कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुत्त शब्दभण्डारको अध्ययन{Kakṣhā Naukō Nēpālī Pāṭhayapustakamā samāviṣṭa Nibandha Vidhāmā Prayuktta Sabdabhaṇḍārakō Adhyayana}
Date
2018
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा सङ्काय
Abstract
प्रस्तुत अध्ययन कक्षा नौको नेपाली पाठयपुस्तकमा समाविष्ट निबन्ध विधामा प्रयुक्त
शब्दभण्डारको अध्ययनमा केन्द्रित रहको छ । यस अध्ययनको उद्देश्य कक्षा नौको नेपाली पाठयपुस्तक
भित्र निबन्ध विधामा प्रयुक्त शब्दभण्डारको पहिचान गर्नु, उक्त पाठभित्र समावेश शब्दहरूको पदवर्ग
बनोट र आवृत्ति पत्ता लगाउनु रहेको छ । यस अध्ययनको परिच्छेद एकमा अध्ययनको उद्देश्य, महत्व
अनुसन्धानात्मक प्रश्न, परिसीमा, औचित्य तथा पारिभाषिक तथा प्राविधिक शब्दहरूको उल्लेख गरिएको
छ । त्यसैगरी परिच्छेद दुईमा पूर्वकार्यलाई प्रस्तुत गरिएको छ । यस परिच्छेदमा आठ ओटा
शोधग्रन्थलाई पूर्वकार्यको उपयोगिता र सैद्धान्तिक अवधारणात्मक ढाँचा समेत प्रस्तुत गरिएको छ । यस
अध्ययनको परिच्छद तीनमा अध्ययनको ढाँचा र विधि, अध्ययनको क्षेत्र, तथ्याङकको व्याख्या तथा
विश्लेषण प्रक्रिया उल्लेख गरिएको छ । यस अध्ययन पुस्तकालय विधिमा आधारित भएको हुँदा
पुस्तकालयमा सङगहित पाठयपुस्तकका पत्रपत्रिका, शोधपत्र आदिबाट सामग्री सङकलन गरी विश्लेषण
समावेश गरिएको छ । जसमा कक्षा नामा समाविष्ट दुईओटै निबन्धहरूमा प्रयुक्त शब्दहरूलाई छुट्टाछुट्टै
भागमा विश्लेषण गरिएको छ ।
निबन्धमा प्रयुक्त शब्दहरूलाई तालिकाद्वारा वर्णानुक्रममा राखी तिनको पदवर्ग, स्रोत, आवृत्ति र
बनोट देखाइएको छ । त्यसगरी समग्र रूपमा पनि दुईओटै निबन्धहरूको सम्पूर्ण शब्दहरूलाई
तालिकाद्वारा पदवर्गको स्रोत, आवृत्ति र बनोटको आधारमा विश्लेषण गरिएको छ । तालिकालाई अझ
स्पष्ट पार्नका लागि स्तम्भचित्र र वृत्तचित्रमा समेत देखाउने प्रयास गरिएको छ । परिच्छेद पाँचको
पहिलो भागमा निष्कर्ष राखिएको छ ।
यस अध्ययनबाट निम्नानुसारका निष्कर्षहरू अगाडि आएका छन ः
क) कक्षा नौको नेपाली पाठयपुस्तकको दुईओटा निबन्धमा नाम वर्गका शब्दहरूको बाहुल्य रहेको छ
भने निपात र विस्मयादिबोधक शब्दहरू न्यून रहेका छन ।
ख) दुईओटै निबन्धमा तदभव शब्दहरूको बाहुल्य रहेको छ । आगन्तुक शब्द न्यून छन ।
ग) आवृत्तिका दृष्टिले आवृत्त भन्दा अनावृत्त शब्दहरू धेरै छन ।
घ) दुईओटा निबन्धमा व्युत्पन्न शब्द बढी रहेका छन । व्युत्पन्न शब्दमा पनि प्रत्यय लागेका शब्दहरू अत्यधिक पाइन्छ ।
Description
Keywords
नेपाली पाठयपुस्तक, निबन्ध विधा