भौतिक स्रोत व्यवस्थापनले सिकाइ उपलव्धिमा पारेको प्रभाव {Impact of Physical Resource Management on Learning Achievement}

dc.contributor.authorक्षेत्री Chhetri, ओमप्रकाश Omprakash
dc.date.accessioned2022-03-06T04:50:54Z
dc.date.available2022-03-06T04:50:54Z
dc.date.issued2011
dc.description.abstractभौतिक स्रोत व्यवस्थापनले सिकाइ उपलव्धिमा पारेको प्रभाव शीर्षकको शोधपत्रको मुख्य उद्देश्य विद्यालयको भौतिक स्रोतसाधनको व्यवस्थापनवाट सिकाइ उपलव्धिमा पारेको प्रभावको विश्लेषण गर्नु रहेको छ । यो अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान ढाँचामा आधारित छ । यस अध्ययनमा सुविधाजनक नमुना छनौट विधिको प्रयोग गरी प्राथमिक विद्यालयहरुको छनौट गरिएको छ । उद्देश्यमूलक नमुना छनौट विधिको प्रयोग गरी स्रोतकेन्द्रका स्रोतव्यक्ति, सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको छनौट गरिएको छ । त्यसैगरी सामान्य सम्भावनायुक्त नमुना छनौट विधिको प्रयोग गरी शिक्षकहरु छनौट गरिएको छ । नमुना छनौटमा परेका व्यक्तिहरुसँग अन्तर्वार्ता, छलफल, प्रश्नावली दस्तावेज पुनरावलोकन तथा अवलोकन फारमलाई तथ्याङ्क संकलनका साधनहरुको रुपमा प्रयोग गरिएको छ । यसमा प्राथमिक र सहायक स्रोतहरुवाट तथ्याङ्कहरु संकलन गरिएको छ । आर्थिक स्रोतको अभाव भएका कारण विद्यालयमा आवश्यक पर्ने भौतिक पूर्वाधारको निर्माणमा कठिनाई उत्पन्न भएको अवस्था पाइयो । विद्यालयसँग प्रत्यक्ष र परोक्षरुपमा सम्वन्धित सरोकारवालाहरुले विद्यालयको भौतिक व्यवस्थापन गर्नका निम्ति आवश्यक सरसहयोग नगरेका कारणले पनि भौतिक व्यवस्थापनमा समस्या उत्पन्न भएको पाइयो । त्यसैगरी भौतिक पूर्वाधारको विकासका निम्ति पर्याप्त योजनाहरु वन्ने गरेको तर त्यसको कार्यान्वयन भने समयमा नभएका कारणले पनि भौतिक व्यवस्थापनमा समस्या उत्पन्न भएको पाइयो । विद्यालय व्यवस्थापन समिति निर्माण देखि विद्यालयमा हुने गरेका भौतिक संरचना निर्माणका क्रममा एक राजनीतिक दलले अर्को दलको खुट्टा तान्ने प्रवृत्तिले गर्दा पनि भौतिक निर्माणका कामहरु राम्रोसँग हुन नसकेको अवस्था पाइयो । सरकारी निकायवाट प्राप्तहुने रकम पनि आवश्यकताका आधारमा भन्दा पहँुच र भनसुनका आधारमा वितरण गर्ने परिपाटीका कारण पनि शक्ति र पँहुच नभएका विद्यालयहरुमा भौतिक निर्माणको काम राम्रोसँग हुन नसकेको अवस्था पाइयो । स्थानीय निकायहरुवाट समेत कमजोर भौतिक व्यवस्थापन भएका विद्यालयलाई आर्थिक स्रोत उपलव्ध गराएर सुविधा सम्पन्न वनाउने तर्फ खासै चासो नदेखाएको पाइयो । विद्यालयको भौतिक स्रोत व्यवस्थापनलाई प्रभावकारी वनाउन कमजोर भौतिक अवस्था भएका विद्यालयहरुको पहिचान गरी उनीहरुको भौतिक तथा शैक्षिक विकासमा सरकारी तथा गैह्र सरकारी निकायवाट प्रयास गरिनुपर्छ । विद्यालयसँग सम्वन्धित सम्पूर्ण सरोकारवालहरुले विद्यालयको विकासमा प्रत्यक्ष सम्लग्न भएर सहयोग गर्ने वातावरणको विकास गर्नुपर्छ । स्थानीय स्रोत साधनहरुको प्रयोग र परिचालनमा जोड दिनुपर्छ । योजना निर्माणमा सरोकारवालाहरु सवैको सम्लग्नता गराई सो योजना कार्यान्वयनमा समेत तदारुकताकासाथ लाग्नुपर्ने, सरकारी निकायहरुले विद्यालयहरुलाई आवश्यकताका आधारमा सहयोग रकम उपलव्ध गराउनुका साथै, स्थानीय निकायहरुले कमजोर भौतिक अवस्था भएका विद्यालयहरुलाई भौतिक निर्माण कार्यमा सहयोग गरेमा विद्यालयको भौतिक व्यवस्थापन राम्रो गर्न सकिने सुझाव दिइएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8754
dc.language.isoneen_US
dc.publisherशैक्षिक योजना तथा व्यवस्थापन संकायen_US
dc.subjectभौतिक स्रोत Physical resourcesen_US
dc.subjectसिकाइ उपलव्धि Learning achievementen_US
dc.titleभौतिक स्रोत व्यवस्थापनले सिकाइ उपलव्धिमा पारेको प्रभाव {Impact of Physical Resource Management on Learning Achievement}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
48.06 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
295.99 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: