उच्च माध्यमिक बिद्यालयमा मानवीय संसाधन व्यबस्थापन {Ucha madyamik bidhyalayama manabiya samsadhan byabasthapan}

dc.contributor.authorढकाल Dhakal, यज्ञप्रसाद Yagya Prasad
dc.date.accessioned2022-02-25T06:40:22Z
dc.date.available2022-02-25T06:40:22Z
dc.date.issued2010
dc.description.abstractउच्च माध्यमिक विद्यालयहरुमा मानवीय श्रोत व्यवस्थापन प्रक्रिया शिर्षकमा यो शोधपत्र तयार पारिएको छ । उच्च माध्यमिक विद्यालय भन्नाले सरकारी अनुदान प्राप्त सामुदायिक माध्यमिक विद्यालयहरुले १०+२ को अस्थायी सम्वन्धन प्राप्त गरी सञ्चालन भएका विद्यालयहरु र संस्थागत मा.वि., क्याम्पसहरु तथा १०+२ मात्र सञ्चालन गर्न अस्थायी सम्वन्धन लिई सञ्चालन भएका विद्यालयहरु पर्दछन् । उच्च माध्यमिक विद्यालयहरुमा भैरहेको मानवीय श्रोत व्यवस्थापनमा सम्वन्धित पक्षको ध्यान पुगोस भन्नाका लागि यस अध्ययनले, मानवीय श्रोत व्यवस्थापनको अवस्था पत्ता लगाउन, समस्या तथा मुद्धाहरुको खोजी गर्न र मानवीय श्रोत व्यवस्थापनका प्रभावकारी उपायहरु खोजीगर्ने उद्देश्यहरु राखेको छ । उच्च माध्यमिक विद्यालयहरको संरचनानै अस्थायी खालको भएकोले यसमा गरिने मानवीय श्रोत व्यवस्थापन जटिल र चुनौतीपूर्ण कार्य हो । यसको उचित व्यवस्थापनमा ध्यान जानु वाञ्छनीय देखिन्छ । माध्यमिक शिक्षा र उच्च शिक्षाको सेतुको रुपमा रहेको उच्च माध्यमिक विद्यालयमा योग्य जनशक्ति आजको टडकारो आवश्यकता हो र यसमा सवै पक्षको ध्यान पुग्नु जरुरी छ भनी वोध गराउनु यस अध्ययनको औचित्य हो । अध्ययन सम्पन्न गर्नका लागि नमुना जनसंख्याको लागि खोटाङ जिल्लाका ३ सामूदायिक र एक संस्थागत उ.मा.वि.लाई उद्देश्य मुलक नमुना छनौट गरी ती विद्यालयका प्राचार्य वि.व्य.समितिका पदाधिकारीहरु, शिक्षक तथा कर्मचारीहरुलाई ८ वटा वन्दप्रश्नावली र २ वटा खुल्ला प्रश्नावलीहरु भराई, छलफल, अवलोकन र मत सर्वेक्षण मार्फत परिमाणात्मक र गुणात्मक अनुसन्धान अध्ययन ढाँचाको मिश्रण गरी अध्ययन सम्पनन गरियो । यस अध्ययन सम्पन गर्नका लागि ँ।ध्। त्बथयिच को बैज्ञानिक ब्यवस्थापनको सिद्धान्त र ःबचथ एबचपभच ँयििभत को मानवतावादी सिद्धान्तको आधार लिएको छ । उच्च माध्यमिक विद्यालयहरुमा मानवीय श्रोत व्यवस्थापनका प्रक्रियाहरुमा खुल्ला विज्ञापनबाट क्रम र सम्झौताबाट बढि गर्ने गरेको पाइयो । गैर शिक्षण कर्मचारीको व्यवस्थापन सम्झौताबाट मात्र गरेको पाइयो । हरेक उच्च माध्यमिक विद्यालयहरुमा आवश्यक पर्ने शिक्षण स्रोतको व्यवस्थापनमा विषयगत दक्षता र शिक्षण कौशल भएको तथा गैर शिक्षण कर्मचारीको व्यवस्थापनमा कुसल, इमान्दार व्यवस्थापकीय कला भएको र कामको प्रकृति वुझन सक्ने व्यक्तिको छनौटमा ध्यान दिनु उपयुक्त हुन्छ । हरेक उ.मा.विद्यालयहरुमा कार्यरत शिक्षण तथा गैर शिक्षण दुवै खाले कर्मचारीको पेशागत असुरक्षा, स्थायित्व र कार्य असन्तुष्टिको मात्रा ७५% रहेको छ । गैर शिक्षण कर्मचारीको १०% ले यो पेशा सुरक्षित र स्थायी छ भनेको पाइयो । यती ठूलो हिस्सा असुरक्षित र अस्थायी छ भन्ने कुरा बोध हुँदाहुदै पनि जानाजानी यस पेशामा संलग्न हुनु सकारात्मक होइन । उच्च माध्यमिक विद्यालयहरुमा मानवीयश्रोतको व्यवस्थापनलाई वैज्ञानिक वनाउन यस पेशाप्रतिको आकर्षणलाई वढाउनु पर्ने, दिदै आएको तलव तथा भत्तामा वढोत्तरी गर्नुपर्ने, दुर्गम तथा अपायक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीलाई थप आर्थिक सुविधा दिनुपर्ने, विद्यालय तथा स्थानीय व्यवस्थापन समितिलाई मानव श्रोत विकास र परिचालनबारे तालिम, सेमीनार, गोष्ठी इत्यादि गराई प्रेरित गर्नुपर्ने देखिन्छ । सामुदायिक विद्यालयहरुले संस्थागत रुपमा सञ्चालन भएका विद्यालय भन्दा विषयगत, दक्ष र तालिम प्राप्त मानवीय श्रोत आपूर्तिमा ध्यान दिनु जरुरी छ । गैर शिक्षण कर्मचारीको व्यवस्थापनमा पनि कार्य विवरण खुलाई नियुक्ति दिने, तालिम कार्याक्रममा सहभागी गराउने, समय सापेक्ष तलव, भत्ता, विदा–काज तथा अन्य सुविधाहरु उपलब्ध गराउने कार्य गर्नु पर्दछ । संस्थागत विद्यालयहरुले विषयगत र तालिम प्राप्त शिक्षकको आपूर्तिमा ध्यान पु¥याउनु पर्ने देखिन्छ । यस अध्ययनले प्राप्त गरेका निश्कर्षहरुलाई अन्य यस्तै प्रकारका विद्यालयहरुमा पनि सिमीत रुपमा सामान्यिकरण गरी कार्यान्वयन गर्न सकिने कुरालाई सुझावको रुपमा राख्दै यो अध्ययन सम्पन्न गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8527
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectमाध्यमिक बिद्यालय Madhyamika bidyalayaen_US
dc.subjectमानवीय संसाधन Manaviya sansadhanaen_US
dc.titleउच्च माध्यमिक बिद्यालयमा मानवीय संसाधन व्यबस्थापन {Ucha madyamik bidhyalayama manabiya samsadhan byabasthapan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover.pdf
Size:
82.04 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
219.56 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: