वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभावः (पोखरा–२७, हेमजामा आधारित एक समाजशास्त्रीय विश्लेषण) {Impact of Foreign Employment on Household Livelihood: (Pokhara-27, a Sociological Analysis Based on Hemja)}

dc.contributor.authorकुँवर Kunwar, सुनिता Sunita
dc.date.accessioned2022-06-01T05:34:01Z
dc.date.available2022-06-01T05:34:01Z
dc.date.issued2017
dc.description.abstractनेपालको वैदेशिक रोजगारको इतिहास लामो छ । विशेष गरी सुगौली सन्धी (१८१६) पछि व्रिटिश भारतीय सरकारले नेपालीलाई व्रिटिश भारतीय सेनामा भर्ति गर्न शुरु गरेपछि वैदेशिक रोजगारको ढोका खुुलेको छ । जुन अहिले सम्म जारी छ । सीमित स्रोत साधन कम उत्पादकत्व, वेरोजगारीले गर्दा मानिसहरूलाई वैदेशिक रोजगारीमा जान उत्प्रेरित गरेको छ । भने कतिपय व्यक्तिलाई वैदेशिक रोजगारमा संलग्न साथीभाई इष्टमित्रहरूले वैदेशिक रोजगारमा आउनको लागि उत्प्रेरित गरेका हुन्छन ् । अन्तर्राष्ट्रिय श्रम बजारको विश्वव्यापीकरण भएको अवस्थामा नेपाली पनि यस देखि टाढा रहन सकेका छैनन ् । यसकारण नेपालीहरू पनि विश्वको विभिन्न भागमा रोजगारीका लागि पुगेका छन ् । विशेष गरी मध्यम वर्गको नेपालीहरूले वैदेशिक रोजगारका लागि खाडी राष्ट्रहरू र पूर्वी एशियाका देशहरूमा जान्छन ् । किन कि ती देशहरूमा प्राप्त हुने रोजगारको आकर्षक गर्न सक्दछन ् । वैदेशिक रोजगार नेपालको राष्ट्रिय आयको मुख्य स्रोत भएको छ । वैदेशिक रोजगारमा थुप्रै किसिमका समस्याहरू भए तापनि विप्रेषण घरपरिवारको महत्वपूर्ण आम्दानीको स्रोत भएको छ । यसले गर्दा वैदेशिक रोजगार जीविकोपार्जनको मुख्य आधार भै घर परिवारको सामाजिक आर्थिक अवस्थामा ठूलो प्रभाव पारेको छ । यस अध्ययनको उद्देश्यहरू निम्न छन् ः सामान्य उद्देश्य ः  वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभावबारे विश्लेषण गर्नु । विशिष्ट उद्देश्यहरू  वैदेशिक रोजगारप्रति घरपरिवारका सदस्यहरूको धारणा बारे अध्ययन गर्नु,  वैदेशिक रोजगारले गरिबी न्यूनिकरणमा पारेको प्रभावबारे विश्लेषण गर्नु रहेको छ । वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभाव विषय शीर्षकमा कास्की जिल्लाको पोखरा–२७, हेमजामा कार्यक्षेत्र अध्ययन गरिएको थियो त्यहाँ वैदेशिक रोजगारसँग संलग्न घरपरिवारमा जम्मा २०९ छन ् । तिनीहरू मध्ये उद्देश्यमूल नमूना छनौट विधिबाट १०५ घरपरिवारलाई नमूना छनौट गरिएको छ । प्रस्तुत शोधपत्रमा प्राथमिक र द्वितीय दुवै खालका तथ्याङ् क सङ् कलन गरिएको छ । आवश्यकता अनुसार सङ ् ख्यात्मक र गुणात्मक तथ्याङ ् क सङ ् कलन गरिएको छ । साथै तथ्याङ ् क सङ ् कलन गर्नका निमित्त कार्य क्षेत्र अध्ययन प्रश्नावली अनुसूची, मुख्य सूचनादाता र द्वितीय स्रोतको प्रयोग गरिएको छ । कार्यक्षेत्र अध्ययनको समयमा वैदेशिक रोजगारले घर परिवारको आर्थिक अवस्थामा प्रशस्त योगदान पु¥याएको छ । वैदेशिक रोजगारले पारेको प्रभावको सम्बन्धमा परिवारको धारणा सन्तुष्ट र असन्तुष्ट दुवै खालको पाइयो । तुलनात्मक रूपमा वैदेशिक रोजगारप्रति सन्तुष्ट रहेको घरपरिवार धेरै र असन्तुष्ट रहेको घरपरिवार कम मात्रा पाइयो । अध्ययनको क्रममा वैदेशिक रोजगारले सन्तुष्ट हुने परिवारले विदेशकै आम्दानीबाट घरपरिवारको खर्च, शिक्षा ऋण तिर्न, घर मर्मत तथा घर निर्माण गर्न , जमिन किन्नको लागि गरेका छन ् । केही घरपरिवारका वैदेशिक रोजगारमा संलग्न व्यक्तिहरूले तोकिएको जस्तो काम र तलब नपाउँदा आफ ् ना घरपरिवारको कुनै पनि क्षेत्रमा उन्नति प्रगति नभएको पाइयो भने केही घरपरिवारमा पारिवारिक अवस्था विग्रेर परिवार नै तहसनहस भएको पनि पाइयो । त्यस्ता घरपरिवारहरूमा वैदेशिक रोजगारप्रति नकारात्मक धारणा रहेको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10618
dc.language.isoneen_US
dc.publisherसमाजशास्त्र सङ्कायen_US
dc.subjectवैदेशिक रोजगार Foreign employmenten_US
dc.subjectखाडी राष्ट्र Gulf Nationen_US
dc.titleवैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभावः (पोखरा–२७, हेमजामा आधारित एक समाजशास्त्रीय विश्लेषण) {Impact of Foreign Employment on Household Livelihood: (Pokhara-27, a Sociological Analysis Based on Hemja)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
140.23 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter page.pdf
Size:
1.28 MB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections