“दृष्टि कमजोर भएकाहरुको शिक्षामा समावेशीको अवस्था” {Drishti kamjora vayaka haru ko sikshama samabesiko abastha}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

प्रस्तुत अध्ययन दृष्टि कमजोर भएका बालबालिकाहरुको शिक्षाको लागि राज्यले गरेको प्रयासहरु शिर्षक अन्तर्गत मा रहेका सामुदायिक विद्यालयहरु मध्ये मकवानपुर जिल्ला मनहरी गाउँपालिका अन्तरगत पर्ने मनहरी वड नं. ६ मा संचापलत श्री जनजाति उत्थान प्राथमिक विद्यालय, श्री प्रगती प्रा.वि. लोथर ६ र वडा नं. ९ मा रहेको श्री ऋषेश्वरी वाल जागृत प्रा. वि. मा गरी जम्मा ३ वटा प्राथमिकतहका विद्यालयलाई नमुनाको रुपमा लिइएको छ । प्रस्तुत अध्ययनले दृष्टि कमजोर भएका बालबालिकाहरुलाई दृष्टि कमजोर बालबालिका लागि भौतिक संरचना नहुनाले शिक्षा प्राप्त गर्न कठिनाई हुने गरेको बताउँछ । यद्यपी अध्ययन गरिएको विद्यालय अपाङ्गमैत्री विद्यालय हो । यसैगरि यस विद्यालयमा दृष्टि कमजोर भएकाहरु विद्यार्थीहरुको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्री प्रर्याप्त नभएको, दृष्टि कमजोर भएका बालबालिका लागि उपयुक्त धारा, शैचालय, खेलमैदान, प्र.अ.को कार्यकक्ष रहेको पाइयो । दृष्टि कमजोर सम्बन्धि शैक्षिक नीति, नियमको अध्ययन बाट अझै प्रयाप्त मात्रामा शैक्षिक नीति नियम अपाङ्गता अनुकुल नरहेको पाईयो । विद्यालयहरुमा दृष्टि कमजोर भएका बालबालिकालाई योग्य हुने पाठय सामाग्रीहरुको उपलब्धता नहुने दृष्टि कमजोर भएका बालबालिकाहरुले पढने विद्यालयकामा यस्तोअवस्था छ भने अनेत्र कस्तो अवस्था होला सहजै अनुमान गर्न सकिन्छ । अतः समग्रमा यो अध्ययनले दृष्टि कमजोर भएका बालबालिकाहरुको शिक्षामा राज्यले गरेकाप्रयासहरु खरानिय हुँदाहुँदै पनि व्यवहारमा नीति अनुसारको कार्यान्वयन हुन सकेको देखिदैन । भौतिक संरचना बनाउदा दृष्टि कमजोर भएकाहरु बालबालिकालाई अनुकुल बनाउने, दृष्टि कमजोर भएका बालवालिकाहरुको लागि शिक्षा मात्र निः शुल्क भनेर मात्रहुँदैन त्यसका लागि प्रोत्साहन स्वरुप शैक्षिक छात्रवृद्धि, पुरस्कार लगायतका अन्यसुबिधाहरु पनि उपलब्ध गराउनु पर्ने देखिन्छ ।

Description

Citation