एउटा विचारको यात्रापथ कथाको सङकथन विश्लेषण{A concise analysis of the journey of an idea}
| dc.contributor.author | सिंह नेगी Singh Negi, विनोद Binod | |
| dc.date.accessioned | 2022-03-23T04:49:03Z | |
| dc.date.available | 2022-03-23T04:49:03Z | |
| dc.date.issued | 2021 | |
| dc.description.abstract | प्रस्तुत शोधपत्र ‘एउटा विचारको यात्रापथ’ कथाको सङकथन विश्लषण शीर्षकमाआधारित भई तयार पारिएको छ । ‘एउटा विचारको यात्रापथ’ कथाको सङकथन विश्लेषणगर्नु यस अनसन्धानको मूलभूत उददेश्य हो भने ‘एउटा विचारको यात्रापथ’ कथामा प्रयुक्तव्याकरणिक सम्बदधकको पहिचान गर्नु, उक्त कथामा प्रयुक्त कोशीय सम्बदधकको पहिचानगर्नु र कथामा प्रयुक्त सम्बदधकको सङकथन निर्माणमा रहेको भूमिका विश्लेषण गर्नु यसकाविशिष्ट उददश्यहरू हुन । प्रस्तुत अनुसन्धान गुणात्मक अध्ययन ढाँचामा आधारित रहेको छ । यसअनुसन्धानमा पुस्तकालयीय अध्ययनमा आधारित भई सोददेश्यमूलक तरिकाले लेख्यसामग्रीहरूको सङकलन गरिएको छ । सामग्री सङकलनका क्रममा प्राथमिक र द्वितीयकस्रोतको उपयोग गरिएको छ । ‘कथास्था’ कथासङग्रह भित्रको ‘एउटा विचारको यात्रापथ’कथालाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने विभिन्न पुस्तक, शोधपत्र, शोधप्रबन्ध,लेखरचना एवमसन्दर्भ सामग्रीलाई द्वितीयक सामग्रीको रूपमा उपयोग गरिएको छ ।कथाको सङकथन विश्लषण गर्दा व्याख्यात्मक तथा विश्लेषणात्मक पदधतिको अवलम्वन गरीप्रतिशताङक तालिकाको माध्यमबाट निष्कर्ष निकालिएको छ । प्रस्तुत कथाको सङकथनविश्लषण गर्दा भाषावैज्ञानिक ह्यालिडे र हसनको सिदधान्तमा आधारित भएर गरिएको छ ।जसमा व्याकरणिक सम्बदधकअन्तर्गत सन्दभन, पतिस्थापन, लोप र संयाजनको खोजीगरिएको छ । कोशीय सम्बदधकमा पुनरूक्ति र सन्निधानको अध्ययन विश्लषण गरी तिनकासङकथन निर्माणमा रहेको भूमिकाको अध्ययन गरिएको छ । प्रस्तुत अध्ययनबाट ‘एउटा विचारको यात्रापथ’ कथामा व्याकरणिक र कोशीयसम्बदधकमध्ये कोशीय सम्बदधकको प्रयोग बढी रहेको दखिन्छ । व्याकरणिकसम्बदधकअन्तर्गत सन्दभनको प्रयोग अधिक रहेको छ, कोशीय सम्बदधकअन्तर्गतपुनरूक्तिको प्रयोग अधिक भएको देखिन्छ । यस अध्ययनमा पुरूषवाचक सन्दर्भनमा प्रथम,द्वितीय र तृतीय परूषका प्रयोग भएको छ, केही मात्रामा भेदक विशेषण (मेरो, उसको)प्रयोग भएको छ । पतिस्थापनअन्तर्गत नाम, क्रिया र उपवाक्यको प्रतिस्थापन भएको छ ।लोपअन्तर्गत नाम, क्रिया र उपवाक्यात्मक लोप भएको छ । जसमा नामिक लोप बढी भएकादेखिन्छ । सयोजनअन्तर्गत योगात्मक संयोजकको पयोग बढी भएको छ । पुनरूक्तिअन्तर्गत पुनरावृत्तिको अधिक प्रयोग गरिएको देखिन्छ । जसमा ‘जीवन’, र ‘फेरीवाल’ शब्दहरूसबैभन्दा बढी पटक प्रयोग भएको देखिन्छ । समग्रमा ‘एउटा विचारको यात्रापथ’ कथालाई सम्बदधकका दष्टिकोणबाट हेर्दा व्याकरणिक र कोशीय सम्बदधकको भूमिका महत्वपूर्ण रहेका देखिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/9339 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | नेपाली भाषा शिक्षा विभाग | en_US |
| dc.subject | एउटा विचारको यात्रापथ Euta Vicharko Yatrapath | en_US |
| dc.subject | कथाविधा Kathavidha | en_US |
| dc.subject | सङकथन विश्लेषण Sankathan Visleshan | en_US |
| dc.title | एउटा विचारको यात्रापथ कथाको सङकथन विश्लेषण{A concise analysis of the journey of an idea} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
