ग्रामिण पर्यटनले होटल तथा घरबास व्यवसायीहरुमा पारेको प्रभाव (सिक्लेस, कास्कीको एक समाजशास्त्रीय अध्ययन){Gramiṇ Paryaṭanale Hoṭal Tatha Gharabas Byabasayiharuma Pareko Prabhab (siklesa, Kaskiko Eka Samajasastriy Adhayayan)}

dc.contributor.authorगुरुङ, लाल बहादुर
dc.date.accessioned2022-04-07T09:37:29Z
dc.date.available2022-04-07T09:37:29Z
dc.date.issued2021
dc.description.abstractप्रस्तुत अध्ययन त्रिभुवन विश्वविद्यालय मानबिकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत समाजशास्त्र बिभागमा समाजशास्त्र बिषयका स्नातकोत्तर तह दितिय बर्षको दशौ पत्रका प्रायोजनको लागि तयार गरिएको हो । यो अध्ययन “ग्रामिण पर्यटन ब्यबसायमा सहभागी सिक्लेस गाउँका होटल तथा घरबास ब्यबसायीहरुको एक समाजशास्त्रीय अध्ययन” भन्ने शीर्षकमा आधारित भई गरिएको छ । पर्यटन शब्द ल्याटिन भाषाको टोर्नोस (चक्रकार यन्त्र)बाट आएको हो । यही फिरन्ते देखि आधुनिक पर्यटनसम्म बिकास भई आउदा यात्रा र साधनहरुको निकै भूमिका रहेको छ । एक ठाउबाट अर्को ठाउँमा गई निश्चित उद्देश्यकालागि भ्रमण गर्ने ब्यक्ति पर्यटक र उसको गतिविधिलाई पर्यटन भनिन्छ भने उक्त प्रबन्ध मिलाउने संस्थालाई पर्यटन उधोग भनिन्छ । नेपाल भौगोलिक रुपमा सानो भए पनि यहाँको संस्कृती, प्रकृती तथा जैविक बिबिधता तथा जात जाती, भाषा भाषी र धार्मिक रुपमा धनी तथा सगरमाथा सहितको हिमाल र शान्तीका अग्रदुत बुद्धको जन्म स्थलले छुटै गर्बिलो पहिचान कायम गर्न सफल भएको छ ।नेपालमा १२६ बढी जातजाती मध्य गुरुङ समुदाय सांस्कृतिक रुपमा धनी जाती हो। यहिगुरुङ समुदायको आदिम ऐतिहासिक थलो क्होला सोथरबाट सबै भन्दा नजिकको गुरुङहरुका संस्कृतीको राजधानीको रुपमा परिचित सिक्लस गाउँ हाल नेपाल सरकारको एक सय गन्तव्य भित्र सुचिकृत मादी गाउँपालिकाको समेत सांकृतिक ग्राम योजना लागू भएको गाउँ हो । यहाँ नजिक होचो स्थानमा रहेको क्हफुचे हिमताल, मादी नदीको शिर, कोरी, क्होलासोथर, ठुलक, दूध पोखरी, क्रबु डंडा, छिमिकको गुरुङ गाउँहरु, मनाङ जाने टोनि हेगनपदमार्ग, अन्नपुर्ण र लमजङ हिमालको सैन्दयता, थरी थरीका लालीगुरास सहितको जैबिकबिबिधता युक्त बनस्पती, जडीबुटी र बन्यजन्तु, नेपालको दशबर्षे जनयुद्धलाइ शान्तीवातामार्फत देशलाई शान्ती पूर्ण अबस्थामा आबतरण गरेको प्रस्थान बिन्दुका सम्झनामाबनाएको शान्ती स्तुपा, पर्यटनबिद संरक्षण बिद डा.चन्द्रबहादुरको सम्झनामा बनाईएकासंग्राहलय, एक्यापको ईलाका कार्यलय, क्होईबो, गम्बा तथा तातोपानी लयातय धार्मिकस्थलहरु, सिक्लस भ्यु टावर, पार्क, चार सय बढी गुरुङ समुदाय र केही दलितका घरहरुएक आपसमा जोडिएर एकै स्थानमा रहेको सुन्दर गाउँ, माघेमेला, छेलो, घाटु सोरठी,छयाडु, आमा समूह नाच, गुरुङमौलिक रिति थिती, रितिरिवाज, परम्परा, सभा च्हो, हष्ष्ष् पर्यटकलाई आत्मिय सत्कार तथा परिवारिक बातावरण आदी कारणले सिक्लस पर्यटकियगन्तब्यको केन्द्र नै हो । पोखराबाट४० कि मि का दुरीमा रहेको र पर्यटनको प्रचुर संभावना रहेकोले सभावनाहरुका खोज अनुसन्धान गरी कसरी पर्यटनमा बिकासगर्न सकिन्छ र पर्यटनको प्रभाबकारिता संगस्थानीयको जिबनस्तरमा आएका परिवर्तन बारे अध्ययन गर्दै थप पर्यटकिय स्थलको रुपमा परिचित गराउन यो बिषय छनोट गरिएको हो । पर्यटन उधोग दुख कम हुन र आम्दानी बढी हुने पेशा हो । यसमा यस पेशाबाट आम्दानी के कति भएको छ ?के कसरी खर्चभएको छ ? घर व्यवहार चलाउन पुगेको छ कि छैन ? कसरी समाधान गरिएको छ? पर्यटनले जिबनमा परिवर्तन ल्याएको छ छनै? यदि छ भने के कस्ता परिवर्तन ल्याएको छ ?लाभांश न्याय संगत बितरण छ छैन? व्यवसीले आम्दानी बढेको छ की छैन ? रोजगारी सिर्जनाको अवस्था कस्तो छ ?स्थानीय उदपादनको विक्रिको अवस्था कस्तो छ । सामाजिक÷आर्थिक प्रभाव कस्तो छ । देश विदेशका नागरिकहरुसंग भातृत्वको भावना विकास भएको छ कि छैन ? नयाँ संस्कृती र सभ्यताको जानकारी भएको छ कि छन ?वातावरण संरक्षण र सचेतना बढेको छ की छैन । के ले गर्दा पर्यटकलाई आकर्सित गरेकोछ ?आदी बिषयका प्रश्नमा अनुसन्धानमा जोड दिएको छ । कोरोनाले पर्यटन क्षेत्रमा शिथिलता छाए पनि हाल पुनः पर्यटन गतिबिधी बढन थालेका छन । सिक्लसको पर्यटन ब्यबसायीहरुको जिबनस्तरमा पर्यटनले ल्याएका परिबर्तन आएको छ । उनिहरुको समस्याहरु समाधान गर्र्दै गएका छन । उनिहरुको सामाजिक, आर्थिक अबस्था सबल हुँदै गएको पाईएको छ । पहिला बेरोजगार र रोजगारीको लागि बिदेश जानू पर्दा भन्दा हाल गाउँमै बसी ब्यबसायी हुदाँ उनिहरुको पारिवारिक र सामाजिक पक्ष बलिया बनेको छ । समग्र रुपमा सात अध्यायमा बिभाजन गरि शोधपत्र तयार गरिएको छ । यस क्षेत्र गाम्रीणपर्यटनको एकदमै उपयुक्त ठाउँ भएको र यस पेशाले जनताको जिबनस्तरमा सुधार गरि गरिबी निवारण गर्ने सरकारको लक्ष्यमा टेबा पुग्ने बिश्बास लिएको छ । हाल मुख्य गरी मोटरबाटोको समस्या रहेको छ । चाडै कालो पत्रे भई पर्यटकलाई सहज हुने रब्यबसायीलाई थप फाईदा पुग्ने आशा लिएको छु । हुग, कोरी लगायत स्थानमा संचार हष्ख सुबिधा पु¥याउनु पर्ने, पर्यटनका सेवा सबिधा तथा सुरक्षामा साथै पूर्बाधारमा स्थानीय,सरकार, एक्याप लगायत संघ संस्थाको समन्वय हुन जरुरी रहेको छ । यस अध्ययनका सामान्य उद्देश्यमा ग्रामीण पर्यटनले सिक्लसका पर्यटन ब्यबसायीकाजिबनस्तरका बारेमा अध्ययन गर्नु हो भने विशिष्ट उद्देश्यमा ब्यबसायीहरुको आर्थिक र सामाजिक अबस्थाको जानकारी लिने, पर्यटन ब्यबसायले ब्यबसायीहरुको जीवन स्तरमा ल्याएको परिवर्तन अध्ययन गर्ने र उनिहरुको समस्या बारे जानकारी लिने रहेको छ । विश्व व्यवस्था सिद्धान्त, सहभागितामुलकजनता केन्द्रीत सिद्धान्त, खुल्ला बजार केन्द्रीत सिद्धान्तलाई आधार लिइ अनुसन्धान प्रभावकारी बनाउन अन्वेषणात्कम र बर्णनात्मक ढाचाँको प्रयोग गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलनको लागि स्थलगत अबलोकन,अन्तर्बार्ता, अनुसुची, बैयक्तिक अध्ययन विधि प्रयोग गरिएको छ। साथै द्वीतिय तथ्यांक सङ्कलनको लागि विभिन्न लेख रचना, पत्र पत्रिका, वेबसाईड, प्रकाशित पुस्तक तथासाहित्यकासहयोग लिएको छ । सङ्कलित तथ्याङ्कलाइ साङ्केतिकरण, वर्गीकरण, तालिकीकरण गरि बिश्लेषन सहित तालिका सूची, प्रतिशतको आधारमा शोध अनुसन्धानलाई प्रस्तुत गरिएको छ । शोधको सारांश, निश्कर्ष, सुझाब तथा अनुसूचीहरु शोध अध्ययनको अन्तिममा राखिएको छ । बाटो लगायत पूर्बाधारहरु ब्यबस्थित बनाउन सकमा, संचार सवा बिस्तार भएमा, टोनिहेगन लगायत पदमार्गहरु ब्यबस्थित बनाउन र बिदेशी पर्यटक ल्याउन सकेमा, क्होला र मादीको पर्यटन गुरु योजनामा रहेको सिक्लस कोरी केबलकार सफल हुनसकेमा, क्हफुच ेहिमताल रामसारमा र क्होला सोथरलाई विश्व सम्पदा सुचीमा सूचिकृत गराउन सके अझसिक्लसको जिबनस्तरमा सकरात्मक परिवतन आउने देखिन्छ । आर्गानिक उत्पादन र खाना, स्थानीय उत्पादनको बिक्री, गुरुङ संस्कार र सस्कृतीलाई विशेष संरक्षण र बिकास योजना,सिपर तालिमको बिकास, पर्यटकलाई पहँुचको आधारमा नभई समान बितरण प्रणालीका बिकास, होटल र होम स्टेहरुको समन्वय गरी न्यून आय भएकालाई समेत कुनै न कुनरुपमा पर्यटन ब्यबसायमा जोडन सके सरकारले लिएका पर्यटन नीति सफल हुदै व्यवसायी र सिक्लस वासीको आर्थिक, सामाजिक जीवनमा सकारात्मक परिवर्तन देखिन्छ ।en_US
dc.identifier.citationसामाजिक शास्त्र संकायen_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9743
dc.language.isoen_USen_US
dc.subjectग्रामिण पर्यटन Gramiṇ Paryaṭanen_US
dc.subjectघरबास व्यवसायी Gharabas Byabasayien_US
dc.titleग्रामिण पर्यटनले होटल तथा घरबास व्यवसायीहरुमा पारेको प्रभाव (सिक्लेस, कास्कीको एक समाजशास्त्रीय अध्ययन){Gramiṇ Paryaṭanale Hoṭal Tatha Gharabas Byabasayiharuma Pareko Prabhab (siklesa, Kaskiko Eka Samajasastriy Adhayayan)}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titlePrithivi Narayan Campus, Pokharaen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Chapter page(3).pdf
Size:
652.37 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Cover page.pdf
Size:
115.94 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections