समुदायमा आधारित बालविकास केन्द्रमा दलित बालबालिकाको सहभागिता

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत अध्ययन समुदायमा आधारित बालविकास केन्द्रमा दलित बालबालिकाको सहभागिता विषयमा तयार पारिएको छ । यस अध्ययनको मूल उद्देश्य बालविकास केन्द्रमा दलित बालबालिकाको पूर्ण सहभागिता भूमिकाको खोजी गर्नु रहेको छ । यो अनुसन्धान परिमाणात्मक र गुणात्मक ढाँचामा तयार गरिएको छ । यस अध्ययनलाई अघि बढाउन प्राथमिक स्रोतहरु अन्तरगत प्रश्नावली, अन्तरवार्ता, छलफल, अवलोकन फारमलाई प्रयोग माल्याइसकेको छ भने द्वितीय स्रोतको रुपमा विद्यालय अभिलेखमा पुस्तकहरु र विद्यालयबाट प्रकाशित जर्नलहरुलाई प्रयोग माल्याइएको छ । अध्ययन सहयोगी कार्यकर्ताका लागिप्रश्नावली, अभिभावकका लागि अन्तरवार्ता र विद्यार्थीहरुका लागि छलफल बालविकास केन्द्रका गतिविधिका लागि अवलोकन फारम जस्ता साधनको प्रयोग गरिएको छ । साथै विद्यार्थी, अभिभावकहरु सग गरिएको अन्तरवार्ताबाट प्राप्त िवषयवस्तु टिपोट गरी तथ्यांक संकलन गरियो । विभिन्न विधिहरु तथा साधनहरुबाट प्राप्त तथ्यांकलाई तालिकीकरण, तुलना, व्याख्या क्रममा तथ्यांकविश्लेषण सरोकारवालापक्षहरुसँग छर्के प्रश्नहरु गरी व्याख्या गरेर तुलनात्मक ढंगले तथ्यांकविश्लेषण गरिएकोे छ । बालविकासकेन्द्रसँग सरोकार राख्ने पक्षको सहभागिता प्रभावकारी देखिएको छ । बालविकास केन्द्रकोचल, अचल सम्पत्ति बृद्धि गर्नमा समुदायको पनि साथतथा सहयोग प्राप्तभएको पाइएको छ । सहयोगीकार्यकर्ताले शैक्षिकप्रशासनतर्फ सुधारात्मककदमहरु चालेको पाइएको छ । बालविकास केन्द्रको सहयोगी कार्यकर्ता र बालविकास केन्द्रकोे आचारसंहितालाई पालनगर्ने÷गराउने परिपाटी तर्फ उन्मुख देखिएको छ । यस अध्ययनले लिएको उद्देश्य अनुरुप बालविकास आन्तरिक स्रोत र बाह्य स्रोतबाट प्राप्तआयलाई उल्लेख गर्दै यसको व्यवस्थापनतर्फ सहयोगी कार्यकर्ताले खेलेको भूमिकाको सन्दर्भमा विभिन्न शीर्षकहरु अन्तर्गत बुँदागत रुपमा प्रष्ट गर्ने प्रयास गरिएको अध्ययनको क्रममा विद्यालयको आन्तरिक रुपमाजग्गा, स्रोतको रुपमागरिएको पाइएको छ । यसबाट वार्षिक रुपमा विद्यालयमा आम्दानी प्राप्तभएको पाइएको छ । सहयोगी कार्यकर्ताले आर्थिक व्यवस्थापन गर्ने क्रममा भोग्नु परेको समस्याहरु लेख्न सम्बन्धित कर्मचारी, राजनैतिक हस्तक्षेप, स्थायी आयस्रोतको कमी र स्रोत संकलनमा अप्ठ्यारो, सम्बन्धित आदि समस्याहरु भोग्नु परेको पाइएको छ । त्यसलाई हटाउनका लागि शान्ति, सुरक्षा, आर्थिक पारदर्शिता, लगानी अनुरुपको प्रतिफलतयार गर्ने जस्ता पक्षहरुमा जोड दिंदै अभिभावहरुलाई जनचेतना मूलक कार्यक्रमहरुमाजोड दिंदै अगाडि बढ्नु पर्ने देखिन्छ । वालविकासमा दलितको सहभागितालाई अझप्रभावकारी भरपर्दो र दीर्घकालिन वनाउन नितिगत तथा कार्यन्वयन पक्षमा केही थप सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ । वालविकास केन्द्रको भौतिक अवस्था सुधार गर्नुपर्ने , खाजानास्ताको प्रवन्ध मिलाउनु पर्ने , सहयोगी कार्यकर्ताको थपपुनःताजगीतालिमदिनु पर्ने , सहयोगी कार्यकर्ताको पारिश्रमिक बढाउनु पर्ने, अनुगमन र निरिक्षण बढाउनु पर्ने साथै व्यवस्थापन पक्षलाई चुस्त , दुरूस्त वनाई वालविकास केन्द्रको संख्यामा वृद्धि गरी विद्यालयमा नै गाभ्नु पर्ने अध्ययनको निष्कर्ष रहेको छ ।

Description

Citation