कास्की जिल्ला कारागारका बन्दीहरुको सामाजिक प्रक्रिया

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्व विद्यालय, मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत समाजशास्त्र मानवशास्त्र विभाग, समाजशास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौँ पत्रको प्रयोजनका लागि तयार गरिएको हो । यो शोधपत्र कारागारको बारेमा अध्ययन गरिएको छ । प्रस्तुत अध्ययन खास गरी कास्की जिल्ला कारागारका बन्दीहरुको सामाजिक प्रव्रिmया सम्बन्धी एक अध्ययन शीर्षक छनोट गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको शोधपत्र मुख्यतयाः तिन उददेश्यमा केन्द्रित गरिएको छ । बन्दीहरुको सामाजिक, आर्थिक अवस्थाको विश्लेषण, अपराध प्रतिको बन्दीको दृष्टिकोण विश्लेषण गर्ने र अपराध गर्नाको कारण पत्ता लगाउने छ भने बन्दी जीवन पद्धति र कारागार व्यवस्थापन सम्बन्धी अध्ययन गरी विश्लेषण गरिएको छ । बन्दीहरुको अपराधप्रतिको दृष्टिकोण र समग्र कारागार समाज बुझने उद्देश्यका साथ गरिएको प्रस्तुत अनुसन्धान मानवीय संवेदनाको कोणबाट हेर्दा अत्यन्त आवश्यक महत्वपूर्ण र औचित्यपूर्ण छ । अझ हालसम्म सम्बन्धित अध्ययन, अनुसन्धान नभईरहेको अवस्थामा समय, जनशक्ति र आर्थिक अभावका कारणले सीमित गरिएको प्रस्तुत अध्ययन कास्की जिल्ला कारागारका जम्मा ५४६ बन्दीहरु मध्ये ४४ बन्दीमा आधारित रहेर यो अनुसन्धान प्रक्रिया सघन विधिलाई आधार बनाई अगाडि बढाइएको छ । प्रस्तुत अध्ययन वर्णनात्मक र अन्वेषणात्मक पद्धतिमा आधारित छ । तथ्याङ्क स्रोत मध्ये प्राथमिक स्रोतलाई बढी जोड दिइएको छ जसले गर्दा अनुसन्धान बढी यथार्थपरक र वैज्ञानिक रहोस भनी सङ्कलनका प्राथमिक स्रोतमा लागि प्रश्नावली, अवलोकन र छलफल विधिको प्रयोग गरिएको भने द्वितीय स्रोतहरुमा प्रकाशित र अप्रकाशित लेख रचना र पुस्तकहरुमा समाविष्ट गरिएको छ । शोधपत्रका जम्मा ६ अध्याय र निम्न निष्कर्षहरु निकालिएको छः  बन्दीहरुको अन्य मुद्दा भन्दा लागुऔषध मुद्दामा पर्ने बढी छन । साथै कैदीको तुलनामा थुनुवाको सङ्ख्या बढी देखिन्छ ।  बन्दीहरुको युवा अवस्थामा (३५–४४वर्ष) अपराध गर्नेहरु बढी पाइएको छ । भने बृद्ध अवस्थामा अपराध गर्ने बन्दीहरुको सङ्ख्या कम रहेको पाइएको छ । छ  अविवाहितको तुलनामा विवाहितको सङ्ख्या बढीरहेको पाइयो साथै अन्य कारण भन्दा साथीसङ्गतको कारण अपराध गर्ने बन्दीहरुको सङ्ख्या बढी पाइएको छ ।  आर्थिक अवस्था धेरै कमजोर भए पनि आर्थिक कारणबाट हुने अपराधको सङ्ख्या भने कम रहेको पाइएको छ ।  कारागारबाट दिइने सुविधाले नपुग्नेहरुमध्ये केही त्यही आयआर्जन गरेर र केही घरबाट खर्च मगाएर जीवन गुजारा गरेका छन कोही त्यसै निर्वाह गरी दिन बिताउन बाध्य भएको पाइन्छ । परिवार, इष्टमित्रको नकारात्मक दृष्टिकोणका कारण केही बन्दीहरु घर परिवारको भेटमा वञ्चित रहेका छन ।  बन्दी र कर्मचारीबिचको सम्बन्ध राम्रो भएको पाइएको छ ।  बन्दीहरुको मुख्य समस्याको रुपमा रहेको कारागारको भौतिक सुधार, खानेपानी, भवन निर्माण, शौचालय, स्नानगृह आदि रहेका छन ।  बन्दीहरु कारागारबाट छुटेपछि बन्दीले व्यवसाय र वैदेशिक रोजगारका लागि अपनाएर जीवनयापन गर्ने सङ्कल्प लिइएको पाइएको छ ।  हाम्रो समुदायमा समुदायका सदस्यहरुको बन्दीहरुप्रति हेर्ने दृष्टिकोण र धारणाले गर्दा समुदायप्रति बढी मात्रामा सशंकित छन् ।  प्रस्तुत विषयमा गरिएको अध्ययनको निष्कर्षलाई निम्नअनुसार संश्ले षण गरिएको छ । बन्दीहरुको ज्ञान, सिप र क्षमताको स्तर निम्न रहेको, आत्म विश्वास सुधार रहेको भावी जीवनभरि आशावादी हुन सकेको र गरिब तथा विपन्न बन्दीहरुको खाना र स्वास्थ्यको समस्या सामान्य अवस्थामा रहेको छ ।  बन्दीहरुमा अपराध गराईप्रति पश्चाताप गर्नु र ती जेल जीवनबाट मुक्त भइसकेपछि परिवार तथा समाजका निम्ति सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने विचार र भावनाको विकास भएको पाइयो ।

Description

Keywords

Citation

Collections