थारु मातृभाषी विद्यार्थीले नेपाली भाषाकाे वाक्यगठनमा गर्ने त्रुटी (Tharu matribhashi vidyarthile nepali bhashako wakyagathanma garne truti)

dc.contributor.authorचौधरी Chaudhary, भावना Bhawana
dc.date.accessioned2023-11-03T09:32:19Z
dc.date.available2023-11-03T09:32:19Z
dc.date.issued2023
dc.description.abstractथारु मातृभाषी विद्यार्थीले नेपाली भाषाको वाक्यगठनमा गर्ने त्रुटि शीर्षकको शोधपत्र जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीको नेपाली भाषा शिक्षा विभागका शोधार्थी भावना चौधरीले तयार पार्नु भएको हो । उक्त शोधपत्रको निर्देशन नवीनकुमार शर्माले गर्नु भएको हो । ५१ पृष्ठ सङ्ख्या र पाँच अध्याय भएको यस शोधपत्रमा समस्या कथनका रुपमा कक्षा दशका थारु मातृभाषी विद्यार्थीहरुले नेपाली भाषाको वाक्यगठनमा के–कस्ता त्रुटिहरु गर्दछन् ती त्रुटि हुने प्रमुख कारणहरु के के हुन ?, ती त्रुटि निराकरणका लागि के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ? रहेका छन् । उद्देश्यका रुपमा थारु मातृभाषी विद्यार्थीहरुले नेपाली भाषाको वाक्यगठनमा गर्ने त्रुटिको पहिचान गर्नु, ती त्रुटि हुने प्रमुख कारण पत्ता लगाउनु, ती त्रुटि निराकरणका उपायहरु पत्ता लगाउनु रहेका छन् । प्रस्तुत शोधपत्र अध्ययनका लागि प्राथमिक स्रोतका रुपमा प्रश्नावलीको प्रयोग गरिएको छ । लिङ्ग, वचन, पुरुष र आदरसम्बन्धी ५÷५ गरी २० वटा र व्याकरणिक पदक्रमसम्बन्धी १० वटा गरी जम्मा ३० वटा प्रश्न निर्माण गरी प्रयोग परीक्षण गरिएको छ । द्वितीयक स्रोतका रुपमा शोधकार्यसँग सम्बन्धित पुस्तकहरु, नेपाली वृहत् शब्दकोष, अघिल्ला शोधकार्यहरु, अप्रकाशित शोधपत्रको प्रतिवेदनहरुलाई प्रयोग गरिएको छ । यस अध्ययनमा क्षेत्रीय अध्ययन पद्धति र पुस्तकालयीय पद्धतिको प्रयोग गरिएको छ । यो गुणात्मक साथै परिमाणात्मक ढाँचामा तयार पारिएको छ । व्याख्या विश्लेषणका लागि आगमनात्मक र वर्णनात्मक विधिको प्रयोग गरिएको छ । जनसङ्ख्या र नमुना छनोटका रुपमा सुनसरी जिल्लाको दुहबी न.पा. अन्तरर्गतका तीन सामुदायिक र तीन संस्थागत गरी छ विद्यालयका कक्षा दशमा अध्ययनरत १०÷१० जना विद्यार्थी गरेर जम्मा ६० जना थारु मातृभाषी विद्यार्थीहरुलाई लिई शोधकार्य सम्पन्न गरिएको छ । प्रयोग परीक्षणका क्रममा लिङ्गसम्बन्धी जम्मा ६२ प्रतिशत त्रुटि गरेको पाइएको छ । जसमध्ये सामुदायिक विद्यालयअन्तर्गत छात्रहरु ६८ प्रतिशत र छात्राहरु ६५ प्रतिशत त्रुटि गरेको पाइयो । त्यसैगरी संस्थागत विद्यालय तर्फ छात्रहरुले ५६ प्रतिशत र छात्राहरुले ६० प्रतिशत त्रुटि गरेको देखिन्छ । लिङ्गसम्बन्धी त्रुटि सामुदायिक विद्यालयका विद्यार्थी भन्दा संस्थागत विद्यालयका विद्यार्थीहरुले कम गरेको देखियो । वचनसम्बन्धी जम्मा त्रुटि ५८ प्रतिशत भएको देखिन्छ । जसमध्ये सामुदायिक विद्यालयका छात्रहरुले ६२ प्रतिशत र छात्राहरु ५७ प्रतिशत त्रुटि गरेका छन् । संस्थागत तर्फ छात्रहरुले ६५ प्रतिशत र छात्राहरुले ४६ प्रतिशत त्रुटि गरेका छन् । पुरुषसम्बन्धी जम्मा त्रुटि ८३ प्रतिशत गरेको पाइन्छ । जसमध्ये सामुदायिक तर्फका छात्रहरुले ८५ प्रतिशत र छात्राहरुले ७८ प्रतिशत त्रुटि गरेका छन् । त्यसैगरी संस्थागत तर्फका छात्रहरुले ८६ प्रतिशत र छात्राहरुले ८२ प्रतिशत त्रुटि गरेका छन् । पुरुषसम्बन्धी त्रुटि संस्थागत विद्यालयका विद्यार्थीहरुभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरुले कम गरेका देखिन्छन् । आदरसम्बन्धी जम्मा त्रुटि ८४ प्रतिशत रहेको छ । सामुदायिक विद्यालयका छात्रहरुले ८५ प्रतिशत र छात्राहरुले ८१ प्रतिशत त्रुटि गरेका छन् । संस्थागता तर्फका छात्रहरुले ८६ प्रतिशत र छात्राहरुले ८४ प्रतिशत त्रुटिगरेका छन् । आदरसम्बन्धी त्रुटि सामुदायिक विद्यालयका विद्यार्थी र संस्थागत विद्यालयका विद्यार्थीहरुबिच खासै भिन्नता नरहेको देखिन्छ । पदक्रमसम्बन्धी जम्मा त्रुटि ५९ प्रतिशत रहेको छ । सामुदायिक तर्फका छात्रहरुले ६३ प्रतिशत र छात्राहरुले ६० प्रतिशत त्रुटि गरेका छन् । त्यसैगरी संस्थागत तर्फ छात्रहरुले ५३ प्रतिशत र छात्राहरुले ६१ प्रतिशत त्रुटि गरेका छन् । यस अध्ययन अनुसार दुहबी न.पा.का कक्षा दशमा अध्ययनरत थारु मातृभाषी विद्यार्थीहरुले नेपाली वाक्यगठनअन्तर्गत लिङ्ग, वचन, पुरुष, आदर र पदक्रमसम्बन्धी लिखित प्रयोगमा अत्यधिक त्रुटि गरेको देखिन्छ । कुनै पनि वाक्यगठनमा उनीहरुको अवस्था सन्तोषजनक देखिदैन । विद्यार्थीहरुमा पाइएका त्रुटिहरुका कारणहरुमध्ये प्रमुखरुपमा अन्तरभाषी, भाषान्तरित, शैक्षिक तथा अन्य कारणलाई पहिल्याएको छ । दुई भाषीक नियम बिचको सङ्क्रमण तथा एउटै भाषिक नियम बिचको सङ्क्रमणबाट नकारात्मक सामान्धीकरण भई केही त्रुटिहरु भएका देखिए भने केही त्रुटिहरु नेपाली भाषालाई विषयबस्तु शिक्षणका रुपमा प्रयोग गरिनु, तालिम प्राप्त शिक्षकले नेपाली विषय पढाएको नपाइनु, नेपाली भाषाप्रति उदासीन दृष्टिकोण राखिएको पाइनु, निगमन तथा व्याख्या विधिद्वारा निरसिलो प्रकृतिको शिक्षण गरेको पाइनु, नेपाली पाठ्यक्रम तथा पाठ्यपुस्तकमा दोस्रो भाषाका रुपमा नेपाली सिक्ने विद्यार्थीका लागि विशेष व्यवस्था गरेको नपाइनु, मुल्याङ्कन प्रणालीमा उदारकक्षोन्त्ति प्रणालीलाई सही ढङ्गले प्रयोग गर्न नसक्नु जस्ता कारणले घटित भएको देखिन्छ । यसका साथै अन्य कारण जस्तै— भाषीक विचलनको बढ्दो प्रचलन, स्तरीय भाषीक वातावरणको अभाव, सिकारुमा तत्परताको अभाव, उत्प्रेरणाको अभाव, भाषा सिकाइमा भाषिक आवश्यकता नहुनु र सामाजिक दबावका कमिका कारण पनि सिकाइमा त्रुटि गरेको निष्कर्ष प्राप्त भएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/20455
dc.language.isoen_USen_US
dc.publisherनेपाली भाषा शिक्षा विभागen_US
dc.subjectवाक्यगठन Vakyagathanen_US
dc.subjectथारु मातृभाषी Tharu Matribhashien_US
dc.titleथारु मातृभाषी विद्यार्थीले नेपाली भाषाकाे वाक्यगठनमा गर्ने त्रुटी (Tharu matribhashi vidyarthile nepali bhashako wakyagathanma garne truti)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleजनता बहुमुखी क्याम्पस इटहरी, सुनसरीen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page(1).pdf
Size:
110.63 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page(1).pdf
Size:
482.56 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: