रुपमती उपन्यासको लैङि्गक अध्ययन {Rupamati upanyasko laingik adhyayan}

dc.contributor.advisorकेशव सुवेदी (Keshav Subedi)
dc.contributor.authorपोखरेल, दीपक कुमार (Pokharel, Deepak Kumar)
dc.date.accessioned2026-03-19T06:29:16Z
dc.date.available2026-03-19T06:29:16Z
dc.date.issued2015
dc.description.abstractप्रस्तुत शोधकार्यमा रूपमती उपन्यासलाई लैङ्गिक अध्ययन सम्बन्धी मान्यताको आधारमा विश्लेषण गरिएको छ । लैङ्गिक अध्ययनका विविध आधारमध्ये लैङ्गिक शक्ति सम्बन्ध र लैङ्गिक उत्पीडन सम्बन्धी मान्यताको आधारमा रूपमती उपन्यासको विश्लेषण गरिएको छ । पाश्चात्य साहित्य समालोचनाको विकासमा सन् १९६० पछि चर्चा आएको उत्तर आधुनिकतावादी समालोचना पद्धतिको विकाससँगै साँस्कृतिक अध्ययन सम्बन्धी मान्यता स्थापना भएको पाइन्छ । साँस्कृतिक अध्ययन छाता सङ्गठनको रूपमा विकसित हुने क्रममा लैङ्गिक अध्ययनलाई पनि एक पाटोको रूपमा विकास गरियो । सिमोन द बुमायर, केट मिलेट, एलेन सोवाल्टर, एलेन मुर्स आदि अभियन्ताहरूले सञ्चालन गरेको नारीवादी आन्दोलन, मेन्स स्टडिज टास्क ग्रुप (MSIG) ले सञ्चालन गरेको पुरुषवादी आन्दोलनको विकाससँगै, सन्दिग्धतावादी अध्ययन, ट्रान्सजेन्डर द्वैत, लिङगी, अन्तरलिङ्गी, पुरुष समलिङ्गी (गे) नारी समलिङ्गी (लेस्वियन) आदि विविध मान्यतालाई समावेश गरी लैङ्गिक अध्ययन सम्बन्धी समालोचना प्रणालीको विकास भएको पाइन्छ । लैङ्गिक अध्ययन सम्बन्धी विविध समालोचना पद्धति मध्ये नारीवादी लैङ्गिक अध्ययन र पुरुषवादी लैङ्गिक अध्ययनको पद्धतिको मात्र उपयोग यस शोधकार्यमा गरिएको छ । यो शोध साहित्य विषयक शोध भएकाले व्याख्यात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्रस्तुत शोधकार्यको मूल समस्या रूपमती उपन्यासमा लैङ्गिक शक्ति सम्बन्धको अवस्था के कस्तो रहेको छ ? र रूपमती उपन्यासका पात्रहरू के कसरी लैङ्गिक उत्पीडनका सिकार भएका छन् ? भन्ने हो भने यसको उद्देश्य रूपमती उपन्यासको लैङ्गिक शक्ति सम्बन्ध केलाउनु र रूपमती उपन्यासको लैङ्गिक उत्पीडनको स्थितिको विश्लेषण गर्नु हो । यस शोधकार्यमा उपन्यासको विश्लेषणका लागि लैङ्गिक अध्ययनको लैङ्गिक शक्ति सम्बन्ध लैङ्गिक उत्पीडन, प्रभुत्व प्रतिनिधित्व र पहिचान सम्बन्धी मान्यताको उपयोग गरिएको छ । नारीवादी लैङ्गिक अध्ययन पद्धति र पुरुषवादी लैङ्गिक अध्ययन पद्धतिलाई यस शोधमा मुख्य सैद्धान्तिक आधारको रूपमा उपयोग गरिएको छ । सैद्धान्तिक आधार निर्धारणका लागि नारीवाद, पुरुषवाद सम्बन्धी र लैङ्गिक अध्ययन सम्बन्धी पुस्तकहरू र इन्टरनेटको समेत उपयोग गरिएको छ । यस शोधकार्य सम्पन्न गर्नको लागि पुस्तकालयीय कार्यलाई प्रमुख रूपमा प्रयोग गरिएको छ । यस शोध कार्यमा रूपमती उपन्यासलाई प्राथमिक स्रोतको सामग्री र रूपमती उपन्यासको विश्लेषण भएका समीक्षा, टिप्प्पणी, शोध आदिलाई द्वितीयक स्रोतको सामग्रीको रूपमा उपयोग गरिएको छ । रूपमती उपन्यासको अध्ययन विश्लेषणको प्रक्रिया लामो समयदेखि चलिआएको पाइन्छ । यस उपन्यासलाई आदर्शवादी, यथार्थवादी कोणबाट र विधा तात्विक आधारमा विश्लेषण गर्ने पुस्तक र शोध कार्यको कमी छैन । यस उपन्यासमा लैङ्गिक असमानता, नारी जातीमाथिको शोषण, पुरुषमाथिको शोषण, समलैङ्गिक र विषमलैङ्गिक शोषणका आधारहरू प्रशस्त भए पनि लैङ्गिक अध्ययन सम्बन्धी मान्यताको आधारमा विश्लेषण नभएको कारण यस नवीन मान्यताको आधारमा कृतिको विश्लेषण गर्नु औचित्यपूर्ण र सान्दर्भिक देखिन्छ । रूपमती उपन्यासको विश्लेषण गर्दा लैङ्गिक अध्ययनका आधारमा मात्र केन्द्रित रहनु यस अध्ययनको मुख्य सीमा हो । प्रस्तुत शोध प्रबन्धलाई सुव्यवस्थित रूपमा प्रस्तुत गर्न यसको संरचनामा पनि विशेष ध्यान दिइएको छ । शोध प्रबन्धको प्रस्तुतिका क्रममा यस शोध प्रबन्धलाई जम्मा छ वटा परिच्छेदमा विभाजन गरिएको छ । रूपमती उपन्यासको लैङ्गिक अध्ययन शीर्षकको यस शोधप्रबन्धलाई यसरी परिच्छेदमा विभाजन गरिएको छ : परिच्छेद एक : पहिलो परिच्छेदमा शोध प्रबन्धको परिचय खण्ड प्रस्तुत गरिएको छ । यसमा शोध शीर्षकको परिचय, समस्या कथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य, सीमाङ्कन, सामग्री सङ्कलन विधि, सामग्री विश्लेषण विधि र ढाँचा र शोध प्रबन्धको रूपरेखाबारे उल्लेख गरिएको छ । परिच्छेद दुई : दोस्रो परिच्छेदमा लैङ्गिक अध्ययन सम्बन्ध सैद्धान्तिक मान्यतालाई प्रस्तुत गरिएको छ । यस परिच्छेदमा लैङ्गिक अध्ययनको प्रारम्भ र विकासबारे चर्चा गरी मूलभूत मान्यताहरूबारे प्रकाश पारिएको छ । नारीवादी लैङ्गिक अध्ययन, पुरुषवादी लैङ्गिक अध्ययन र सन्दिग्धतावादी लैङ्गिक अध्ययनलाई मूलभूत मान्यताको रूपमा चर्चा गरिएको छ । यस परिच्छेदमा लैङ्गिक अध्ययन र सांस्कृतिक अध्ययनका बिचको सम्बन्धको निरूपण गर्दै उपन्यास विश्लेषणको आधार तय गरिएको छ । परिच्छेद तिन : तेस्रो परिच्छेदमा रूपमती उपन्यासमा उपस्थित पात्रहरूको लैङ्गिक चिनारी प्रस्तुत गरिएको छ । उपन्यासका पात्रहरूलाई लिङ्गका आधारमा वर्गीकरण गरी पुरुष पात्रहरू र नारी पात्रहरूलाई भिन्न अलग अलग रूपमा चिनाइएको छ । परिच्छेद चार : चौथो परिच्छेदमा शोध प्रबन्धको पहिलो शोध समस्याको रूपमा रहेको रूपमती उपन्यासमा लैङ्गिक शक्ति सम्बन्धको अवस्थाबारे विश्लेषण गरिएको छ । यस अन्तर्गत पारिवारिक शक्ति सम्बन्ध र अन्तर पारिवारिक शक्ति सम्बन्ध उप शीर्षक रहेका छन् । पारिवारिक शक्ति सम्बन्ध अन्तर्गत पति र पत्नी बिचको, सासू र बुहारी बिचको, देउरानी र जेठानी बिचको, दाजु र भाइ बिचको र नोकर मालिक बिचको शक्ति सम्बन्धको चर्चा गरिएको छ । त्यस्तै अन्तर पारिवारिक शक्ति सम्बन्ध अन्तर्गत नेपाल परिवार र लुइँटेल परिवारका बिचको र नेपाल परिवार र बराल परिवारका बिचको शक्ति सम्बन्ध बारे विश्लेषण गरिएको छ । परिच्छेद पाँच ः पाँचौ परिच्छेदमा दोस्रो शोध समस्याको समाधान गरिएको छ । दोस्रो शोध समस्याको रूपमा रहेको रूपमती उपन्यासमा लैङ्गिक उत्पीडनको अवस्थाबारे विश्लेषणात्मक समाधान प्रस्तुत गरिएको छ । रूपमती उपन्यासमा लैङ्गिक उत्पीडनबारे अध्ययन गर्ने क्रममा पतिद्वारा बुहारीप्रति गरिएको र मालिकद्वारा नोकरप्रति गरिएको लैङ्गिक उत्पीडनबारे चर्चा गरिएको छ । परिच्छेद छ : छैटौ परिच्छेदमा शोधको सारांश र निष्कर्ष प्रस्तुत गरिएको छ र अन्तमा सन्दर्भ सामग्री सूची खण्डमा शोधकार्यको प्रयोजनका लागि प्रयोगमा ल्याइएका कृति तथा पत्रपत्रिकाको सूची समावेश गरिएको छ । छ परिच्छेदमा संरचित रूपमती उपन्यासमा लैङ्गिक अध्ययन शीर्षकको यस शोधप्रबन्धको निष्कर्षलाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ : क. प्रस्तुत शोधप्रबन्धमा स्थापित साहित्यिक सिद्धान्तको आधारमा रूपमती उपन्यासको विश्लेषण गरिएको छ । तसर्थ यसमा निगमनात्मक विधिको प्रयोग भएको छ । ख. रुपमती उपन्यास नारीपात्र केन्द्रित उपन्यास भए पनि पितृसत्तावादी विचारको परिचालकको रूपमा नारीहरूको उपस्थिति भएको उपन्यास हो । ग. उपन्यासका नारीपात्रहरू पितृसत्तावादी सामाजिक संरचनाको नियमः कानुनबाट हेजेमोनाइन्ड छन् ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/25993
dc.language.isone
dc.subjectरुपमती उपन्यास (Rupmati upanyas)
dc.subjectलैङ्गिक अध्ययन (Laingik adhyayan)
dc.titleरुपमती उपन्यासको लैङि्गक अध्ययन {Rupamati upanyasko laingik adhyayan}
dc.typeThesis
local.academic.levelM.Phil.
local.institute.titleCentral Department of Nepali

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
466.08 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections