सामुदाियक विद्यालय व्यवस्थापनमा प्रधानध्यापककाे नेतृत्व शैंली { Samudaik bidhyalaya byabsthapanma pradhandhyapakko netritwa saili}

Date
2017
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार सामुदायिक विद्यालय व्यवस्थापनमा प्र.अ.कोनेतृत्व शैली विषयको अनुसन्धानमूलक यस शोध पत्रमा विद्यालयका प्रधानाध्यापकले अवलम्वन गरेको नेतृत्व शैलीको पहिचान गर्नु,प्र.अ.को नेतृत्व शैलीले सामुदायिक विद्यालय व्यवस्थापनमापारेको प्रभावको लेखाजोखा गर्नु, नेतृत्व शैलीमा प्रभावपार्ने कारक तत्वहरु केलाउनु र नेतृत्वलाई प्रभावकारी वनाउने उपायहरु सुझाउनु यसको महत्वपूर्ण उद्देश्य रहेको छ । यो शोध कार्यलाई सम्पन्न गर्ने क्रममा परिमाणात्मक र गुणात्मक दुवै मिश्रित ढाँचालाई आधार वनाईएको छ । मोरङ जिल्ला स्थित इन्द्रपुर स्रोत केन्द अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरुलई अध्ययनको जनसंख्या मानि त्यसमध्ये उद्देश्यमूलक नमुना छनौट विधिबाट नमुना छनौट गरि यो अध्ययन अनुसन्धान कार्यलाई पुरा गरिएको छ । यस अध्ययनबाट प्राप्त तथ्य तथ्याङ्कहरुको आधारमा विश्लेषण गर्दा सामुदायिक विद्यालयका प्र.अ. हरुले प्रजातान्त्रिक, निरङ्कुश र स्वतन्त्र तीनै किसिमको नेतृत्व शैली अवलम्वन गरेको देखिन्छ । नेतृत्व शैलीमा सबैभन्दा धेरै प्र.अ.हरुले प्रजातान्त्रिक त्यसपछी अलि कमले निरङ्कुश र धेरै कमले मात्र स्वतन्त्र शैली अपनाएको पाईएको छ । योजना निर्माणमा धेरैजसो प्र.अ.ले अन्य सरोकारवाला पक्षसँग छलफल गर्ने गरेको देखिन्छ भने धेरैजसो प्र.अ.हरु प्रशासनिक कार्यमा नै व्यस्त भएको देखिन्छ । शैक्षिक काममा प्र.अ.ले धेरै कम समय दिएको साथै मूल्याङकन तथा सुपरिवेक्षण धेरै कम समयमा मात्र गर्ने गरेको पाईन्छ । धेरै जसो सामुदायिक विद्यालयका प्र.अ.हरुको नेतृत्व शैली अझै पनि परम्परागत तौर तरिकामा आधारित भएको पाईयो । प्र्र.अ.हरु वढीजसो सरकारमूखि भएको र नेतृत्व निर्वाह गर्ने क्रममा शैक्षिक योग्यता अनुभव तथा तालिम आदिको कारण प्राय जसो विद्यालयका प्र.अ.हरु वि.व्या.स. तथा अभिभावकसँग राम्रो घुलमिल हुन नसकेको देखिन्छ यसै कारणले प्र.अ.लाई नेतृत्व वहनको लागि प्रतिकूल असर परेको देखिन्छ । विद्यालयको रेख देख तथा सञ्चालन गर्ने जिम्मेवारी पाएका प्र.अ.हरुले अवलम्वन गर्ने नेतृत्वशैली प्रजातान्त्रिक हुनु जरुरी छ । एक्लै मात्र केही गर्न नसकिने हुँदा विद्यालयसँग सरोकार राख्ने सवै पक्षसँग रचनात्मक सहयोग लिएर योजना निर्माण देखि कार्यान्वयन सम्मका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्य सम्पन्न गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्न अनिवार्य हुन्छ । प्र.अ.ले शिक्षा नियमावलीको अक्षरस पालना गर्नु पर्छ । मातहतका शिक्षक तथा कर्मचारीको मनोवल उच्च राख्दै अभिभावकहरुलाई विद्यालयको हितमा लाग्न प्रेरित गर्नु पर्छ । प्र.अ.ले आफ्नो नेतृत्वलाई वढी प्रभावकारी वनाउन कुशल योजनाकार, संगठनकर्ता, निर्णयकर्ता र सञ्चारकर्ताको रुपमा नेतृत्व दिन सक्ने व्यक्तिको रुपमा प्रस्तुत हुन सक्नु पर्छ । विद्यालयसँग सम्बन्धित समसमयीक समस्याहरुप्रति गम्भिर संयमित तथा विवेबशील भई समस्या समाधानतर्फ उन्मुख हुनु पर्छ भन्ने जस्ता सुझावहरु अध्ययनका आधारमा समावेश गरिएको छ ।
Description
Keywords
सामुदायिक विद्यालय Samudayik bidhyalaya, शैक्षणिक व्यवस्थापन Saikshik byabsthapan
Citation