कक्षा नौमा अध्ययनरत लिम्बू भाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको तुलनात्मक अध्ययन {A Comparative Study of the Errors in Nepali Syntax by Limbu Speaking Students Studying in Class Nine}
| dc.contributor.author | खनाल Khanal, डिल्लीराम Dilliram | |
| dc.date.accessioned | 2022-02-13T10:29:55Z | |
| dc.date.available | 2022-02-13T10:29:55Z | |
| dc.date.issued | 2011 | |
| dc.description.abstract | शोधकता : डिल्लीराम खनाल शोध निर्देशक : मेघनारायण श्रेष्ठ शोध शीर्षक : कक्षा नौमा अध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले नेपालीवाक्यगठनमा गर्ने त्रुटिहरूको तुलनात्मक अध्ययन त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र नेपाली भाषा शिक्षण विभागअन्तर्गत एम.एड.दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांशको प्रयोजनार्थ प्रस्तुत गरिएको शोधपत्रको शीर्षक “कक्षा नौमाअध्ययनरत लिम्बूभाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको तुलनात्मक अध्ययन” रहेको छ । यस शोधपत्रमा मौखिक वार्तालाप विधि र पुस्तकालयीय विधिकाअवलम्बन गरिएको छ । शोध निर्देशक मघनारायण श्रेष्ठ तथा शोधार्थी डिल्लीराम खनाल रहेको यस शोधपत्रको उद्देश्य लिम्बूभाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा क—कस्ता त्रुटिहरू गर्दछन र त्यसको निराकरण क—कसरी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनु हो ।यस कार्यको उद्देश्य पूरा गर्नका लागि कक्षा नौ का छात्र ३२ र छात्रा ३२ गरी जम्मा ६४जना विद्यार्थीहरूलाई विभिन्न समयमा प्रत्यक्ष रूपमा शिक्षण गरी कक्षा कार्य, गृहकार्य,अवलोकन, लिखित परीक्षा, अन्तवार्ता, भाषिक उच्चारण आदिको माध्यमबाट पत्ता लागेका समस्याहरूलाई उल्लेख गरिएको छ । प्रस्तुत अध्ययनमा व्याकरणात्मक त्रुटिका आधारमा लिम्बूभाषी विद्यार्थीहरूले नेपाली भाषा सिक्दा गर्ने गरका त्रुटिहरू विशेष गरी नेपाली भाषामा जस्तो लिङग, वचन, पुरुष रआदरमा कर्ता अनुसार क्रियापदको प्रयोग लिम्बू भाषामा नहुने, व्याकरणीक व्यवस्था पनिफरक, परम्परागत प्रयोग र अध्ययनको कमी आदि जस्ता कारणहरूले गर्दा लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषा सिक्दा अधिकांश स्थानमा त्रुटिगर्ने गरेको पाइएको छ ।उक्त त्रुटिहरू निराकरणका लागि अपनाउन सकिने उपायहरू समेत प्रस्तुत गरिएको छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/8186 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा | en_US |
| dc.subject | लिम्बू भाषी विद्यार्थी Limbu speaking students | en_US |
| dc.subject | नेपाली वाक्यगठन Nepali syntax | en_US |
| dc.subject | त्रुटि अध्ययन Error study | en_US |
| dc.title | कक्षा नौमा अध्ययनरत लिम्बू भाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको तुलनात्मक अध्ययन {A Comparative Study of the Errors in Nepali Syntax by Limbu Speaking Students Studying in Class Nine} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघ | en_US |
