प्राथमिक विद्यालयमा आर्थिक स्रोतको परिचालनमा प्राधानध्यापकको भूमिका

dc.contributor.advisorसुरेन्द्र कुमार यादव
dc.contributor.authorयादव, भोगेन्द्र
dc.date.accessioned2026-03-26T09:49:10Z
dc.date.available2026-03-26T09:49:10Z
dc.date.issued2014
dc.description.abstractप्रस्तुत अध्ययन प्राथमिक विद्यालयमा आर्थिक श्रोतको परिचालनमा प्र. अ. को भूमिकाू विषयमा तयार पारिएको छ । यस अध्ययनको मूल उद्देश्य सामुदायिक प्राथमिक विद्यालयमा आर्थिक श्रोतको परिचालनमा प्र. अ. को भूमिकाको खोजी गर्नु रहेको छ । यो अनुसन्धान परिमाणात्मक र गुणात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाई अघि बढाउन प्राथमिक स्रोतहरु अन्तर्गत प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन फारमलाई प्रयोगमा ल्याइसकेको छ भने द्वितीय स्रोतको रुपमा विद्यालय अभिलेखमा पुस्तकहरु र विद्यालयबाट प्रकाशित जर्नलहरुलाई प्रयोगमा ल्याइएको छ । अध्ययन प्रधानाध्यापकका लागि प्रश्नावली, अभिभावकका लागि अन्तरवार्ता र विद्यार्थीहरुका लागि छलफल र विद्यालयका गतिविधिका लागि अवलोकन फारम जस्ता साधनको प्रयोग गरिएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुबाट र सदस्यहरुबाट अन्तरवार्ता लिई तथ्यांक संकलन गरिएको छ । साथै विद्यार्थी, अभिभावकहरुसंग गरिएको अन्तरवार्ताबाट प्राप्त विषयवस्तु टिपोट गरी तथ्यांक संकलन गरियो । विभिन्न विधिहरु तथा साधनहरुबाट प्राप्त तथ्यांकलाई तालिकीकरण, तुलना, व्याख्या क्रममा तथ्यांक विश्लेषण सरोकारवाला पक्षहरुसँग छर्के प्रश्नहरु गरी व्याख्या गरेर तुलनात्मक ढंगले तथ्यांक विश्लेषण गरिएकोे छ । विद्यालयसँग सरोकार राख्ने पक्षको सहभागिता प्रभावकारी देखिएको छ । विद्यालयको चल, अचल सम्पत्ति बृद्धि गर्नमा समुदायको पनि साथ तथा सहयोग प्राप्त भएको पाइएको छ । प्रधानाध्यापकले शैक्षिक प्रशासनतर्फ सुधारात्मक कदमहरु चालेको पाइएको छ । विद्यालयले शिक्षक र विद्यालयको आचारसंहितालाई पालन गर्ने÷गराउने परिपाटीतर्फ उन्मुख देखिएको छ । यस अध्ययनले लिएको उद्देश्य अनुरुप विद्यालयका आन्तरिक स्रोत र बाह्य स्रोतबाट प्राप्त आयलाई उल्लेख गर्दै यसको व्यवस्थापन तर्फ प्रधानाध्यापकले खेलेको भूमिकाको सन्दर्भमा विभिन्न शीर्षकहरु अन्तर्गत बुँदागत रुपमा प्रष्ट गर्ने प्रयासगरिएको अध्ययनको क्रममा विद्यालयको आन्तरिक रुपमा जग्गा, पोखरी, प्राकृतिक सम्पदा अन्तर्गत जंगल, सांस्कृतिक स्रोतको रुपमा गरिएको दण्ड, जरिवानाहरु रहेको पाइएको छ । यसबाट वार्षिक रुपमा विद्यालयमा आम्दानी प्राप्त भएको पाइएको छ । प्रधानाध्यापकले आर्थिक व्यवस्थापन गर्ने क्रममा भोग्नुपरेको समस्याहरु लेख्न सम्बन्धित कर्मचारी, राजनैतिक हस्तक्षेप, स्थायी आयस्रोतको कमी र स्रोत संकलनमा अप्ठ्यारो, सम्बन्धित आदि समस्याहरु भोग्नु परेको पाइएको छ । त्यसलाई हटाउनका लागि शान्ति, सुरक्षा, आर्थिक पारदर्शिता, लगानी अनुरुपको प्रतिफल तयार गर्ने जस्ता पक्षहरुमा जोड दिंदै अभिभावहरुलाई जनचेतनामूलक कार्यक्रमहरुमा जोड दिंदै अगाडि बढ्नु पर्ने देखिन्छ । यो अध्ययन विद्यालयको विभिन्न आर्थिक पक्षहरुलाई प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले यसले विद्यालयका आर्थिक कारोबार गर्नेहरु एवं यससँग रुचि राख्ने अन्य पक्षहरुलाई सहयोग गर्ने भएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26100
dc.language.isone
dc.subjectप्राथमिक विद्यालय
dc.subjectआर्थिक स्रोत
dc.titleप्राथमिक विद्यालयमा आर्थिक स्रोतको परिचालनमा प्राधानध्यापकको भूमिका
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleS.S.M.Yadhav Multiple Campus, Siraha

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
580.08 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: