नेपाली र सन्थाल भाषाका ब्याकरण काेटीहरुकाे तुलना

dc.contributor.advisorविष्णुप्रसाद काेइराला
dc.contributor.authorदाहाल, कृष्णप्रसाद ( Dahal, Krishna Prasad)
dc.date.accessioned2026-04-07T06:41:00Z
dc.date.available2026-04-07T06:41:00Z
dc.date.issued2015
dc.description.abstractनेपाली र सन्थाली भाषाका व्याकरणिक कोटिहरुको तुलनात्मक अध्ययन शोधको उद्देश्य शोधको उद्देश्य शोधको उद्देश्य शोधको उद्देश्य प्रस्तुत शोधपत्र त्रि.वि.वि. शिक्षा शास्त्र संकाय नोपली भाषा शिक्षा विभाग एम.एड (नेपा शि ५९८) पाठ्यांशको पयोजनका लागि तयार पारिएको हो । तथापि समग्रमा यस शोधकार्यको उद्देश्य निम्नानुसार रहका छन् । क) सन्थाली भाषको परिचय दिनु । ख) सन्थाली भाषाका व्याकरणिक कोटिहरुको परिचय दिनु । ग) सन्थाली व्याकरणिक कोटिहरुलाई नेपाली सँग तुलना गर्नु र समानता तथा भिन्नता केलाउनु । शोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधिशोध प्रक्रिया वा अध्ययन विधि यो शोध अध्ययनमा सन्थाली भाषा लिपि र व्याकरणको सामान्य परिचय दिइएको छ । यस अध्क्ययनमा अध्ययन गर्नु पर्ने व्याकरणिक कोटिहरु (बचन, पुरुष, लिङ्ग, आदर, काल, पक्ष, भाव र वाच्य) का आधारमा नेपाली सँग तुलना गर्न पुस्तकालयीय ढाँचामा यो अध्ययन पुरा गरिएको छ । यसै गरी यो शोध अध्ययनका लागि प्राथमिक श्रोत र द्वितीय श्रोतलाई नै समावेश गरिएको छ अन्तर्वार्ता यस अध्ययनका लागि सन्थाली भाषाका ज्ञाता वा विज्ञहरु सँग प्रश्नावली बनाई अन्तर्वार्ता लिइएको छ । छलफल यस शोध अध्ययनको लागि सन्थाली भाषाका ज्ञाताहरु सँग बसेर छलफल गरिएको छ । शोधकर्ताले सन्थाली जाति र भाषा सम्बन्धि लेखिएका पुस्तक, पत्रपत्रिका, शोधकार्य सङकलन गरिएको छ । निष्कर्ष निष्कर्ष निष्कर्ष निष्कर्ष सन्थाल जाति हडप्पा सभ्यता (हिहिडि पिपिडि) बाट विकसित हुँदै आएका होड जाति भन्दछन भने भारतको झारखण्डमा मुल थलो भएका र ओल चिकि लिपिको आग्नेली भाषा परिवार भित्रको सन्थाली भाषा बोल्छन् । आफ्नो छुट्टै भाषा, धर्म, संस्कृति र परम्परा भएको तर नेपालमा भने लोपोन्मुख अवस्थामा रहेका छन् । व्यञ्जन वर्णका अक्षरमा सबैमा अगाडी स्वरवर्ण जाडिएका मात्र रहन्छन् । जसमा छ वटा स्वर वर्ण र चौबिस वटा मात्र व्यञ्जन वर्ण छन् । व्याकरणिक कोटिहरुमा तुलना गर्दा नेपाली भाषामा एक बचन र बहुबचन हुन्छ भने सन्थाली भाषामा एक बचन, द्विवचन र बहुबचन गरी तीन किसिमका छन् । यस्तै पुरुष दुवै भाषामा तीन प्रकारका छन् भने लिङ्ग पनि पुलिङ्ग, स्त्रीलिङ्ग गरी दुई प्रकारका नै छन् । नेपाली भाषाका व्याकरणकोटिमा आदर चार किसिमको पाइन्छ तर सन्थालीमा आदर निम्न मध्यम र उच्च गरी तीन किसिमको मात्रै पाइन्छ । काल दुवै भाषामा तीनवटा छन् । भुतकालमा पक्ष भने नेपाली भाषामा पाँच प्रकारका छन् तर सन्थाली भाषामा तीन प्रकारका मात्र रहेको पाइन्छ । अज्ञात भुत पक्षलाई सामान्य भूत तथा अभ्यस्त भूतलाई अपुर्ण भूतमा नै राखिएको छ । यसैगरी भावका आधारमा पनि नेपाली र सन्थाली भाषामा भिन्नता पाइदैन । वाच्यमा आधारमा तुलना गरेर हेर्दा दुवै भाषामा कत–कर्म र भाव वाच्य नै रहेको पाइएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/26222
dc.language.isone
dc.subjectसन्थाल भाषा
dc.subjectनेपाली व्याकरण
dc.titleनेपाली र सन्थाल भाषाका ब्याकरण काेटीहरुकाे तुलना
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
294.69 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: