व्यवस्थापकीय पारदर्शीताका लागि सामाजिक परीक्षण {A social test for managerial transparency}

dc.contributor.authorकार्की Karki, गोपाल Gopal
dc.date.accessioned2022-12-11T08:45:32Z
dc.date.available2022-12-11T08:45:32Z
dc.date.issued2013
dc.description.abstractयो शोधपत्र व्यवस्थापकीय पारदर्शिताका लागि सामाजिक परीक्षण शीर्षकमा गरिएको छ । यस शोधपत्रका मुख्य उद्देश्य सामुदायिक विद्यालयहरुमा व्यवस्थापकीय पारदर्शीताका लागि सामाजिक परीक्षणका अवस्था लेखाजोखा गर्नु रहेको छ । यस अनुसन्धानलाई अगाडी बढाउनको लागि परिमाणात्मकर गुणात्मक अनुसन्धानात्मक ढाँचाको अवलम्वन गरिएको छ भने उद्देश्यपूर्ण नमूना छनौट विधीद्वारा नमुना छनौट गरी अनुसन्धान गरिएको छ । यस अध्ययन तथा अनुसन्धानको क्रममा धनकुटा जिल्ला अन्र्तगतको मार्गा स्रोतकेन्दका वेलहारा चुङमाङ र आँखिलल्ला गाउँ विकास समिति अन्तर्गतका ४ वटा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सघका अध्यक्षहरुसँग पत्यक्ष भेटवार्ता गरी प्रश्नावलीको प्रयोगगरी सामाजिक, परीक्षण सम्बन्धी आवश्यक सचना, जानकारी र तथ्याङ्क लिइएको छ । यसअध्ययनको सैद्धन्तिक खाकाको रुपमा विकेन्द्रीकरणको सिद्धान्त, वैज्ञानिक व्यवस्थापनको सिद्धान्तर मानव सम्बन्धको सिद्धान्तमा आधारित भएर अगाडी बढाइएको छ । सामुदायिक विद्यालयका सरोकारवालाहरु वा सामुदायहरु मध्ये केही शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकहरुलाई मात्र सामाजिक परीक्षणको बारेमा थाहा भएको पाइयो भने धेरै सरोकारवालाहरुलाई सामाजिक परीक्षणको विषयमा अनभिज्ञतारहेको पाइयो । एक जना प्रधानाध्यापकले मात्र दोहोरो लेखा प्रणाली राख्ने गरेको पाइयो भनेतीन विद्यालयका प्रधानाध्यापकहरुलाई एकहोरो लेखा प्रणाली राखेको पुरानै प्रबृतिको आय–व्ययविवरण राख्ने गरेको पाइयो । सामाजिक परीक्षणको प्रचलनले आम सरोकारवालाहरुलाइ विद्यालयको गतिविधिहरुलाई गहिरो रुपमा लेखाजोखा गर्ने र मूल्याङ्कन गर्ने क्षमताको विकास हुदै गएको छ भने प्रधानाध्यापकहरुले पनि आफ्नो जिम्मेवारीलाई सरोकारवालाहरुसँग समन्वयन गरी अगाडी बढाउने विद्यालय र समुदाय बीचका सम्बन्धलाई सुमधुर पार्दै अगाडी बढाउन ेकार्यको विकास हुदै गएका पाइयो । धेरै विद्यालयहरुमा सामाजिक परीक्षण समिति गठन गरी सामाजिक परीक्षण गरी तयार पारेको प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्न थालिएको साथै सुझावलाई कार्यान्वयन गर नगरेको निगरानी सरोकारवालाहरुले राख्ने गरेको पाइयो भने सामाजिक परीक्षण गरी त्यसका सवल र दुवल पक्षलाइ सार्वजनिक गर्ने कामआम भला गराई गन गराइएका पाइयो । विद्यालयका प्र.अ.हरुले कार्यदक्षमा आम्दानी र खर्चको विवरण बनाएरप्रदर्शन गर्ने गरेको पाइएन ।सामाजिक परीक्षकले प्रतिवेदन तयार गरी पेश गरेका सुझावहरुलाई प्र.अ.ले कार्यान्वयननगरेमा शिक्षा ऐन नियमानुसार कार्यवाही गर्नु पर्छ भन्ने सरोकारवालाहरु पनि पाइयो । विद्यालयको आर्थिक कारोबार अधिकांश विद्यालयका प्र.अ.हरुले राख्ने गरेको पाइयो भने केहीविद्यालयमा लेखापालले राख्ने गरेको पाइयो । सामाजिक परीक्षणले विद्यालयका आम्दानी र खचको आथिक पारदर्शिता हन थालेका छ । सरोकारवालाहरुले विद्यालयको आम्दानी र खर्च के कति भयो भनेर चासो लिन थालेका छन ।तथापी समयमा जानकारीको अभाव, सम्बन्धित निकायबाट अनुगमनको अभाव,औपचारिकतामा सीमित र राजनैतिक हस्तक्षेप जस्ता थुप्रै समस्याहरुले सामाजिक परीक्षण प्रभावकारी रुपमा हुन सकको छैन । विद्यालयका सराकारवालाहरुलाई समाजिक परीक्षणसम्बन्धी तालिम गोष्ठिको व्यवस्था गर्नुपर्ने दखिन्छ । प्र.अ.ले आफ्नो कार्यकक्षमा आम्दानी रखर्चको विवरण प्रदर्शन गर्नुपर्ने देखिन्छ । नेपाल सरकारको नियमानुसारआम्दानी खर्चकाविवरण राख्दा राम्रा हुन जान्छ । विद्यालयको वार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन, उपलब्धिआदिमा बढि भन्दा बढी सरोकारवालाहरुको सहभागिता वा संलग्नता गराउनु पर्ने देखिन्छ । विद्यालय समुदायको माझमा रहने भएकोले विद्यालय र समुदाय बीच सुमधुर सम्बन्ध स्थापित गर्दै महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सबैलाई सहभागि र संलग्न गराउदै लैजादा उपयुक्त हुने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/13579
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन सङ्कायen_US
dc.subjectव्यवस्थापकीय पारदर्शीता Managerial transparencyen_US
dc.subjectसामाजिक परीक्षण Social testingen_US
dc.titleव्यवस्थापकीय पारदर्शीताका लागि सामाजिक परीक्षण {A social test for managerial transparency}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ्गen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
62.25 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page(6).pdf
Size:
244.73 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: