एस. एल. सी परीक्षामा ब्राह्मण र राई जातिकाे गणित विषयकाे नतिजा प्रवृतिकाे तुलनात्मक अध्ययन { S.L.C parikshama brahman ra rai jatiko ganit bisayako natija parbirtiko tulanatmak adhyayn}
dc.contributor.advisor | शान्तिराम दाहाल Shantiram Dahal | |
dc.contributor.author | न्याैपाने, बाबुराम Neupane, Baburam | |
dc.date.accessioned | 2024-11-11T09:19:42Z | |
dc.date.available | 2024-11-11T09:19:42Z | |
dc.date.issued | 2016 | |
dc.description.abstract | शोधसार यस शोध अध्ययनमा “एस.एल.सी. परीक्षामा ब्राहमण र राई जातिको गणित विषयको नतिजा प्रवृतिको तुलनात्मक अध्ययन” शीर्षकको अध्ययनमा नतिजा प्रवृतिको तुलना गर्ने, नतिजा उच्च÷न्युन हुने कारण पहिचान गर्ने र नतिजा बढाउने उपायहरु पहिचान गर्ने उद्देश्यमा आधारित भएर सुविधाजनक विधिबाट भोजपुर जिल्ला, उद्देश्यपूर्ण, क्लस्टर, रेण्डम विधिबाट ६ ओटा सामुदायिक मा.वि., उद्देश्यपूर्ण विधिबाट प्र.अ., शिक्ष्ँक, स्रोतव्यक्ति, अध्यक्ष, अभिभावक १२, विद्यार्थी ६० नमूना छनोट गरिएको थियो । प्रश्नावली, अन्तर्वार्ता,लक्षित समूह छलफल निर्देशिका, नतिजा अभिलेख फाराम, रुजुसूची र अवलोकन फाराम जस्ता साधन प्रयोग गरी सूचना संकलन गरिएको थियो । संकलित सूचनाहरुका आधारमा परिमाणात्मक तथ्याङ्कहरुलाई तालिकीकरण र स्तम्भचित्रका माध्यमबाट व्याख्या र विश्लेषण गरिएको थियो भने गुणात्मक सूचनाहरुलाई वर्णनात्मक रुपमा व्याख्या र विश्लेषण गरिएको थियो । यस अध्ययनमा भोजपुर जिल्लाको २०६५ देखि २०६९ सालसम्मको एस.एल.सी. परीक्षाको गणित विषयको नतिजाको आधारमा मा.वि.मा भर्ना भएका ब्रा≈मण १७९(९८५) र राई ७६७(८७५), एस.एल.सी. परीक्षामा सहभागी हुने ब्रा≈मण १७५(९८५) र राई ६८२(८९५), गणित विषय उत्तीर्ण गर्ने ब्रा≈मण १२९(७४५) र राई ३४३(५०५) रहेको पाइयो । ब्रा≈मण र राईको नतिजा तुलना गर्दा राईको भन्दा ब्रा≈मणको नतिजा उच्च रहेको पाइयो । नतिजा उच्च÷न्युन हुने कारणहरुमा शिक्षण विधि, शैक्षिक सामग्री, शिक्षक तालिम, विद्यार्थी सहभागिता र नियमितता, मूल्याङ्कन र पृष्ठपोषण, सन्दर्भसामग्री र अतिरिक्त कक्षाको व्यवस्था, अभिभावकको आर्थिक तथा शैक्षिक सुविधा आदि पक्षले नतिजालाई प्रभाव पारेको यस अध्ययनको निष्कर्ष रहेको छ । यस अध्ययनको निष्कर्षको आधारमा गणित विषयको नतिजा बढाउन, छात्रवृत्ति छनोट गर्न, आर्थिक÷शैक्षिक सुविधा विस्तार गर्न, प्रतिविद्यार्थी एक ल्याप्टप कार्यक्रम लागु गर्न, गणित प्रयोगशालाको लागि अनुदान प्रदान गर्न नीतिगत तहका लागि सुझाव पेश गरिएको छ । अभिभावक शिक्षा सञ्चालन गर्न, शिक्षक तालिमको प्रयोग गर्न, विद्यार्थी केन्द्रित विधिको प्रयोग गर्न, शैक्षिक सामग्रीको निर्माण र प्रयोग गर्न, शिक्षण सिकाइलाई आवश्यक पर्ने स्रोतसाधन व्यवस्था गर्न, उत्प्रेरणा जागरण गराइ वालमैत्री सिकाइ गर्न, आधुनिक शिक्षण प्रविधिको प्रयोग गरी सिकाइमैत्री वातावरण सिर्जना गर्न, अनुगमन, निरीक्षण र मूल्याङ्कन गरी पृष्ठपोषण प्रदान गर्न, निरन्तर विद्यार्थी मूल्याङ्कन गरी सुधारात्मक शिक्षण गर्न, विद्यार्थीको वैयक्तिक अध्ययन गरी उपचारात्मक शिक्षण गर्न अभ्यास तहका लागि सुझाव पेश गरिएको छ । यस शोध अध्ययनमा अध्ययन अनुसन्धान गर्दागर्दै समय र स्रोतसाधनको सीमितताले अध्ययन गर्न नसकिएका पक्षहरु ः अभिभावकको शिक्षा र विद्यार्थीको नतिजा बीचको सम्बन्ध अध्ययन गर्न, विद्यार्थी सहभागिता र नियमिततामा प्रभाव पार्ने तत्वहरु अध्ययन गर्न, गणित विषयको उच्च÷न्युन नतिजामा प्रभाव पार्ने तत्वहरु अध्ययन गर्न, आधुनिक शिक्षण प्रविधिले सिकाइ क्रियाकलापमा पार्ने प्रभावकारीताको अध्ययन गर्न आवश्यक देखिएकाले अनुसन्धान तहका लागि सुझाव पेश गरिएको छ । तुलनात्मक अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति, संघसस्था निकाय तथा सम्बन्धित सरोकारवाला समेतलाई यो अध्ययनले आगामी दिनमा सहयोग पुग्न सक्दछ । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23120 | |
dc.language.iso | ne | |
dc.subject | एस.एल.सी. परीक्षा S.L.C. pariksha | |
dc.subject | शैक्षिक अवस्था Saikshik awastha | |
dc.title | एस. एल. सी परीक्षामा ब्राह्मण र राई जातिकाे गणित विषयकाे नतिजा प्रवृतिकाे तुलनात्मक अध्ययन { S.L.C parikshama brahman ra rai jatiko ganit bisayako natija parbirtiko tulanatmak adhyayn} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पसइटहरी, सुनसरी |