इल्या भट्टराईका कथामा शरीर राजनीति
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
प्रस्तुत शोध ‘इल्या भट्टराईका कथामा शरीर राजनीति’ शीर्षकसँग सम्बद्ध छ । इल्या भट्टराईद्वारा लिखित २०६० देखि २०७४ सालसम्म प्रकाशित मन मनै त हा , अनि ... , निःशब्द प्रश्नहरू, जीवनका रंगहरू र त्यो एउटा बिहान कथासङग्रहमा सङगृहीत सोद्देश्य छनोट गरिएका पच्चिसओटा कथाहरूमा चित्रित शरीर राजनीतिका प्रमुख दुई उपसूचक पितृसत्तात्मक
सामाजिक दृष्टि र निर्वासनले महिला शरीरमाथि पारेको प्रभाव र तिनका सूचक यौनिकता र प्रजनन, शक्ति र प्रभुत्व, लैङगिकता, द्वन्द्व र युद्ध साथै उपभोक्तावादी संस्कृतिको प्रभाव र प्रयोगको अध्ययनका ढाँचासँग यो शोधकार्य सम्बद्ध छ । उक्त कथासङग्रहमा सङगृहीत सतत्तरओटा कथाहरूको सर्वेक्षण एवम गहन पठनबाट प्राप्त निष्कर्षका आधारमा महिला
शरीर राजनीतिका दृष्टिले इल्या भट्टराईका पच्चिसओटा कथाहरू महत्वपूर्ण भएकाले तिनको सघन विश्लेषण गरिएको छ भने सांस्कृतिक अध्ययनका क्षेत्रमा चर्चित एन्टोनियो ग्राम्सीको ‘हिजेमनी’, मिसेल फुकोको ‘शक्ति सम्बन्ध’, सिमोन द बुभायरको ‘द सेकेन्ड सेक्स’ र लेखकीय विचारधारालाई कथा विश्लेषणका आधार बनाइएको छ । यहाँ मूलत महिला शरीर प्रयोगको
प्रबलतालाई आधार बनाएर उद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङक सङकलन गरी कथाहरूको सघन विश्लेषण गरिएको छ । प्रस्तुत अध्ययनमा चयनित सामग्रीको विश्लेषण गरी अर्थापनमा पुग्नका निम्ति गुणात्मक पद्धतिअन्तर्गत विषयवस्तु विश्लेषण विधिको उपयोग गरिएको छ । शरीर राजनीतिको अध्ययन सांस्कृतिक क्षेत्रमा पछिल्ला समय देखा परेको समालोचना पद्धति हो । सांस्कृतिक अध्ययन बहुविषयात्मक अध्ययन पद्धति भएकाले यसको क्षेत्र बृहत रहेको छ । शरीर राजनीति भनेको शरीरमाथि हुने सामाजिक, सांस्कृतिक र राजनीतिक शक्ति सम्बन्धको खेल हो । शक्ति एक केन्द्रमा मात्र निहित नभई समाजका विभिन्न तहमा छरिएर रहन्छ । शक्ति शरीरमाथिको व्यवहार हो । शक्तिले मानिसको व्यवहार र जीवनशैलीलाई
परिभाषित गर्छ । शरीरको राजनीतिक अध्ययनले शरीरलाई केवल भौतिक अस्तित्वको रूपमा मात्र नलिई सांस्कृतिक र सामाजिक संरचनासँग जोडेर अध्ययन गछ । यहाँ महिला शरीरप्रति पितृसत्तात्मक सामाजिक दृष्टिकोणसम्बन्धी शरीर राजनीति केकसरी प्रस्तुत भएको छ ? महिला शरीरमाथि निर्वासनको प्रभाव केकस्तो रहेको छ ? भन्ने विषयको अध्ययन गरी निष्कर्ष
निकालिएको छ । प्रस्तुत शोधमा इल्या भट्टराईका कथाहरूलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारी शरीरमाथिको राजनीतिका विभिन्न आयामहरूको विश्लेषण र मूल्याङकन गरेर चयनित कथाहरूको वैचारिकता निरूपण गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनामा पोषित पुरुषसत्ताको प्रभुत्वशाली संस्कृतिले यौन तथा प्रजनन अधिकारमाथि गरिएका पाशविक
अमानवीय व्यवहार, उत्पीडनका कारण प्रताडित नारीको चित्रण गर्दै नारी शरीरमाथिको शोषण एवम दमनका उदघाटन गरी नारी शरीर र पितृसत्ताको वर्चस्वका बिचको पारस्परिक सम्बन्ध स्थापित गर्नु यस शोधको उद्देश्य हो । इल्या भट्टराईका कथाहरूमा सामाजिक सांस्कृतिक परिवेशका आधारमा गरिएका दमन, शोषण, उत्पीडन एवम हिंसाजन्य विषयवस्तुसँग सम्बद्ध चरित्र, परिवेश एवम भाषाको अन्तर्घुलन भई त्यसबाट प्राप्त हुने समष्टिगत सौन्दर्यको प्रस्तुतिले इल्या भट्टराईका कथामा प्रयुक्त शरीर राजनीतिलाई तथ्यपरक मूल्यसहितको संज्ञानसँग जोडेको हुनाले कथाहरू सशक्त बनेका छन । शरीर राजनीति उनका
सम्बद्ध विषयवस्तुको सघनता, मानवीय संवेदनाको कलात्मक अभिव्यक्तिका कोणबाट भट्टराईको ‘नियति’, ‘निःशब्द प्रश्नहरू’, ‘डोल्मा’, ‘जीवनको अर्थ खोज्दै’, ‘म के गरुँ’, ‘कठै ! इन्दिरा’, ‘अनुवाद’, ‘विप्लवी’, ‘आखिर त्यही भयो’, ‘नसिमा अकस्मात पराई भइन’ र ‘टाँकीको र एक जोडी आँखा’ शीर्षकका कथा निकै स्तरीय ठहरिएका छन । भट्टराईका उक्त कथाका अधिकांश पात्रहरूमा आफुमाथि भएका अन्याय र अत्याचारको प्रतिरोधको चेतना रहे तापनि प्रत्यक्ष रूपमा प्रतिरोध गर्न नसकको देखिन्छ भने कतिपय पात्रहरूमा आफुमाथि अन्याय, शोषण एवम दमनका विरुद्ध प्रतिरोध गर्ने चेतना र क्षमता विकास भएको देखिन्छ । पुरुषको
तुलनामा महिलाहरूले परिवार र समाजबाट निकै हेला, दुव्र्यवहार, घृणा, शारीरिक एवम मानसिक पीडा पाएको देखिन्छ र यसको पछाडि पितृसत्तात्मक समाज व्यवस्थाको महत्वपूर्ण हात छ भन्ने विचारालई स्थापित गर्दै नारी अस्मिता, स्वत्व एवम पहिचान रक्षार्थ समय परिवर्तन हुनुपर्ने मूल्यचेत सशक्त रूपमा अभिव्यक्त गरिएको छ ।
