सामुदायिक विद्यालयमा वितरित छात्रवृति कार्यक्रमकाे अवस्था { Samudayik bidyalayma bitrit chhatrabriti karyakramko awastha}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
समुदायिक विद्यालयमा वितरित छात्रवृति कार्यक्रमको अवस्था नामक यस शोधपत्रमा वितरण गरिने छात्रवृतिले विद्यार्थी अभिभावक र समुदायमा पार्ने प्रभावको लेखाजोखा तथा विश्लेषण गर्न मुख्य उद्देश्य राखिएको छ ।
यो अध्ययन सामुदाकि विद्यालयमा वितरण गरिने छात्रवृत्ति कार्यक्रमको प्रकति र उद्देश्य अनुसार परिमाणात्मक र गुणात्मक दुवै खालका अनुसन्धान ढाँचामा आधारित भई तयार गरिएको छ । समस्याको अध्ययन गर्न विषयवस्तुका बारेमा शोधकर्ता कार्यक्षेत्रमा पुगी सहभागीहरूसँग औपचारिक तथा अनौपचारिक रूपमा सङकलन गरिएका तथ्याङक र सूचनालाई व्याख्या तथा विश्लेषण गरिएको छ । यस अध्ययन, अनुसन्धान उद्देश्यपूर्ण र सुविधाजनक नमूना छनौट विधिको प्रयोग गरी विद्यालयको छनौट गर्नुका साथै उद्देश्यमूलक नमूना छनोट गरिएको छ । यस अध्ययनको उद्देश्य प्राप्तिका लागि छनोटमा परेका उत्तरदाताबाट आवश्यक सूचना लिन, अन्तवार्ता समूह छलफल, प्रश्नावली जस्ता अनुसन्धानका साधनको प्रयोग गरी प्राथमिक तथ्याङक संकलन गरिएको छ । विद्यालयकाअभिलेख, अध्ययन प्रतिवेदन र लेख रचनालाई सहायक तथ्यांकको रुपमा लिइएको छ ।तथ्याङक संकलन गर्दा निर्माण गरिएका अवलोकन फारम, प्रश्नावलीलाई सम्बन्धित क्षेत्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, वि.व्य.स पदाधिकारी,स्रोत व्याक्ति, वि.नि. र अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी खुल्ला तथा बन्द प्रश्नावली, समूह छलफल र अन्तर्वार्तालाई तथ्याङक सङकलन ढाँचाको रुपमा लिइएको छ ।
सामुदायिक विद्यालयमा वितरित छात्रवृति कार्यक्रमको अवस्था विषयक या अध्ययन प्रतिवेदनबाट छात्रवृत्ति पाए पश्चात विदयार्थी उपस्थिती र उनीहरुको शैक्षिकउपलव्धीहरुमा सुधार आएको छ । छात्रवृत्तिको रकम प्रति अभिभावकहरु सन्तष्ट हुननसकको पाईयो । छात्रवृत्ति कोटा वितरण पारदर्शी र प्रभावकारी हुन सकिरहेको छैन । छात्रवृत्तिका लागि विदयार्थी छनौट प्रक्रियामा एक रुपता हुन सकिरहेको छैन । छात्रवृत्ति कार्यक्रममा आधारहरु आर्थिक रुपमा पुनरावलोकन गर्न जरुरी रहेको पाइया। सरकारी नीतिअनुरुप छात्रवृत्ति कार्यक्रमहरु कार्यान्वयन भएको पाईएको छैन । नियमित रुपमाविदयालयमा विदयार्थी पठाउन, लक्षित समुहका अभिभावकहरुलाई र उच्च शैक्षिक उपलव्धी प्राप्त गर्ने विदयार्थीहरुका अभिभावकहरुलाई समेत पुरस्कार दिने व्यवस्था गर्नु पन मत प्राप्त भएका छन । छात्रवृत्ति वितरण गर्दा अनिवार्य रुपले व्यवस्थापन ससमितिका वैठकबाट निर्णय गराई अभिभावक भेला गराई छात्रवृत्तिको महत्व दर्शाई वितरण गर्नु पर्ने मतहरु पाइयो । छात्रवृत्ति कार्यक्रमको अनुगमन, निरीक्षण तथा नियन्त्रण र निर्देशनका लागि जिल्ला देखि गाउँसम्म निश्चित संयन्त्र वनाई सञ्चालन गर्नुपर्ने सुझाव पाईयो । छात्रवृत्ति जात विशेषका आधारमा नभई वास्तविक विपन्न वर्गलाई दिनुपर्ने सुझाव पनि पाइयो । छात्रवृत्ति लक्षित वर्गसम्म प्रभावकारी रुपले पुग्न नसकेको पाईयो ।
यस अध्ययन विश्लेषणबाट तुलनात्मक रुपमा शिक्षाको पहुँच नभएका वर्गलाइ समान र न्यायोचित सहभागिता सुनिश्चित गर्न छात्रवृत्ति कार्यक्रम आवश्यक छ । छात्रवृत्ति कार्यक्रमलाई समावेशीकरणको सिद्धान्त अनुसार सञ्चालन गरिनु पर्दछ । छात्रवृत्ति कार्यक्रमले समानता र समावेशी सिद्धान्तलाई अनुसरण गरेको पाइएन भने यसमा पारदर्शिताको अभाव अझ विद्यमान छ ।
छात्रवृत्ति सम्पूर्ण परिवारका आर्थिक तथा सामाजिक स्तरीकरण गरी वितरण गर्नुपर्दछ । जातिगत र लैङगीक रुपमा भन्दा पनि विपन्नताका आधार बनाउनु पर्दछ । छात्रवृत्ति कार्यक्रमलाई नितिगत रुपमै प्रभावकारी बनाउनु पर्दछ । सरोकारवाला निकायहरुलाई कडाइका साथ अनुगमन गरी कार्यन्वयनलाई पारदर्शि बनाउनु पर्दछ ।