चेपाङ्गजातिका बालवालिकाको शैक्षिक पहुँच { Educational access for Chepang children}
| dc.contributor.author | पराजुली Parajuli, इन्दिरा Indira | |
| dc.date.accessioned | 2022-02-01T09:28:21Z | |
| dc.date.available | 2022-02-01T09:28:21Z | |
| dc.date.issued | 2010 | |
| dc.description.abstract | “चेपाङ्गजातिका बालबालिकाको शैक्षिक पहँुच” शिर्षक चयन गरी मकवानपुर जिल्लाको मनहरी गा.वि.स.वडा नं. २ मा रहेको चेपाङ्ग वस्तीमा गरिएको यस अध्ययनमा चेपाङ्ग जातिका बालबालिकाको शैक्षिक स्थिति पत्ता लगाउने मुख्य उद्देश्य रहेको छ । अध्ययन क्षेत्रको स्थलगत सर्वेक्षण गरी अभिभावक, विद्यार्थी, शिक्षक तथा शिक्षाप्रेमि व्यक्तिहरुसँग प्रश्नावलीद्वारा संकलन गर्नुका साथै सम्बनिधत साहित्यको पुनरावलोकन गरिएको छ । उल्लेखित उद्देश्यहरूमध्ये पहिलो उद्देश्य पुरा गर्नको लागि सम्भावना युक्त नमुना छनौट विधिद्वारा स्थलगत सर्वेक्षण गरी प्रत्येक घरमा गएर उनीहरूको शैक्षिक स्थितिको बारेमा जानकारी लिइएको थियो । दोस्रो उद्देश्य पुरा गर्नको लागि विद्यालयमा गइ प्र.अ.शिक्षकहरूसँग प्रत्यक्ष अन्तरवार्ता प्रश्नावली भराइएको थियो । तेस्रो र चौथो उद्देश्य पुरा गर्नको लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका शिक्षाप्रेमी व्यक्तिहरूसँग अनुसूचीमा उल्लेख भए अनुसार राय सुझाव संकलन गरिएको थियो । विद्यालय एक संस्था भएकोले संस्थागत सम्बन्धित पक्षहरु विचको संम्बनध सुमधुर हुनुपर्ने हुदाँ मानव सिद्धान्तको आधारमा यस अनुसन्धानलाई अगाडी बढाइएको छ । यस अध्ययन अनुसनधानका उद्देश्यहरु पुरा गर्नको लागि अध्ययन क्षेत्रमा रहेको घर परिवारलाई सम्भावना ज्यगकभ ज्यमि क्गचखभथ का लागि सामान्य गोलाप्रथा अपनाइएको थियो । यो अध्ययन विश्लेषणात्मक र वर्णनात्मक छ । छनौटमा परेको परिवार विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीका लागि शिक्षा सम्बन्धि अनुसनधानात्मक साधनहरु बन्द तथा खुल्ला प्रश्नावली, विद्यालयको दस्तवेज शैक्षिक सुचाङ्क फारमहरु, अन्तवार्ता तथा सर्वेक्षण फारमको प्रयोग गरी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त तथ्याङ्कको विश्लेषणबाट चेपाङ्ग बालवालिका विद्यालयनै नपठाउने, पठाएपनि नियमित नहुने विचैमा विद्यालय छाड्ने प्रवृत्ति देखियो जसको मुलकारणमा अशिक्षित समस्या, आर्थिक समस्या, फरक जिवनशैली रहेको पाइयो । यस समस्याको सामाधानको लागि विद्यार्थी र शिक्षक विच मानव सम्बन्ध स्थापना गर्न शिक्षकलाई मनोवैज्ञानिक सम्बन्धि तालिम दिनुपर्ने अभिभावक को शैक्षिक चेतना वृद्धि गर्न अनौपचारीक शिक्षा दिनुपर्ने, जंगली सभ्यताबाट विस्थापित गर्न रोजगार र आवसको सुविधा प्रदान गर्नुपर्ने तथा सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने जस्ता कार्यको सम्बनिधत निकाय वाट पहल गर्नुपर्ने जस्ता सुझाबहरु उनीहरुको शैक्षिक अवस्थामा सुधार हुन गई शिक्षाको मुलधारमा समाहित गर्न सकिने देखिन्छ | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/7997 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | शिक्षाशास्त्र संकाय, शिक्षा योजना तथा व्यवस्थापन | en_US |
| dc.subject | चेपाङ्ग बालवालिका Chepang children | en_US |
| dc.subject | शैक्षिक पहुँच Educational access | en_US |
| dc.title | चेपाङ्गजातिका बालवालिकाको शैक्षिक पहुँच { Educational access for Chepang children} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.affiliatedinstitute.title | सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर, चितवन | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
