प्राथमिक तहमा स्थानीय पाठ्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन {Prathamik tahama sthaniya pathyakramko karyanayen vyavasthapana }

dc.contributor.authorथापा Thapa, रत्न Ratna
dc.date.accessioned2022-02-23T10:36:26Z
dc.date.available2022-02-23T10:36:26Z
dc.date.issued2009
dc.description.abstractनेपालमा प्रजातन्त्रको पुनःस्थापना पछि शैक्षिक विकेन्द्रणीकरणको अवधारणा अनुरुप अवलम्वन गरिएको शैक्षिक योजना प्राथमिक तहको स्थानीय पाठ्यक्रमको निर्माण र कार्यान्वयन हो । यसको प्रयोजनको लागि प्राथमिक शिक्षा पाठ्यक्रममा समावेश गरिएका विषय मध्ये सामाजिक अध्ययन सिर्जनात्मक र शारिरिक शिक्षा वाट २०५ २०५ र स्थानीय परिवेश अनुकुलको १०० पूर्णाङ्कको विषय छनोट गरी पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्नु पर्ने प्रावधान प्राथमिक पाठ्यक्रम २०४९ मा व्यवस्था भएर अनुसार स्थानीय पाठ्यक्रमको निर्माण भई कार्यान्वयनमा आएको हो । नेपालको सन्दर्भमा पहिलो चोटि स्थानाीय पाठ्यक्रमका निर्माण स्थानीय सरोकारवालाबाट निर्माण हुनु शिक्षामा शैक्षिक विकेन्द्रीकरण योजनाको प्रारम्भ विन्दुको रुपमा लिन सकिन्छ । यसरी स्थानीय सरोकारवालाको सहभागीता र संलग्नतामा निर्माण भई संचालन र कार्यान्वयनमा आएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । जसमा निर्माण, परिमार्जन, संचालन कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन सम्बन्धी अधिकार कर्तव्य र जिम्मेवारी समेत स्थानीय सरोकारवालामा निहित गरिएको छ । नेपाल सानो मुलुक भएता पनि भौगोलिक, जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधता युक्त रहेको छ । त्यसकारणले पनि राष्ट्रियस्तरमा निर्माण गरिएको पाठ्यक्रमले स्थानीय आवश्यकता चाहना, र स्रोत तथा साधनको प्रतिनिधित्व गर्न नसक्ने र स्थानीय स्रोत तथा साधनको परिचालन गरी स्थानीय आवश्यकता परिपूर्ति गर्ने उद्देश्यका साथ स्थानीय पाठ्यक्रमको निर्माण भएता पनि लामो समयदेखिको आन्तरिक द्वन्द्वका कारण स्थानीय पाठ्यक्रमको कार्यान्वयन तथा व्यवस्थापनको वर्तमान स्थितिको कस्तो रहेको छ ? यसले स्थानीय भाषामा शिक्षा दिन, समावेशी शिक्षा प्रदान गर्न, विद्यार्थीको सिकाई उपलव्धि वृद्वि गर्न, स्थानीय आवश्यकता स्रोत तथा साधनको पहिचान गर्न र स्थानीय सरोकारवालाहरु आफ्नो अधिकार कर्तव्य र जिम्मेवारी प्रति के कति सचेत रहेका छन् छैनन् ? भन्ने जस्ता प्रश्नहरुको समाधान खोज्ने प्रयास गरिएको छ । विद्यमान लोकतान्त्रिक व्यवस्थाको मूल्य र मान्यता अनुरुप समावेशी शिक्षा प्रदान गर्नको लागि त्यस संग सम्बन्धित शिक्षा, निति, नियम, शैक्षिक योजना पाठ्यक्रम निर्माण र कार्यान्वयन तथा व्यवस्थापनसंग सम्बन्धित पक्ष प्र.अ. शिक्षक, सरोकारवाला, संघ संस्था, स्थानीय निकाय, पाठ्यक्रम निर्माता, र सरकार समेतलाई यो अध्ययनको औचित्य रहेको छ भने स्थानीय पाठ्यक्रमको कार्यान्वयनको प्रकृया पत्ता लगाउनु, स्थानीय पाठ्यक्रम व्यवस्थापनको लेखाजोखा गर्ने र पाठ्यक्रमले विद्यार्थीको सिकाई उपलब्धीमा पारेको प्रभाव पत्ता लगाउनु यो अध्ययनको उद्देश्य रहेको छ । शोध अध्ययनको मान्यता अनुरुप नेपाल अधिराज्यको भौगोलिक सिमाना र जनसंख्यालाई शोध अध्ययनको परिसीमा मानिएता पनि भौगोलिक विकटता कार्य क्षेत्र, सुगमता आर्थिक तथा भौतिक स्रोत साधन र समय अभावका कारण झापा जिल्ला लखनपुर गा.वि.स अन्तरगतका सम्पूर्ण सामुदायिक प्राथमिक विद्यालय र उक्त विद्यालयका सरोकारवालाहरुलाई यो अध्ययनको परिसीमा कायम गरिएको छ । शोध अध्ययन वैज्ञानिक विधिबाट खोज तथा अनुसन्धान गरी निष्कर्षमा पुग्नको लागि अध्ययन विधिको उपयोग गरिने भएकाले यो अध्ययनमा समाजशास्त्रीय तथा मानव शास्त्रीय शैक्षिक विधिहरु प्रयोग गरिएको छ । सम्भावनारहित नमूना छनौटको आधारमा उद्देश्यमूलक विधिको उपयोग गरी अनुसन्धान गरिएको छ । शोध अध्ययनका क्रममा, स्थलगत सर्वेक्षणवाट उपलव्ध तथ्य तथा तथ्याङ्कलाई उद्देश्य अनुसार तालिकीकरण, स्तम्भ चित्र र वृत्त चित्रमा प्रस्तुत गरी व्याख्या र विश्लेषण गरिएको छ । विभिन्न तालिका र स्तम्भ चित्रद्वारा प्रस्तुत गरिएको तथ्याङ्कमा दश संचालित सामुदायिक प्राथमिक विद्यालय र उक्त विद्यालयका सरोकारवालाहरुको स्थानीय पाठ्यक्रम कार्यन्वयन तथा व्यवस्थापनमा देखिएको सहभागिता र सकृयताको लेखाजोखा गरिएको छ कूल सहभागी संख्या ३२.७२५ अभिभावक र १८.१८५ महिलाले पाठ्यक्रमको कार्यान्वयन तथा व्यवस्थापनमा सहभागिता हुनुलाई शैक्षिक विकेन्द्रीकरणको प्रारम्भ विन्दु भएको मानिन्छ । शोध अध्ययनको क्रममा प्राप्त भएका उपलव्धी र देखापरेका समस्या तथा चुनौतिहरुलाई प्राप्तिका रुपमा लिने गरिन्छ । स्थानीय पाठ्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन गर्ने प्रकृयामा सरोकारवालाहरुको सहभागीता हुनु, त्यसको संचालन, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने अवसर प्राप्त हुनु, विद्यार्थीको सिकाई उपलव्धीमा वृद्वि हुनु, मातृ र स्थानीय भाषामा शिक्षा प्रदान गर्ने आधार तयार हुनु र शैक्षिक विकेन्द्रीकरणमा सरोकारवालाको अधिकार, कर्तव्य र जिम्मेवारीको वोध हुनुलाई उपलव्धीका रुपमा लिन सकिन्छ भने स्थानीय पाठ्यपुस्तकको निर्माण नुहुन, शिक्षक तालिमको आवश्यकता खड्किनु र विद्यालयमा पर्याप्त स्थानीय पाठ््यक्रमको व्यवस्था नहुनलाई पनि शोध अध्ययनमा प्राप्तिको रुपमा लिइन्छ । शोध अध्ययनका क्रममा चुनौती तथा प्राप्त भएका समस्याहरुलाई समाधान गर्नको लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरिनु पर्ने, शिक्षक तालिम र अवलोकन भ्रमण गरिनु पर्ने विद्यालयमा शैक्षिक वातावरण निर्माण हुनुपर्ने, मातृ तथा स्थानीय भाषामा शिक्षा प्रदान गरिनु पर्ने जस्ता सुझावहरु प्रस्तुत गरिएको छ भने शिक्षासंग सम्बन्धित शैक्षिक योजना तथा कार्यक्रम निर्माण र संचालन गर्ने, संघ–संस्था, विद्यालय स्थानीय संकाय सरोकारवाला, शोध अध्ययनकर्ता पाठ्यक्रम निर्माता शिक्षाविद र सरकारलाई समेत यो शोध सहयोगी हुने सुझाव समावेश गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8454
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectप्राथमिक तह Prathamik tahaen_US
dc.subjectपाठ्यक्रम कार्यान्वयन paṭhyakrama karyanayanen_US
dc.titleप्राथमिक तहमा स्थानीय पाठ्यक्रमको कार्यान्वयन तथा व्यवस्थापन {Prathamik tahama sthaniya pathyakramko karyanayen vyavasthapana }en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
65.99 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
240.29 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: