सुरक्षित मातृत्व सम्वन्धी ज्ञान र अभ्यासकाे अध्ययन { Surkshit matritwa sambandhit gyan ra abyasko adhyayana}
dc.contributor.advisor | गणेश श्रेष्ठ Ganesh Shrestha | |
dc.contributor.author | विश्वकर्मा, काजिमान Biswakarma, Kajiman | |
dc.date.accessioned | 2024-12-26T06:48:51Z | |
dc.date.available | 2024-12-26T06:48:51Z | |
dc.date.issued | 2017 | |
dc.description.abstract | शोधसार यस अध्ययन मोरङ जिल्ला कोसीहरैचा न.पा वडा नं. ५ मा सुरक्षित माृतत्वको ज्ञान र अभ्यासको विषयमा खोजी गरी त्यस सम्बन्धी देखिएका समस्याहरूलाई समाधान गर्नुको लागि सुझावहरू संकलन गर्नु मुख्य उद्देश्य हो । यस अध्ययन मोरङ जिल्ला कोसीहरैचा न.पा वडा नं. ५ मा जम्मा ४०० घरधुरीका ५६४ बिवाहित महिला तथा पुरूष जनसंख्या मध्ये २१ प्रतिशत जनसंख्याले हुन आउने १२० जनालाई सामान्य सम्भावनायुक्त नमुना छनोटको चिठ्ठा विधिका आधारमा जनसंख्याको रुपमा लिई अन्तरवार्ता सूचीको प्रयोग गरेर तथ्याङ्कहरूको संकलनलाई व्याख्यात्मक र संख्यात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । समुदायमा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान र जानकारी भएका ४५% र थाहा नभएको ५५% रहेको पााइयो । प्रजनन स्वास्थ्य यबारे थाहा नभएको कारण वास्ता नगरेर २१.६२% फुर्सद नभएर ४.०५%, मन नलागेर २.७०% ज्ञान नभएर ३२.४३% रहेको पाइयो । जानकारी माध्यम रेडियो २१.५%, टेलिभिजन २७ंं.५६%, स्वास्थ्य चौकी १२.७% र साथीसँग्ी २८.२३% रहेकमो देखियो । १०– १९ वर्षमा विवाह गर्ने ५५%, २०–२४ वर्षमा विवाह गर्ने ३३.३३%, २५ वर्ष भन्दा माथि ११.६७% विवाह भएको उमेरमा विवाह गर्नेको संख्या बढी रहेको पाइयो । गर्भवती अवस्थामा खोप लगाएको संख्या ८९.२०% र नलगाउने १०.८१% रहेको पाइयो ।पत्नी गर्भवती भएको बेला केही सहयोग नगर्ने पति संख्या २४.२५% मा खाना बनाउन लुगा धुने ४.७% जाँच गर्न स्वास्थ्य केन्द्र लैजाने ४०.४३%, गर्भवतीलाई खुसी र हर्षित राख्ने ४०.४३% रहेको पाइयो । नजानुको कारण मन नलागेर १२.१६% र म जानु आवश्यक छैन भन्ने ३३.७८% र नभ्याएर २१.६२% रहेको पाइएको छ । पति–पत्नीबीच परिवार नियोजन बारे खुलेर कुरा गर्ने भन्दा खुलेर कुरा नगर्ने बढी मात्रामा देखियो । महिलाले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने जम्मा ८२ जनामा ८.११% ले पिल्स, ३५.१४% ले डिपोप्रोभेरा, १४.८६% कपर्टी, १०.८१% ले इम्प्लान्ट प्रयोग गरेको पाइयो । अध्ययनबाट प्राप्त भएको प्राप्ति र निष्कर्षलाई हेर्दा देखिएको समस्यालाई समाधान गर्नको निम्ति स्वास्थ्य सेवा विभाग सरकारी तथा गौह्र सरकारी संघ, संस्था र स्थानीय निकायको समन्वयनमा समुदायमा प्रजनन् स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी समस्यालाई कम गर्न सकिन्छ । | |
dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/23509 | |
dc.language.iso | ne | |
dc.subject | सुरक्षित मातृत्व Surakshit matritwa | |
dc.subject | परिवार नियोजन Priwar niyojan | |
dc.title | सुरक्षित मातृत्व सम्वन्धी ज्ञान र अभ्यासकाे अध्ययन { Surkshit matritwa sambandhit gyan ra abyasko adhyayana} | |
dc.type | Thesis | |
local.academic.level | Masters | |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, कोसीहरैँचा, मोरङ |