अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलब्धि
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
औपचारिक प्राथमिक शिक्षामा विभिन्न कारणले विद्यालय जान नसकेका जस्तै घरायसी जिम्मेवारी बहन गर्नुपर्ने, गरिबीको कारणले श्रम गरेर जीविका चलाउनु पर्ने, परिवारका सदस्यहरुलाई काममा सघाउनु पर्ने र ५ वर्षको प्राथमिक शिक्षालाई पूरै समय दिन नसक्ने सहरी, अर्धसहरी र औद्योगिक क्षेत्रका ८–१४ वर्ष उमेर समूहका बालबालिकाहरुका सामाजिक पृष्ठभूमि र उनीहरुको शैक्षिक उपलब्धि पहिचान गर्नुका साथै शोधप्रस्तावमा उल्लेखित उद्देश्यहरु प्राप्त गर्न अपनाइनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी यो शोधपत्र तयार पारिएको छ । अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रमको उपलव्धिशीर्षक छनोट गरि गरिएको यस अनुसन्धानले ८–१४ उमेर समूहका औपचारिक शिक्षाबाट बञ्चित बालबालिकाहरुको शौक्षिक उपलब्धि विकासमा विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यस अध्ययनमा सहभागीहरुको लिङ्ग, उमेर, मातृभाषा, सामाजिक, आर्थिक र व्यवसायिक अवस्थाको पहिचान गर्नु अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा केटा, केटी र उपल्लो जातिका र तल्लो जातिका बालबालिकाहरुका शैक्षिक उपलब्धि तुलना गर्नु र कार्यरत सहजकार्ता र सहभागीहरुको कार्यक्रमप्रतिको धारण पत्ता लगाउनु रहेको थियो । अध्ययनको फाइल, प्रश्नपत्र र अन्तर्वार्ता प्रश्नावली प्रयोग गरिएको थियो । अध्ययन क्षेत्रका विद्यार्थीहरुको उपलब्धि हेर्नका लागि अनौपचारिक शिक्षा कार्यक्रमका ३९ जना बालबालिकाहरुकोे परीक्षा लिइएको थियो भने अन्तर्वार्ताका लागि २ जना सहजकार्ता र १० विद्यार्थीहरुलाई छनोट गरिएको थियो ।
सहभागीहरु मध्ये अधिकांश केटीहरु (६७%) र उमेर अनुसार १०–१५ वर्ष उमेर समूहका विद्यार्थीहरु नै रहेको पाइएको छ । विद्यार्थीहरुको सामाजिक पृष्ठभूमिको बारेमा बुझदा ७२ प्रतिशत बालबालिकाहरु संयुक्त (वृहत) परिवारबाट आएको पाइएको छ । जातजाति अनुसार क्षेत्री (५४%) र दलित (२८.२०%) समाजबाट वहुसंख्यक सहभागी रहेको देखिन्छ । विद्यार्थीहरु फरक फरक सामाजिक समूहका भए पनि भाषाको सन्दर्भमा सबैले राष्ट्रभाषा नेपाली नै बोलेको पाइन्छ । सहभागी विद्यार्थीका अभिभावकहरुको आर्थिक स्तर न्यून रहेका पाइन्छन् । अधिकांश अभिभावकहरु कृषि पेशा र अन्य घरेलु उद्योग, पशुपालन, मिस्त्री, छलफल खेती, सिलाइ ÷बुनाइ लगायत सीपमूलक र आयमूलक कार्यहरुमा संलग्न रहेका पाइन्छन् ।
कार्यक्रममा सहभागी बालबालिकाहरुको ५९ प्रतिशत अर्धपक्की र ४१ प्रतिशत कच्ची घरहरु रहेको पाइयो । त्यसैगरेर सहभागी बालबालिकाहरुको ३ रोपनी हुने (२३%), ४ रोपनी हुने (२८.२%) र ५ रोपनी हुने (५.१२%) रहेका पाइन्छन् । सहभागी बालबालिकाहरुको सतप्रतिशत अभिभभावक वैदेशिक रोजगारका क्रममा छिमेकी मुलुकमा काम गर्न गएका देखिन्छन् ।
नमुना छनोटमा परेका प्राथमिक शिक्षा केन्द्रको शैक्षिक उपलब्धि हेर्दा नेपाली विषयको तुलनामा गणित विषयमा पूर्णाङ्कको एक तिहाई अंक प्राप्त गर्ने विद्यार्थीहरुको संख्या बढी रहेका छन् । दुबै केन्द्रहरुमा पूर्णाङ्कको तीन तिहाई अंक प्राप्त गर्ने नेपालीमा बहुसंख्यक देखिए तापनि गणितमा एक जना पनि नभएको पाइयो ।
अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रममा दुवै केन्द्रका सहजकर्ताहरुको कार्यक्रमप्रतिको धारणा बुझ्दा तालिम प्याकेजलाई बढाउनु पर्र्ने र कार्यरत सहजकर्ताले पाउने पारिश्रमिक सन्तोषजनक नभएकोले पारिश्रमिक वृद्धि गरी जि.शि.का. बाट समय–समयमा निरीक्षण तथा अनुगमन हुनुपर्ने विचार व्यक्त गरेको पाइयो ।
निचोडमा लक्ष्मीपुर र राजपुर गा.वि.स. मा सञ्चालित अनौपचारिक शिक्षा केन्द्रमा सम्बन्धित निकायले समय–समयमा अनुमगन र निरीक्षण गरी उचित सल्लाह एवम् सुझावहरु दिई गण्ति विषयको शिक्षण सिकाइ क्रियाकलापलाई सुधारगरी र अन्य विषयको शिक्षण–सिकाइ क्रियाकलापमा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
