजा, विशेष पूजा आदिको बारेमा विस्तृत रुपमा अध्ययन नभएको हुँदा समस्या पहिचान गरी यसको उत्तर खोजी गरिएको छ । बौद्ध ग्रन्थमा उल्लेख भए अनुसार हारती मातालाई शाक्यमुनि बुद्धको समकालीन मानिन्छ । उनी पहिला नरभक्षी यक्षिणीको रुपमा रहेकी थिइन पछि बुद्धको शिक्षा पाएपछि यक्षिणीबाट संरक्षिका देवीको रुपमा रुपान्तरण भएको देखाइएको छ । हारती मातालाई बुद्ध शासनको एक महत्वपूर्ण र लोकप्रिय देवीको रुपमा प्रस्तुत गरिएको छ । हारती मातालाई बालबालिका संरक्षिका देवीको रुपमा पूजा गर्ने गरिन्छ । नेपालमा हारती माताको सबैभन्दा पुरानो मूर्ति बालाजुमा रहेको मूर्ति हो, जसलाई तेस्रो शताब्दीको मानिन्छ । हारती माताको मन्दिरको तोरणमा पञ्चरक्षादेवीका मूर्तिहरु रहेका छन । मन्दिरको प्रवेशद्वार दक्षिण दिशामा फर्किएको छ । मन्दिरको प्रवेशद्वारको माथि धातुबाट निर्मित सुनौलो रङका तीन वटा तोरणहरु रहेका छन । दक्षिण तिरको बिचमा रहेको तोरणको केन्द्रमा प्रतिसरा देवीको मूर्ति रहेको छ भने उनको दायाँ भागमा महासहस्रप्रमर्दिनी देवी र बायाँ भागमा मन्त्रानुसारिणी देवीको मूर्ति रहेको छ । त्यसैगरी प्रतिसरा देवीको दायाँ माथि महामायुरी देवी र बायाँ माथि महाशीतवती देवीको मूर्ति रहेको छ । प्रतिसरा देवीको माथिल्लो भागमा बज्रसत्वको मूर्ति रहेको छ । बिचको तोरणको दायाँ पटिट रहेको तोरणको केन्द्रमा शाक्यमुनि बुद्ध रहेका छन । शाक्यमुनि बुद्धको दायाँ पटिट प्रज्ञापारमिता र बायाँ पटिट षडाक्षरी लोकेश्वरको मूर्ति रहेको छ । त्यस्तै बिचको तोरणको बायाँ पटिट रहको तोरणको केन्द्रमा अमिताभ बुद्ध रहेका छन । अमिताभ बुद्धको दायाँ पटिट आर्यातारा र बायाँ पटिट सप्तलोचनी ताराको रहेको छ । पश्चिमा रहेको तोरणमा महावज्रसत्व र दुईवटा ताराको मूर्ति रहेको छ । उत्तरमा रहेको तोरणमा प्रतिसरा, महासहस्रप्रमदिन,ि मन्त्रानुसारिणी, महामायुरी, महाशीतवती र बज्रसत्वको मूर्ति रहेको छ । त्यस्तै गरी पूर्वमा रहेको तोरणमा महावज्रसत्व र षडाक्षरी लोकेश्वरको मूर्ति रहेको छ । टुँडालहरुमा षोडशलाश्य देवीका विभिन्न मद्रामा रहेका मूर्तिहरु रहेका छन । षोडशलाश्य देवीहरु दक्षिणको टुँडालमा गन्धादेवी, रसादेवी, स्पर्शादेवी र धर्मधातुगर्भा देवी रहेका छन । त्यस्तै पश्चिमको टुँडालमा पुष्पादेवी, धुपादेवी, अवलोकित देवी र दर्शनदेवी रहेका छन । यस्तैगरी उत्तरको टुँडालमा मालादेवी, लाश्यदेवी, गीतादेवी र नृत्यादेवी रहेका छन भने पूर्वको टुँडालमा वीणादेवी, वंशदेवी, मृदङगादेवी र मुरुजादेवी रहेका छन । त्यसैगरी मन्दिरको छानोका चारैतिर चतुर्महाराजको मूर्ति झुण्डयाइएको छ । यस मन्दिरमा हुने अमूर्त संस्कृति अन्तर्गत छयाकेगु, बुसाधँ, मचा, चा, कलः पूजा, सम्यक दान, विभिन्न किसिमका गुठीहरुको भूमिकाको बारेमा उल्लेख गरिएको छ । यो शोधपत्र प्राथमिक र द्वितीयक स्रोतमा आधारित रहेको छ । यस शोधपत्रमा गुणात्मक प्रकृतिका तथ्याङकहरु सङकलन तथा विश्लेषण गरिएका छन । हारती माता मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरुको लागि एक महत्वपूर्ण धार्मिक स्थल हो । एउटै परिसर मन्दिरलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरले आस्था, विश्वास र पूजा गर्नुले पनि यसलाई धार्मिक सहिष्णुताको अन्योन्याश्रित सम्बन्धलाई देखाएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27190
dc.language.isone
dc.subjectहारती माता
dc.subjectसाँस्कृतिक अध्ययन
dc.titleकाठमाडाै‌‍‌ स्वयम्भूस्थित हारती माताकाे साँस्कृतिक अध्ययन
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleCentral Department of Nepalese History, Culture and Archaeology

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
4.69 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: