निजामती सेवामा कार्यरत तथा यस सेवामा प्रवेश गर्न चाहने महिलाहरूको सेवाप्रतिको धारणा (कास्की जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन){Attitudes Towards the Service of Women Working in the Civil Service and Wanting to Enter this Service (A sociological study based in Kaski district)

dc.contributor.authorतिवारी Tiwari, सुनीता Sunita
dc.date.accessioned2022-03-02T04:58:37Z
dc.date.available2022-03-02T04:58:37Z
dc.date.issued2012
dc.description.abstractनिजामती सेवाका कार्यालयहरूमा कार्यरत तथा निजामतीसेवामा प्रवेशका लागि तयारी गरिरहेका महिलाहरूको सामाजिक तथा आर्थिक अवस्था पत्ता लगाउने, निजामती सेवाका कार्यालयहरूमा रहेको लैङ्गिक सहभागिताको अवस्था तथा अवस्थिति पत्ता लगाउने र लैङ्गिक समावेशीकरण, निजामती सेवाप्रतिको धारणा पत्ता लगाउने उद्देश्यले विक्रम सम्वत् २०६८ सालमा कास्की जिल्लामा आधारित रहेर एक अध्ययन गरिएको थियो । कास्की जिल्लाका विभिन्न निजामती सेवाका कार्यालयहरूमा कार्यरत १२४ जना महिला कर्मचारीहरूमध्ये साधारण दैविक नमूना छनोट विधिबाट ८२ जना (६६५) र निजामती सेवामा प्रवेश गर्न चाहने ४१ जना गरी जम्मा १२३ जना महिला उत्तरदाताहरू छनौट गरी खुला तथा बन्द दुवै प्रकृतिका प्रश्नहरू समावेश गरी प्रश्नावली अनुसूची तयार गरी संङख्यात्मक तथा गुणात्मक तथ्याङ्क तथा सुचनाहरू संङकलन गरिएको थियो । यसका साथै विभिन्न कार्यालयहरूमा कार्यरत उच्च तहका पदाधिकारीहरूलाई मुख्य उत्तरदाताको रूपमा लिई उनीहरूसंग पनि जानकारी संङकलन गरिएको थियो । सुचना तथा तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरण आवश्यकताअनुुुसार संङख्यात्मक तथा व्याख्यात्मक रूपमा प्रस्तुत गरिएको छ । तथ्याङ्क विश्लेषण तथा प्रस्तुतीकरणका लागि माइक्रोसफ्ट एक्सेल प्रयोग गरी तालिका, पाई चार्ट, बार डायग्राम आदिमा प्रस्तुत गरिएको छ । यस क्षेत्रमा कार्यरत महिलाहरूको सामाजिक, आर्थिक अवस्था कस्तो रहेको छ? विभिन्न कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको लै¨िक समावेशीकरणको अवस्था र लै¨िक अवस्थिति कस्तो छ ? समावेशीकरण तथा निजामती सेवाप्रति कर्मचारीहरू तथा यस क्षेत्रमा जान चाहने महिलाहरूको धारणा कस्तो रहेको छ ? भन्ने प्रश्नहरूको समाधान खोज्नमा यो अध्ययन केन्द्रित छ । अध्ययनका क्रममा कास्की जिल्लास्थित निजामती सेवाका कार्यालयहरूमा जम्मा ७७८ जना कर्मचारीहरू रहेका, जसमध्ये पुरूष कर्मचारीहरू ६५४जना (८४५) को तुलनामा महिला कर्मचारीहरू ज्यादै न्यून १२४ जना (१६५० रहेको पाइयो भने सहसचिव स्तरका कर्मचारीहरू जम्मा ५ जना र ती सबै पुरूष कर्मचारी भएको पाइयो । त्यसै गरी शाखा अधिकृत स्तरका १०९जना कर्मचारीहरूमध्ये ९५.४२५ पुरूष र जम्मा ५ जना अर्थात् ४.५८ ५ मात्र महिला भएको पाइयो । शाखा अधिकृत भन्दा माथिल्लो श्रेणीमा महिला कर्मचारीको संख्या शून्य रहेको पाइयो । कर्मचारी उत्तरदाताहरूको जातिगत अवस्थालाई हेर्दा सबैभन्दा धेरै टछ।डछ५ ब्राह््रमण जातिको बाहुल्य पाइयो । त्यसपछि क्षेत्री ज्ञठ।ण्ठ ५र सबैभन्दा थोरै दलित जातिहरू घ।टछ५ पाइयो । त्यसै गरी निजामती सेवामा प्रवेश गर्न चाहने महिलाहरूमा पनि ब्राह््रमण जातिकै बाहुल्य (७०.७३५) र त्यसपछि जनजातिहरू १७.०७५ पाइयो । कार्यरत कर्मचारी उत्तरदातामध्ये बहुसङंख्यक अर्थात् ८५.३६५ महिलाहरू विवाहित र अन्य अविवाहित पाइयो भने निजामती सेवामा प्रवेशका लागि तयारी गरिरहेका महिलाहरूमा पनि बहुसंङख्यक अर्थात् ६३.४१५ महिलाहरू विवाहित रहेको पाइयो। कर्मचारी उत्तरदाताहरूको शैक्षिक अवस्थालाई हेर्दा स्नातक तहको शैक्षिक योग्यता भएका महिला कर्मचारीहरू २३.१७५ र सबैभन्दा कम अर्थात् १२.१९५ को मात्र स्नातकोत्तर तहको शैक्षिका योग्यता भएको पाइयो । त्यसैगरी निजामतीसेवामा प्रवेशका लागि तयारी गरिरहेका महिलाहरूको शैक्षिक अवस्थालाई हेर्दा ३९.०२५ महिलाहरूले स्नातक तह उत्तीर्ण गरेको पाइयो भने २१.९५५ ले स्नातकोत्तर तह उत्तीर्ण गरेको पाइयो । तुलनात्मक रूपमा हेर्दा निजामती सेवामा जान चाहने महिला उत्तरदाताहरूको शैक्षिक अवस्था कार्यरत महिलाहरूको भन्दा धेरै राम्रो पाइयो । धार्मिक अवस्थालाई हेर्दा बहुसंङख्यक (९५.१२५) कर्मचारी तथा निजामती सेवामा जान चाहने महिलाहरूले हिन्दू धर्म अवलम्वन गरेको पाइयो । कार्यरत ६२.२०५ उत्तरदाताका महिलाहरूको एकात्मक परिवार रहेको पाइयो भने निजामती सेवामा प्रवेशका लागि तयारी गरिरहेका ७३.१७५ महिलाहरूको पनि एकात्मक परिवार पाइयो । कार्यरत उत्तरदातामध्ये ३९.१९५ को आफ्नो नाममा जग्गा जमिन नरहेको, ३७.८० ५ आफ्नो नाममा जग्गा जमिन रहेको र २३.१७५ले उत्तर दिन नचाहेको पाइयो भने निजामतीसेवामा प्रवेशका लागि तयारी गरिरहेका बहुसङंख्यक (८०.४९५) उत्तरदाताकोे आफ्नो नाममा जग्गा जमिन नरहेको पाइयो । कार्यरत कर्मचारी उत्तरदातामध्ये ६४.६३५ मध्यम स्तरको आर्थिक हैसियतका पाइयो भने निजामतीसेवामा प्रवेशका लागि तयारी गरिरहेका ९५.१२५ उत्तरदाताहरूको पनि मध्यम स्तरको आर्थिक हैसियत भएको पाइयो । कार्यरत महिला उत्तरदाताहरू मध्ये बहुसङंख्यक ६९.५१५ ले आफ्नो जागीरबाट परिवारमा गरेको आर्थिक योगदानको स्तर सामान्य अर्थात केही मात्रामा मात्र भएको बताए । त्यसै गरी बहुसंङख्यक उत्तरदाताहरू (८५.३६५० ले सरकारी जागीरका अतिरिक्त अन्य पेशामा संलग्न नरहेको बताए भने जम्मा १२(१४.६४५० ले मात्र सरकारी जागीरका अतिरिक्त अन्य पेशामा संलग्न रहेको बताए ।कार्यरत महिला कर्मचारीहरूमध्ये बहुसङंख्यक अर्थात ५१.२३५ ले आम्दानीको खर्च आफू र श्रीमान् दुवैको सल्लाहमा हुने बताए भने ४२.६८५ महिला कर्मचारी उत्तरदाताले आफ्नै नियन्त्रणमा जागीरबाट प्राप्त आम्दानीको खर्च हुने बताए । जागीरबाट बहुसङंख्यक अर्थात् ७५.६६५ महिलाहरूको आर्थिक अवस्थामा उल्लेखनीय सुधार वा परिवर्तन नभएको पाइयो भने निकै कम अर्थात् २४.३४५ उत्तरदाताहरूको मात्र जागीरबाट उल्लेखनीय आर्थिक परिवर्तन भएको पाइयो । कार्यरत महिलाहरूको जागरीप्रति बहुसङंख्यक उत्तरदाताको अनुभवमा सामाजिक दृष्टिकोण, उनीहरूका श्रीमान्को दृष्टिकोण तथा परिवारका अन्य सदस्यहरूको दृष्टिकोण सकारात्मक पाइयो । जागीरका कारणले बहुसङंख्यक (७८.८३५० उत्तरदाता महिलाहरूलाई परिवार तथा समाजमा कुनै अप्ठ्यारो महसुस नभएको र थोरै उत्तरदाताहरू (२३.१७५० ले मात्र जागीरका कारण आफूलाई परिवार तथा समाजमा अप्ठ्यारो महसुस भएको बताएको पाइयो । ५०५ कार्यरत उत्तरदाताहरूलाई उनीहरूको घरायासी काममा श्रीमान्ले सहयोग सन्तोषजनक सहयोग गरेको पाइयो । निजामती सेवाप्रति आकर्षण बढ्नाको कारण अध्ययन गर्दा सरकारी जागरीसुरक्षित हुन्छ भन्नेमा ४७.५६ ५ र धेरै पैसा कमाउन सकिन्छ भन्नेमा २१ ५ उत्तरदाता पाइयो । सरकारी जागीरमा लैङ्गिक तथा अन्य कोटा प्रणाली बहुसङंख्यक (७३.१७ ५) उत्तरदाताहरूको धारणा सकारात्मक रहेको पाइयो भने ३१.७० ५ कार्यरत कर्मचारीहरूमा समावेशीकरण तथा कोटा प्रणाली प्रति नकारात्मक धारणा रहेको पाइयो । निजामतीसेवामा प्रवेशका लागि प्रयासरत अधिकांश (६८.३०५) महिलाहरूको शैक्षिक योग्यता पदका लागि आवश्यक पर्ने भन्दा बढी भएको पाइयो । शैक्षिक योग्यता बढी भए पनि तल्लो तहमा परीक्षा दिनाको कारणमा अधिकांशले (५१.२२५) तल्लो तहमा नाम निकाल्न सफल भएमा पछि माथिल्लो पदका लागि ढुक्कसँग तयारी गर्न सकिन्छ भन्ने भनाइ राखेको पाइयो र ३१.७१५ तल्लो तहमा प्रवेश पाएपनि पछि माथिल्लो पदमा बढुवा हुन सकिन्छ भन्ने रहेको पाइयो । सरकारी जागीरबाट आर्थिक उन्नति गर्न सकिन्छ या सकिंदैन भन्ने सवालमा बहुसङंख्यक (७४.४५) कार्यरत कर्मचारी उत्तरदाताहरूले नेपालमा सरकारी जागीरबाट उल्लेखनीय रूपमा आर्थिक उन्नति गर्न नसकिने बताए भने ५६.०९५ निजामतीसेवामा प्रवेशका लागि प्रयासरत महिलाहरूले पनि सरकारी जागीरबाट उल्लेखनीय रूपमा आर्थिक उन्नति गर्न नसकिने बताए । समावेशी÷कोटा प्रणाली तथा खुल्ला प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गर्ने प्रति अधिकांश उत्तरदाताहरू (७३.१७५) स्वयंले समान धारणा तथा व्यवहार गरेको पाइयो । त्यसै गरी उत्तरदाता कार्यरत कार्यालयका अन्य धेरै (६३.४२५) कर्मचारीहरूले पनि समान धारणा राखेको पाइयो । उत्तरदाताकै कार्यालयमा कार्यरत पुरूष कर्मचारीले महिला कर्मचारीप्रति हेर्ने दृष्टिकोण तथा व्यवहारबारे उत्तरदाताहरूको अनुभव अध्ययन गर्दा ५८.५४५ उत्तरदाताहरूले पुरूष कर्मचारीहरूको सकारात्मक तथा सहयोगी व्यवहार पाएको बताएका थिए भने १३.४२५ ले नकारात्मक र असहयोगी व्यवहार भोग्नु परेको देखियो । पुरूष कर्मचारीहरूको तुलनामा महिला कर्मचारीहरूलाई कार्यबोझको स्थिति हेर्दा ५.६१५ को कार्यालयमा समान कार्यबोझ हुने पाइयो भने १९.५२५ ले पुरूष कर्मचारीको तुलनामा महिला कर्मचारीलाई बढी कार्यबोझ रहेको बताए । अधिकांश उत्तरदाताहरू (७२५) का कार्यालय प्रमुखले महिला कर्मचारीहरूलाई पनि पुरूष सरह समान व्यवहार गरेको पाइयो । तालिम, गोष्ठी, सेमिनार, भ्रमण जस्ता अवसरहरूमा ६१५ उत्तरदाताहरूले पुरूषसरह समान अवसर पाएको र ३४.१५५ उत्तरदाताले यस्ता अवसरहरूमा पुरूष सरह समान अवसर नपाएको बताएका थिए । उच्च अध्ययनको अवसरमा पनि अधिकांश (६८.२८५) ले पुरूष सरह अवसर नपाएको बताएका थिए । कार्यरत उत्तरदाताहरूमध्ये ५८.५४ ५ ले र निजामतीसेवामा प्रवेशका लागि प्रयासरत अधिकांश (७८.०५५) उत्तरदाताहरूले लोक सेवा आयोगबाट लिइने परीक्षा तथा परीक्षाफल एकदमै निष्पक्ष हुने धारणा व्यक्त गरेको पाइयो । कार्यरत उत्तरदाताहरूमध्ये बहुसङंख्यक उत्तरदाताहरू (५१.२३५) ले भविष्यमा सरकारी जागीरबाट माथिल्लो पदमा बढुवाको अपेक्षा राखेको पाइयो भने २८ ५ उत्तरदाताहरूले जागीरबाट अवकास पछि धेरै पेन्सन पाउने अपेक्षा राखेको पाइयो । कार्यरत ४८.७९५ महिला कर्मचारीहरू आफ्नो मासिक तलबमानबाट ठीकै सन्तुष्टि रहेका,े २४.३९५ उत्तरदाता एकदमै सन्तुष्ट रहेको र २६.८२५ उत्तरदाता कत्ति पनि सन्तुष्ट नरहेको पाइयो । तर समग्रमा अधिकांश (७८५) कार्यरत उत्तरदाताहरू सरकारी जागीरबाट सन्तुष्ट रहेको र २२५ उत्तरदाताहरू सन्तुष्ट नरहेको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8642
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectनिजामती सेवा Civil serviceen_US
dc.subjectसमाजशास्त्रीय अध्ययन Sociological studiesen_US
dc.titleनिजामती सेवामा कार्यरत तथा यस सेवामा प्रवेश गर्न चाहने महिलाहरूको सेवाप्रतिको धारणा (कास्की जिल्लामा आधारित एक समाजशास्त्रीय अध्ययन){Attitudes Towards the Service of Women Working in the Civil Service and Wanting to Enter this Service (A sociological study based in Kaski district)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
141.63 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
1 MB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections