दलित समुदायकाे प्रजनन् स्वास्थ्यकाे अवस्था { Dalit samudayko prajanan swasthyako awastha}

dc.contributor.advisorश्री कृष्ण प्रसाद भुर्तेल Shree Krishna Prasad Bhurtel
dc.contributor.authorन्याैपाने, विनाेद Neyaupane, Binod
dc.date.accessioned2024-12-18T04:26:57Z
dc.date.available2024-12-18T04:26:57Z
dc.date.issued2016
dc.description.abstractदलित समुदायका प्रजनन स्वाथ्यको अवस्था नामक शोधको मुख्य उद्देश्य दलित समुदायका शैक्षिक र आर्थिक अवस्था पत्ता लगाई त्यसले प्रजननमा कस्तो पारेको छ भनी प्रभाव पहिचान गर्नुरहेको छ । यस अध्ययनमा वर्णनात्मक ढाँचामा आधारित रहेकाले अध्ययन क्षेत्रका १५ देखि ४९ वर्षका विवाहित ७५ महिलाहरूलाई नमुनाको रुपमा छनोट गरिएको छ । यसका लागि जनगणना विधिका प्रयोग गरीएको छ । छनोटमा परेका उत्तरदाताबाट अन्तर्वार्ता सुची मार्फत र द्धितिय स्रोत मार्फत तथ्याङकहरू सङकलन गर्ने काम गरिएको छ । अध्ययन क्षेत्रमा रहेका ७५ विवाहित महिलाहरू मध्ये ८२.६६ प्रतिशत र १७.३४ प्रतिशत निरक्षर रहेको पाइयो । यसरी निक्षर भएकै कारण कुनै पनि दलित महिलाहरू सरकारी नोकरीमा संलग्तरहेको देखिन्छ । दनिक गुजारा चलाउन धेरै महिलाहरू दैनिक ज्यालादारी काम गर्न वाध्य भएको पाइया। अन्य महिलाहरू प्रायश कृषिमा नै संलग्न रहेको देखिन्छ जुन ८२.६६ प्रतिशत रहेको देखिन्छ । यसरी राम्रो आम्दानीको बाटो नहुनु, शिक्षाको स्तर पनि राम्रो नभएका कारण धेरै महिलाहरूका प्रजनन स्वास्थ्यमा विभिन्न खालका समस्याहरू देखिएको पाइयो । गर्भवती अवस्थामा स्वास्थ्य परीक्षण नगराउनु, आइरन चक्की, क्याल्सीयम नखानु, खानु पर्छ भन्ने कुरा नै थाहा नहुनु जसले गर्दा बच्चा रआमा दुवैमा विभिन्न खालका समस्याहरू रहेको पाइयो । बच्चाहरू विरामी हुँदा पनि ५६ प्रतिशतले घरमै राख्ने गरेको ६ प्रतिशत मात्र अस्पताल र स्वास्थ्य चौकी लाने गरेको पाइयो । गर्भवती अवस्थमा महिलाहरूलाई तल्लो पटे दुःख्ने, बढी रगत जाने, सेतो पानी बग्ने जस्ता समस्याहरू भएको पाइयो । शिक्षित महिला भन्दा अशिक्षित महिलाहरूले बढी बच्चाहरू जन्माएको पाइयो । जन्माएका बच्चाहरूलाई पनि उचित मात्रामा पोषणको ख्याल नगरेको जसका कारण बच्चाहरू निमोनिया, झाडापखला, ज्वरो, लुला लङगडा, कुपोषण जस्ता स्वास्थ्य समस्या देखिएको पाइयो । निष्कर्षमा भन्नुपर्दा अध्ययन क्षेत्रका महिलाहरू उचित मात्रामा शिक्षा र आर्थिक अवस्था कमजोरका कारण सानै उमेरमा विवाह गर्ने, बच्चाहरू बाक्लै जन्माउने, आफ्नो र बच्चाको स्वास्थ्यमा ध्यान नदिने जस्ता पाइयो । यस्ता कारणले स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमी रहेका पाइयो । जसले गर्दा त्यहाँका महिलाहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरूले सताउने गरेकापाइयो ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23406
dc.language.isone
dc.subjectदलित समुदाय Dalit samuday
dc.subjectगर्भावस्था Garbhawastha
dc.titleदलित समुदायकाे प्रजनन् स्वास्थ्यकाे अवस्था { Dalit samudayko prajanan swasthyako awastha}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, माेरङ
Files
Original bundle
Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
371.47 KB
Format:
Adobe Portable Document Format
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:
Collections