अनौपचारिक शिक्षा पाठयपुस्तक गा"उबेसीभाग २ः एक अध्ययन {Non-Formal Education Textbook Gaubesi Part 2: A Study

Date
2008
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
अनौपचारिक शिक्षा पाठयपुस्तक गाउँबेसी भाग २ः एक अध्ययन १. शोध शीर्षक प्रस्तुत शोधपत्रको शीर्षक “अनौपचारिक शिक्षा पाठयपुस्तक गाउँबेसी भाग (२) एक अध्ययन” रहेको छ । २. शोधका उद्देश्यहरु प्रस्तुत शोधका निम्नलिखित उद्देश्यहरु रहेका छन् । २.१ अनौपचारिक शिक्षा पाठ्यक्रम अनुसार पाठ्यसामाग्रीहरु निर्माण भएका छन् वा छैनन् भनी अध्ययन गर्नु, २.२ पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु लक्षित समूहको आवश्यकता अनूकूल भए नभएको अवगत गर्नु । २.३ पाठ्यक्रमले तोके अनुसार बिधागत पाठहरुको स्तर र शैक्षणिक उपयोगिता केलाउनु, ३. शोध विधि ः (क) शोध क्रममा मुख्यतः पुस्तकालयीय विधिको उपयोग गरिएको छ । (ख) आंशिक रुपमा क्षेत्रगत विधिको पनि उपयोग गरिएको छ । अध्ययन विश्लेषण क्रममा पाठयपुस्तकीय सामाग्रीलाई मुख्य स्रोतमा लिएको हुनाले यसैसँग सम्बन्धित व्याख्या र विश्लेषणहरु प्रस्तुत गरिएका छन् । पाठ्यक्रम अनुसार प्रस्तुत पाठ्यपुस्तकमा राखिएका शिक्षण सामग्री विशेषत ः भाषिक सामग्री कक्षामा पढाइने प्रौढहरुको लागि जीवनमूलक ज्ञान र सिप प्रदान गर्न कति उपयोगी छन् र यी सामग्रीले पाठयक्रमको लक्ष्य तथा उद्देश्य पूरा गर्छन्, गर्दैन् ? यिनै तथ्य पत्ता लगाउँने प्रयासमा गाउँबेसी भाग २ मा समाविष्ट पाठहरुलाई लक्षित समूहको सम्भावित बौद्धिक क्षमता अनुकूल भाषिक सीप सामाजिक, आर्थिक साँस्कृतिक परिवेश, प्रौढहरुको बौद्धिक क्षमता र तदनुकूल अभ्यास तथा नागरिक सचेतना, अधिकार घरायसी समस्या बोध र समाधान, न्याय कानून तथा वातावरण संरक्षण लगायत समसामयिक आवश्यकताको पूर्तिको अपेक्षाक (अपेक्षा) आधारमा प्रत्येक पाठहरुलाई क्रम अनुसार व्याख्या तथा विश्लेषण गरिएको छ । अनौपचारिक शिक्षा पाठ्यक्रमलाई पनि आधारभूत तहका पाठयक्रम, अध्ययन तहको पाठ्यक्रम र स्वाध्ययन तहको पाठ्यक्रमलाई यिनिहरुको ढाँचा अनुरुप ब्याख्या तथा विश्लेषण गरिएको छ । त्यस्तै गरेर यस अध्ययनका क्रममा प्रस्तुत गरिएका विभिन्न शीर्षक उपशीर्षकहरुलाई शिक्षा नियमावली तथा विभिन्न समयमा प्रकाशनमा आएका पाठ्यपुस्तक तथा पत्र पत्रिकाहरुलाई स्रोतका आधारमा संलग्न गराईएको छ । परिणाम स्वरुप यस शोधपत्रले आगामि दिनहरुमा अनौपचारिक