लैङ्गिक विभेदले छात्राको सिकाइ उपलब्धिमा पारेको प्रभाव {Impact of Gender Discrimination on Student Learning Achievements}

dc.contributor.authorदुलाल Dulal, कृष्णप्रसाद Krishnaprasad
dc.date.accessioned2022-03-04T07:20:01Z
dc.date.available2022-03-04T07:20:01Z
dc.date.issued2011
dc.description.abstractछात्राको सिकाइ उपलब्धिमा लैङ्गिक विभेदको प्रभाव नामक यस शोध अध्ययनले छात्राको सिकाइ उपलब्धिको अवस्था चित्रण गरेको छ । छात्राको सिकाइ उपलब्धिमा लैङ्गिक विभेदको प्रभावको विश्लेषण गर्नु यस अध्ययनका मुख्य उद्देश्य रहेको छ । यस अनुसन्धानको ढाँचा गुणात्मक र परिमाणात्मक दुवै मिश्रित किसिमको रहेको छ । यस अध्ययनको उद्धेश्य पुरा गर्नका लागि मोरङ जिल्लाको इन्द्रपुर स्रोतकेन्द्रका सबै सामुदायिक मा. वि. लाई जनसङ्ख्या मानी उद्धेश्यमूलक नमूना छनौट र सम्भावनायुक्त नमूना छनौट विधिका आधारमा सर्भेक्षण फाराम, प्रश्नावली, अभिलेख अध्ययन, अनुसूची, छलफल, अन्र्तवार्ता जस्ता साधनहरुको प्रयोग गरी समय, आर्थिक पक्ष, भूगोललाई ध्यानमा राखी इन्द्रपुर स्रोतकेन्द्रका चार सामुदायिक मा. वि. का एक छात्रा र एक छात्रले २०६७ सालको नियमित तर्फको प्रवेशिका परीक्षा अन्तर्गत गणित विषयमा प्राप्त गरेको प्राप्ताङ्कलाई आवश्यकता अनुसार तालिका, वृत चित्र, स्तम्भ चित्र, प्रश्नावली, गुणात्मक, वर्णनात्मक प्रकृयाबाट निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट छात्रहरुको औसत सिकाइ उपलब्धी २९ प्रतिशत रहेको पाइन्छ भने छात्राहरुको २७.५ प्रतिशत मात्र औसत उपलब्धी रहेको देखिन्छ । गणित विषयमा छात्रहरुको तुलनामा छात्राहरुको सिकाइ उपलब्धी कमी रहेको पाइन्छ भने तुलनात्मक रुपमा छात्रहरु भन्दा छात्राहरु कम विद्यालय कक्षा उपस्थिति रहेको देखिन्छ । छात्राहरूको सङ्ख्यात्मक अवस्था बढी रहेको, पितृसत्तात्मक सामाजिक संरचना, विधार्थी सङ्ख्याको अनुपातमा शिक्षकहरू नभएको, कक्षाकोठाको व्यवस्थापनमा कक्षा शिक्षकबाट कम ध्यान दिइएको, अतिरिक्त क्रियाकलापलाई कम महत्व दिइएको, साँघुरो खेल मैदान भएको, शैक्षिक सामाग्रीको कम प्रयोग भएको, गरेर सिकको सिद्धान्तलाई कम महत्व दिएको पाइन्छ । लैङ्गिक विभेदको अन्त्य गरी सिकाइ उपलब्धिमा वृद्धि गर्न छोरीहरू प्रति सकरात्मक सोचको विकास गर्ने, घरायसी बोझ कम गर्ने, ऐन नीति नियममा विशेष व्यवस्था गर्नु पर्ने, शिक्षण सिकाइ क्रियाकलापलाई बढी प्रभावकारी बनाउनु पर्ने, छात्राहरूलाई विशेष सुविधा र अवसर प्रदान गर्ने, विद्यालयमा छात्राहरूका लागि आवश्यक सुविधाहरू उपलब्ध गराउने, कक्षाकोठा व्यवस्थापन र शैक्षिक सामाग्रीको प्रयोगलाई विद्यालय प्रशासनबाट प्रभावकारी बनाउनु पर्ने, तालिम प्राप्त शिक्षक र गुणस्तर शिक्षामा जोड दिनुपर्ने, स्थानीय सङ्घ संस्था र निकायहरूको भूमिकालाई बढी प्रभावकारी बनाउनु पर्ने, विद्यालय र अभिभावक, अभिभावक र शिक्षक बीचको सम्बन्धलाई गाढा बनाउनु पर्ने । लैङ्गिक विभेदको अन्त्य गरी सिकाइ उपलब्धि वृद्धि गर्न सके देश विकासका लागि आवश्यक जनशक्ति प्राप्ति भई समुन्नत, समतामूलक समाज निमार्ण गर्न सकिने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8726
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectलैङ्गिक विभेद Gender discriminationen_US
dc.subjectसिकाइ उपलब्धि Learning achievementen_US
dc.titleलैङ्गिक विभेदले छात्राको सिकाइ उपलब्धिमा पारेको प्रभाव {Impact of Gender Discrimination on Student Learning Achievements}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
83.11 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
284.2 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: