बैदेशिक रोजगारीले दाम्पत्य सम्बन्धमा परेको प्रभाव {Impact of Foreign Employment on Marital Relations}

dc.contributor.authorदेबकोटा Devkota, सुनिल Sunil
dc.date.accessioned2022-05-04T09:06:19Z
dc.date.available2022-05-04T09:06:19Z
dc.date.issued2019
dc.description.abstractनेपालको औपचारिक बैदेशिक रोजगारको इतिहास सुगौली सन्धी (१८१६) पछि ब्रिटिस भारतीय सरकारले नेपालीहरुलाई ब्रिटिस भारतीय सेनामा भर्ती गर्न शुरु गरेपछि बैदेशिक रोजगारीको ढोका खुलेको मानिन्छ । नेपालीहरु रोजगारी खोज्नका लागि बिश्वका विभिन्न देशहरुका श्रम बजारमा जान वाध्य रहेका छन । सन १९७० पछिको पूँजिवादको विकास, विश्वव्यापीकरण र आधुनिकिकरणको प्रभावले गर्दा पनि नेपालीहरु बैदेशिक रोजगारीमा गइरहेका छन । बिशेष गरी नेपालका मध्यम स्तरका मानिसहरु रोजगारीका लागि खाडी राष्ट्रहरु (कतार, साउदी अरब , दुबही, कुवेत, बहराइन, ओमन, मलेशिया ) मा जाने गरेका छन । बैदेशिक रोजगारीका विभिन्न प्रेरक तत्वहरुमध्ये दाम्पत्य (बैवाहिक जीवन) पनि एक हो । विवाह पश्चात थप जिम्मेवारीहरु वढदै जाने र रोजगारी अवसरको खोजीमा बैदेशिक श्रम वजारमा जाने गरेका छन । बैदेशिक रोजगारवाट आएको बिप्रेषणले परिवारको आर्थिक जीवनमा मात्र नभएर दाम्पत्य सम्बन्धमा पनि प्रभाव पारिरहेको छ । दाम्पत्य सम्बन्ध निर्माणमा आकर्षण र टटाउन प्रेरक पनि हुने वैदेशिक रोजगारीले कस्तो प्रभाव पारेको छ भनेर यो अध्ययन केन्द्रित गरिएको छ । कास्कीको अन्नपूर्ण गाउपालिका लुम्ले गाउँलाइ अध्ययन क्षेत्र बनाइ सोधकार्य गर्न नमुना छनोटका विभिन्न विधिहरूमध्ये सम्भावना रहित नमुना छनौट अन्तर्गतको उद्धेश्यपूर्ण नमुना छनोट र स्नाबल विधि अवलम्वन गरिएको छ । उद्धेश्यपूर्ण नमुना छनौट र स्नोबल विधि प्रयोग गरी १२ परिवारमा सघन वैयक्तिक अध्ययन तथा प्रत्यक्ष सहभागि अबलोकन विधि अवलम्बन गरिएको छ । अध्ययनका क्रममा १२ परिवार मध्ये २ जोडीको बैदेशिक रोजगारीकै कारणवाट सम्वन्ध विच्छेद भएको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा आपसी व्यवहारमा विभिन्न शंका, अविश्वास, अक पुरुषहरुसँग श्रीमतिको सम्वन्ध भएका भन्ने सामाजिक हल्लाले उनीहरुवीच सम्वन्ध विच्छेदलाइ बल पुर्याएको देखियो । त्यस्तै एक जना महिलाको पारपाचुके नभएपनि आपसी अविश्वास रहेको तथा पारिवारिक जीवनमा यसले नकारात्मक प्रभाव पारेको पाइएको छ । बाँकी ९ जोडीमा सामान्य झगडा वाहेक अन्य सबैमा सम्वन्ध राम्रै रहेको, घरेलु कामको श्रम विभाजन आपसी सहमतिमा नै हुने गरेको पाइएको छ । कास्कीको लुम्ले गाउको यो अध्ययनका आधारमा भन्नुपर्दा दम्पतिमा आर्थिक श्रोतले मात्र सुमधुरता निर्धारण गर्दो रहेनछ, यौनीक सन्तुलन र आपसी यौन विश्वासका पक्षले दाम्पत्य दीगो पार्न वा टुटाउन भुमिका खेलेका हुदा रहेछन भन्ने तथ्य देखाएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10066
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectबैदेशिक रोजगारी Foreign employmenten_US
dc.subjectदाम्पत्य सम्बन्ध Marital relationshipen_US
dc.titleबैदेशिक रोजगारीले दाम्पत्य सम्बन्धमा परेको प्रभाव {Impact of Foreign Employment on Marital Relations}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Full Thesis.pdf
Size:
887.95 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections