गायत्रीप्रसाद रिजालको निबन्धकारिताको अध्ययन {Study of Gayatri Prasad Rijal's essay writing}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाल सङ्काय
Abstract
पूर्वको मेची अञ्चल पाँचथर जिल्ला आङसराङ गा.वि.स वडा नं. १ मेहेलबोटेमा जन्मिएका गायत्रीप्रसाद रिजालले वि.स. २०४८ सालदेखि नेपाली साहित्यमा औपचारिक रुपमा कलम चलाएका हुन हालसम्म उनले उपन्यास, कथा, कविता, गीतिलेखन तथा निबन्ध विधामा कलम चलाएर अघिबढेका देखिन्छ । विविध विधामा कलम चलाउने रिजाल बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन ।
गायत्रीप्रसाद रिजालको निबन्धकारिताको अध्ययन गर्ने क्रममा यस शोध प्रबन्धलाई जम्मा पाँच परिच्छेद भित्रको मूल शीर्षकमा विभाजन गरी आवश्यक्ता अनुसार विभिन्न उपशीर्षकहरुमा राखेरअध्ययन गरिएको छ ।
प्रस्तुत शोधपत्रको पहिलो परिच्छेद अन्तर्गत शोध परिचय मूल शीर्षक राखिएको छ । यसअन्तर्गत शोधपत्रको शीर्षक, शोधकार्यको प्रयोजन, विषय परिचय, समस्या कथन, शोधको उद्देश्य,पूर्वकार्यको समिक्षा, शोधकार्यको औचित्य महत्व र उपयोगिता, अध्ययन र विश्लेषण विधि, शोधकाईको सीमाङकन, सामग्री संकलन विधि, शोध विधि, शोधपत्रको रुपरेखाका गरी जम्मा बाह्र वटा उप—शीर्षक दिएर पहिलो परिच्छेद तयार पारिएको छ ।
दोस्रो परिच्छेदमा गायत्रीप्रसाद रिजालको जीवनी र साहित्य यात्रा मूल शीर्षक राखिएको छ ।यस अन्तर्गत गायत्रीप्रसाद रिजालको जीवनीमा जन्म र जन्मस्थान, बाल्यकाल, स्वाभाव, रुची,शिक्षादीक्षा, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक शिक्षा, उच्च शिक्षा, दाम्पत्य जीवन र पारिवारिक स्थिति, जागिरका विभिन्न क्रम, आर्थिक अवस्था, विद्यार्थी जीवन, भ्रमण, अष्मिरणीय घटना तथाआबद्धता र लेखनको थालनी र प्रकाशित कृतिहरुमा उनको समग्र प्रकाशित कृतिहरुको सूची,गायत्रीप्रसाद रिजालको व्यक्तित्वमा बाह्रय व्यक्तित्व, आन्तरिक व्यक्तित्व, शारीरिक व्यक्तित्व, व्यक्तित्वकाविभिन्न पाटाहरु जसमा मुख्य त साहित्यिक व्यक्तित्व जसमा उपन्यासकार व्यक्तित्व, कवि व्यक्तित्व,खण्डकाव्यकार व्यक्तित्व, कथाकार व्यक्तित्व, गीति काव्यकार व्यक्तित्व र निबन्धकार व्यक्तित्व छ ।त्यसैगरी साहित्येतर व्यक्तित्वमा शिक्षक व्यक्तित्व, राजनैतिक व्यक्तित्व, संस्थापक संकलन र सम्पादकव्यक्तित्व र सामजिक व्यक्तित्व र जीवनी, व्यक्तित्व र कृतित्व बीच अन्तर्रसम्बन्धका साथै यसपरिच्छेदमा गायत्रीप्रसाद रिजालको साहित्ययात्रा जस्ता विभिन्न उपशीर्षक राखेर दोस्रो परिच्छद तयारपारिएको छ ।
तेस्रो परिच्छेद अन्तर्गत निबन्धको सैद्धान्तिक परिचय तथा विकासक्रम यस अन्तर्गत निबन्धका परिचय, पृष्ठभूमि, निबन्धको विधागत परिचय, निबन्ध शब्दको व्युत्पति, निबन्धको परिभाषा, निबन्धका तत्वहरु, विषय, सम्वेदना, निजात्मकता उद्देश्य, लघु, आयतन वा संक्षिप्तता, रचनाको शैलीलाई आधार मानिएको छ र त्यसपछि निबन्धको वर्गीकरण गरिएको छ । निबन्धको वर्गीकरण छ १) विषयका आधारमा २) अभिव्यक्तिका आधारमा । विषयका आधारमा दुई भेद देखाइएको छ । अ) विषयनिष्ठ वा
परात्मक निबन्ध आ) विषयनिष्ठ (व्यक्तित्वनिष्ठ) वा निजात्मक निबन्ध भने अभिव्यक्तिका आधारमा चारवर्गमा विभाजन गरिएको छ ।
१) वर्णनात्मक निबन्ध
२) विवरणात्मक निबन्ध
३) विचारात्मक निबन्ध
४) भावनात्मक निबन्ध
यसै परिच्छेदमा नेपाली निबन्धको विकासक्रमको वर्णन गरिएको छ ।
चौथो परिच्छेद अन्तर्गत गायत्रीप्रसाद रिजालको ‘के छ ! “प्रजातन्त्र”मा’ (२०७४) निबन्ध सङग्रहभित्रको निबन्धहरुको अध्ययन र रिजालको निबन्ध क्षेत्रमा स्थान रहेको छ । जस अन्तर्गत कृति परिचय,‘के छ ! “प्रजातन्त्र”मा’ (२०७४) निबन्ध सङग्रह भित्रको निबन्धहरुको वर्गीकरण रहेको छ । उक्त १७वटा निबन्ध विचारात्मक प्रकारका रहेका छनभने ऐतिहासिक र भौगोलिक सामाजिक विषयवस्तुमाआधारित देखिन्छ । यस परिच्छेदमा सत्र वटा निबन्धहरुलाई विषय, सम्वेदना, निजात्मकता, उद्देश्य,संक्षिप्तता लघु आयतन र रचना शैलीका आधारमा अध्ययन गरिएको छ ।
यसैगरी पाचौं परिच्छेदमा उपसंहार तथा निष्कर्ष राखिएको छ । यस परिच्छेदमा प्रस्तावित सबपरिच्छेदमा गरिएको अध्ययन र विश्लेषणको निष्कर्ष प्रस्तुत गरिएको छ साथै भावी कार्यको संभावितसोध शिर्षकहरु राखिएको छ । शोधपत्रको अन्त्यमा तयार पार्दा सन्दर्भ सामग्रीका रुपमा लिएका सन्दभसामग्रीहरुको सूची तयार गरि राखिएको छ ।
शोधार्थी
रुपा राना
नेपाली भाषा विभागमहेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाम
