विद्यालय छात्रवृति कार्यक्रमको सामाजिक उपादेयता {BIdyalay chhtrabriti karyakaramko samajik upadeyata}

dc.contributor.advisorसुरेन्द्र कुमार यादव Surendra Kumar Yadav
dc.contributor.authorयादव, संजय कुमार Yadav, Sanjay Kumar
dc.date.accessioned2024-11-21T04:43:38Z
dc.date.available2024-11-21T04:43:38Z
dc.date.issued2014
dc.description.abstractविद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयता शिर्षकको शोध कार्यको भुमिका तथा विद्यालय छात्रवृत्ति कार्यक्रमको सामाजिक उपादेयताको लेखाजोखा गर्नु रहेको छ । साधन र स्रोतको सीमितताका कारण यस अध्ययनलाई सिरहा जिल्ला भगवानपुर स्रोत केन्द्रमा सिमित गरिएको छ । यसले राष्ट्र को प्रतिनिधित्व गर्न सक्ने छैन् । यसलाई सीमित मात्र सामान्यीकरण गर्न सकिने छ । अध्ययनले भगवानपुर स्रोत केन्द्रका प्र.अ., स्रोत व्यक्ति, वि.नि., शिक्षक र सेवाक्षेत्रका अभिभावकहरूलाई उद्देश्यमुलक नमुना छनोटको आधारमा ३३ जना छनोट गरी प्रश्नावली, अन्तर्वार्ता प्रश्नावली र लक्षित समुह छलफलबाट तथ्य धारणा र अभिमत लिई तिनीहरूलाई परिमाणात्मक र गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ । अध्ययनका क्रममा प्राप्त भएका तथ्य धारणा र दृष्टिकोणलाई छात्रवृत्ति कार्यक्रमको उपादेयता, छात्रवृत्ति रकम प्रतिको धारणा, छात्रवृत्ति वितरण गर्ने प्रक्रिया, छात्रवृत्ति वितरणको समय, वितरण गर्ने सामग्री, छात्रवृत्ति कोटा र कोटा वितरण गर्ने आधारहरूका बारेमा अध्ययन गरिएको छ । यसबाट प्राप्त तथ्य, धारणा र विचारलाई मास्लोको आवश्यकताको सिद्धान्त, दुर्खिमको शिक्षाको समाज शास्त्रको सिद्धान्त, प्याव्लभको शास्त्रीय प्रत्यावर्तनको सिद्धान्त र थन्डाइकको सम्वलनको सिद्धान्तसँग सम्बन्धित गराई व्याख्या विश्लेषण गरिएको छ । अध्ययनमा छात्रवृत्ति कार्यक्रममा समस्याहरू खोजी गर्नका साथै छात्रवृत्ति कार्यक्रमको मूल्याङ्कन गरी छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाउने उपाय प्रस्तुत गरिएको छ । अध्ययनबाट प्राप्त तथ्य र तथ्याङ्कलाई प्रतिशत र रेखाचित्रमा प्रस्तुत गरिएको छ । अध्ययनबाट छात्रवृत्ति कार्यक्रमको आवश्यकता रहेको, छात्रवृत्ति कार्यक्रमबाट विद्यार्थी, अभिभावक र समुदायले महत्वपुर्ण लाभहरू प्राप्त गरिरहेको पाइएको छ । छात्रवृत्ति वितरण गर्ने प्रक्रिया र समय प्रभावकारी नभएको अधिकाशं प्र.अ., शिक्षक तथा अभिभावकहरूको दृष्टिकोण रहेको पाइएको छ । छात्रवृत्ति वितरणमा कुनै विशिष्ट शैक्षिक उन्नयनका आधारहरू निर्धारण गरिएको छैन् । केवल विद्यालय हातामा प्रवेश गरेको भरमा छात्रवृत्ति दिइने चलन प्रति अभिभावकहरूको गुनासो रहेको पाइएको छ । छात्रवृत्ति पाउने विद्यार्थीको शैक्षिक उपलब्धि सुधार भएपनि उमेर पक्षलाई ख्याल गरेको देखिदैन् । छात्रवृत्ति वितरणको सम्बन्धमा प्रभावकारी र जिम्मेवारीपूर्ण निरिक्षण अनुगमन भएको पाइएन । यसरी छात्रबृत्ति कार्यव्रmयको सम्वन्धमा प्राप्त तथ्य र दृष्टि « कोणका आधारमा परिवारिक सामाजिक तथा आर्थिक स्तरिकरणको आधारमा छात्रबृत्ति वितरण गर्नु पर्नेु, छात्रबृत्ति वितरण गर्ने निर्दे शिका वनाई प्रभावकारी रूपमा लागु गर्ने, विद्यार्थी तथ्याङलाई चुस्त र वास्तविक बनाउने एकिकृत तथ्याङ्क प्रणालीको बिकास गर्नु पर्ने, अनुगमन र निरिक्षण प्रणालीलाई ब्यवस्थित गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23227
dc.language.isone
dc.subjectविद्यालय छात्रवृति Bidyalay chhatrabriti
dc.subjectसामाजिक उपादेयता Samajik upadeyata
dc.titleविद्यालय छात्रवृति कार्यक्रमको सामाजिक उपादेयता {BIdyalay chhtrabriti karyakaramko samajik upadeyata}
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleS.S.M.Yadhav Multiple Campus, Siraha
Files
Original bundle
Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
436.18 KB
Format:
Adobe Portable Document Format
License bundle
Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: