शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच {Shareerik apang balbalikako bidyalay shikshama pahuch}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत शोधपत्र शारीरिक अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा पहुँच शीर्षकसँग सम्बन्धित रहेको छ । यो अनुसन्धान त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन विभाग, सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङ अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षको आंशिक आवश्यकता पषिर्रिपूर्तिका लागि गरिएको हो । शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच पत्तालगाउनु, उनीहरूको कक्षा व्यवस्थापनको अवस्था विश्लेषण गर्नु र शारीरिक अपाङ्ग बालबालिकाहरूले सामना गर्नुपरेका समस्याहरूको लेखाजोखा गरी समाधानका उपयहरू सुझाउनु यस अध्ययनका उद्देश्य रहेका छन् । प्रस्तुत अनुसन्धानका लागि परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । प्राथमिक र द्वितीयक तथ्याङ्कहरूलाई आधार बनाइएको छ । तथ्याङ्कलाई तालिका, प्रतिशत र स्तम्भ तथा वृत्तचित्रमा प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनकालागि मोरङ जिल्लाको पथरी स्रोत केन्द्र अन्तर्गत शनिश्चरे र पथरी गा.वि.स.का २० ओटा विद्यालयमध्ये प्रा.वि., नि.मा.वि., मा.वि. र उ.मा.वि.को प्रतिनिधित्व हुने गरी ६ ओटा विद्यालयका प्र.अ., शिक्षक, अभिभावक एवम् विद्यार्थीलाई जनसङ्ख्याका रूपमा लिइएको छ । विद्यालय अवलोकन फारम, प्रश्नवली, अन्तर्वार्ता र छलफलका माध्यमबाट आवश्यक तथ्याङ्कहरूको सङ्कलन गरिएको छ । अनुसन्धानले शारिुरिका अपाङ बालबालिकाको शैक्षिक उपलब्धी विगतको भन्दा सुधारहुँदै गएको देखिएको छ । शैक्षिक उपलब्धीलाई अझ उच्च वनाउन अझ प्रयास गर्नुपर्ने चाहिँ देखिएको छ । सामाजिक रुपमा अपाङ्ग बालबालिकाहरू अवस्थाका वारेमा परम्परागत सोच र दृष्टिकोणमा परिवर्तन आई अपाङ्गहरूलाई हेर्ने, व्यवहार गर्ने तरिमामा सकारात्मक सोच विकास भएको पाईएको छ । जसका कारण विद्यालयको पहँचमा पनि यस्ता बालबालिकाको बृद्धि देखिएको छ । विद्यालयमा प्रवेश पाएका र नपाएका आपाङ्ग बालबालिकाहरू बीच ठूलो फरक देखिएको छ । विद्यालयहरूमा पूर्णरूपले अपाङ्ग मैत्री वातावरण वनिनसकेको देखिएको छ ता पनि धेरै विद्यालयमा यस्तो वातावरणको थालनि र विकास हुनलागेको देखिएको छ । विद्यालयहरूमा रहेका विभिन्न शैक्षिक सामग्रीहरूमा पनि शारीरिक अपाङ्ग बालबालिकाको पहुँच अन्य बालबालिका जत्तिकै रहेको पाइएको छ । विद्यालयका तर्फबाट अपाङ्ग बालबालिकाहरूलाई अन्य विशेष सुविधाहरू उपलब्ध गराउनु पर्ने देखिन्छ जसका कारण उनीहरूको शैक्षिक पहुँच बृद्धि भै उपलब्धी उच्च रहन सक्ने देखिएको छ । धेरै जसो विद्यालयहरूमा अपाङ्ग बालिबालिकाहरूले पनि अन्य विद्यार्थीहरूले प्रयोग गर्ने फर्निचर नै उपयोग गर्नुपरेको देखिएकाले उनीहरूलाई केही असहज भएको पाइएको छ । शैक्षिक समस्याका कारणहरू खोज्ने क्रममा शारीरिक अपाङ्ग बालबालिकाको आर्थिक अवस्था कमजोर, सामाजिक दृष्टिकोणमा पूर्ण परिवर्तन आइनसक्नु र कमजोर व्यवस्थापन नै समस्याका प्रमुख कारणहरू देखिएकाले उपर्युक्त कुराहरूमा सुधार गर्नुपने देखिएका छन् । यस्तै विद्यालयहरूमा आन्तरिक स्रोतको जुटाउनु पर्ने, विद्यालयहरूमा राजनैतिक प्रभाव अन्त्य गर्नु पर्ने र विद्यालय व्य.स. तथा प्रशासनको सक्रियताको वृद्धि गरी अपाङ्ग बालबालिकाका शैक्षिक समस्याका कारणका हरू हटाउनु पर्ने देखिन्छ । अपाङ्ग बालबालिकाहरूका समस्याहरूलाई सुझाउन प्रसस्त शैक्षिक सामाग्री सहितको छुट्टै कक्षा कोठाको व्यवस्था, कक्षाकोठाको वसाई व्यवस्थापन र कक्षा सम्मको पहुँच सहज वनाउनु पर्ने कुरा देखिएको छ । उपर्युक्त सुधारका उपायहरू अवलम्बन गरी शारीरिक अपाङ्ग बालबालिकाको शैक्षिक पहुँच बृद्धिगर्न सकिने तथा उनीहरूका समस्यालाई न्यूनिकरण गदै लैजाने कुरा देखिएको छ ।

Description

Citation