शिक्षामा देखिएका सबल र दूर्वल पक्षहरुको हेक्का राख्दै अन्य प्रक्रियाहरुको लागि अवश्यपनि सहयोग पु¥याउने देखिन्छ । अध्ययन कै क्रममा अनौपचारिक शिक्षा कक्षा सञ्चालन, निरीक्षण प्रक्रियाहरु पनि भएका छन् । यसै सन्दर्भमा ललितपुर सातदोबाटो स्थित प्रेरणा विद्यालयमा (जहाँ महिलाहरु मात्र अध्ययन गर्ने गर्छन) गएर शिक्षक तथा विद्यार्थी प्रश्नावलीको सहायताले यस शिक्षा सम्बन्धीत थप जानकारी जुटाउने प्रयास गरिएको छ । प्रश्नावलीको आधारमा गरिएको थप अध्ययनबाट यहाँको विभिन्न शैक्षिक गतिविधि, प्रौढहरुको गतिविधि र अन्य क्रियाकलापहरुको बारेमा थोरै भएपनि थप जानकारी हासिल गरिएको छ । प्रस्तुत शोध पत्रमा अनौपचारिक शिक्षा पाठ्यक्रममा निर्धारित पाठ्ष्पुस्तक गाउँबेसी भाग २, को अध्ययन तथा विश्ल्ेषणले निरक्षर प्रौढ महिला तथा बालबालिकाहरुको स्तर, रुचि, क्षमता अनुसार प्रयुक्त पाठहरु तथा विषयवस्तुहरुले कतिको प्रभावकारी भूमिका निर्वाह गरेको छ ? भन्ने कुरालाई मध्यनजर राख्दै प्रत्येक पाठहरुको पाठ्यक्रम अनुसार ब्याख्या तथा विश्लेषण गरिएको छ । अनौपचाकिरक शिक्षा पाठ्यक्रम तथा पाठ्यपुस्तक बीचको अन्र्तसम्बन्ध केलाई सुधारात्मक बाटो तर्फ लग्न यस शोधले सहयोग पु¥याउने छ । औपचारिक होस या अनौपचारिक शिक्षा, दुबैको खास उद्देश्यभनेको, शिक्षामा थप, दक्ष, सिपयुक्त अथवा त्यस विषयमा पारंगत बनाउनु नै हो । त्यस कारण कुना विषयबाट के कस्ता कुराहरुलाई सिक्न सक्दछन्, कस्तो सिक्ने क्षमता राख्दछन्, भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस कुरालाई पाठ्यक्रम निर्माता तथा पाठ्यपुस्तक निर्माताले विशेष चासोको साथ हेर्नु पर्दछ । जे होस पाठ्यक्रम तथा पाठ्यपुस्तक वास्तविक रुपमा देशकाल, परिवेश, वातावरण समय अनुकूल, सामाजिक आर्थिक र शिक्षकारुहरुको रुचिसँग समन्वय राख्ने खालको हुनुपर्छ । यसर्थ यस शोधपत्रले अवश्य पनि यी माथिका तथ्यहरुलाई समावेश गर्न थप सहयोग पु¥याउने छ । यसरी पाठ्यक्रम तथा पाठ्यपुस्तक विश्लेषणात्मक अध्ययनले निरक्षर प्रौढहरु प्रतिको रुचिलाई अझ बढि उत्प्ररित गर्न सहयोग मिल्नेछ । प्रौढहरुको रुचि, क्षमता, स्तर, पूर्वज्ञान आदिका आधारमा पाठ्यक्रम तथा पाठ्यपुस्तकहरु निर्माण भएका छन् की छैनन् ? भन्ने कुराको आँकलन गर्न सकिने हुँदा सो शोधले थप केहि सहयोगको भूमिका निर्वाह गर्ने छ । पाठ्यपुस्तकमा समावेश गरिएका विषयबस्तुको सवल र दूर्वल पक्षहरुको किटान गरी सुझावहरु प्रस्तुत गर्न र भावी पुस्ताहरुका निम्ति मार्ग दर्शन गर्न सहयोग पनि मिल्नेछ । निरक्षर प्रौढ महिला तथा बालबालिकाहरुको लागि ध्यान एकिकृत गर्ने खालका विषय वस्तुहरु प्रति यो अयध्यय केन्द्रित भएकाले स्तर अनुकुल छ वा छैन, सही वातावरण ,स्थान र समयको छनोट भएको छ कि छैन भन्ने कुराको अध्ययन गरेर गाउँवेसी भाग दुई पाठ्यपुस्तकले दिन खोजेको वौद्धिकता र स्तरीयता प्रति यो शोधपत्र लक्ष्यित छ । १. सवल पक्ष ः क) साक्षरता तह पार गरेका प्रौढ महिलाहरुलाई, स्वभिमान र स्वावलम्बन ब्यक्तित्वको विकासमा सहयोग पु¥याउनु, ख) पाठ्यपुस्तक गाउँवेसी भाग २ का सम्पुर्ण पाठहरु महिला उत्थान र विकासका लागि उपयुक्त विषय वस्तुको प्रयोग गरी निर्माण हुनु, ग) अत्यन्तै पिछडिएका र विभिन्न वर्गका महिलाहरुका लागि दैनिक जीवन यापन गर्न उचित व्यवहारिक ज्ञान सीप प्रदान गर्न सक्षम देखिनु, घ) पाठमा प्रयुक्त भाषिक र शैक्षणिक उपयोगिताका दृष्टिले पाठका पाठ्य सामग्रीहरुको सही संयोजन हुनु, ङ) दैनिक व्यवहारिक जीवनका लागि आवश्यक पर्ने गणितीय सीपको ज्ञान आर्जनका लागि गणित अभ्यासहरुको प्रयोग हुनु, च) समाजमा देखिएका विकृति, विसंगति र कुसंस्कारको पहिचान गराई त्यसका विरुद्ध डटेर सामना गरी समुन्नत समाजको निर्माण गर्न गराउन सक्षम देखिनु, २. निर्वल पक्ष ः क) पाठ्यपुस्तक गाउँवेसी भाग २ मा प्रस्तुत पाठहरु एक अर्कामा अन्र्तसंवन्धित नदेखिनु, ख) पाठको सुरुवातमा चित्रहरुको प्रयोग गरी ,प्रत्येक शिक्षार्थीहरुलाई विभिन्न अडकलबाजीमा मात्र फसाउने खालको देखिनु, ग) अभ्यासमा प्रस्तुत प्रश्नहरु दूर्वोध्य किसिमले निर्माण गरेको देखिनु, घ) प्रश्नहरु लामा लामा देखिनु ङ) गणित पाठको प्रयोग नै नगरी अभ्यासहरुको प्रस्तुतिमा निरन्तरता र क्रमिकता नदेखाउनु, च) नयाँ र नौला शब्दहरुको अर्थ प्रस्तुत गर्नुमा कन्जुस्याईं गरेको देखिनु, छ) ठाउँ ठाउँको अभ्यासमा दिईएका प्रश्नहरु विना पाठ उद्धत गरिनु, ज) भाषिक तथा शैक्षणिक उपयोगिताका दृष्टिले पाठहरुलाई उचित रुपमा प्रस्तुत नगरिनु, झ) प्रौढ महिलाहरुको क्षमता भन्दा बाहिरको विषयवस्तुको प्रयोग गरी अभ्यासहरुको निर्माण गरिनु, ञ) अस्पष्ट चित्रहरुको प्रयोग गरी प्रौढ महिलाहरुलाई अनावश्यक सोच तथा निष्कर्ष प्रति झुकाव राख्न अभिप्रेरित गराउनु ।
Description
Keywords
अनौपचारिक शिक्षा Non-Formal Education, महिला साक्षरता Mahilā saksarata
Citation