नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि

dc.contributor.advisorटीका जिरेल
dc.contributor.authorकठायत, रुपा कुमारी
dc.date.accessioned2026-06-17T05:35:26Z
dc.date.available2026-06-17T05:35:26Z
dc.date.issued2081
dc.description.abstractप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह चौंथो सत्रका पाठ्याश (नेपा.शि. ५४४) को प्रयोजनको निमित्त प्रस्तुत गरिएको छ । यस शोधपत्र ‘नेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि’ शीर्षकमा तयार पारिएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको स्तरीय नेपाली भाषाका शब्दहरूको उच्चारणमा परेको प्रभावको पहिचान गरी शैक्षणिक सन्दर्भका आधारमा विश्लेषण गरिएको छ । यो अध्ययन नेपाली दोस्रोभाषी विद्यार्थीहरूको नेपाली भाषाको औपचारिक सिकाइमा गर्ने त्रुटिमा केन्द्रित रहेको छ । नेपाली इतर दोस्रोभाषी विद्यार्थीले नेपाली भाषाका अन्य विविध पक्षभन्दा शब्दहरूको उच्चारणमा बढी त्रुटि गरेको देखिन्छ । यसर्थ दोस्रोभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाका शब्दहरू उच्चारण गर्दा के कस्ता त्रुटि गर्दछन् भन्ने कुराको व्यवस्थित खोजी गरी उक्त त्रुटिको निराकरण गर्ने उद्देश्य यसमा राखिएको छ । उच्चारणगत त्रुटिले नेपाली भाषाको शब्दोच्चारणगत सिकाइमा के कस्तो असर पुग्दछ भन्ने कुराको निरूपणलाई समस्या बनाइएको छ ।यस शोधकार्य तालिका, प्रतिशताङ्क र औसताङ्क विश्लेषणको पद्धतिसहित गुणात्मक विधिलाइ जोडेर सम्पन्न गरिएको छ । प्रश्नावली तथा सम्बन्धित विद्यार्थीहरूसँगको अन्तर्वार्ताबाट प्राप्त सूचनाहरू प्राथमिक स्रोतका रूपमा र विभिन्न लेखकका पुस्तकहरू, शोधग्रन्थहरू, अनुसन्धानमूलक जर्नलहरू द्वितीयक स्रोतका रूपमा रहेको यस शोधकार्य तामाङ, नेपाल र मगरभाषी विद्याथीहरूले नेपाली शब्दको उच्चारणगत त्रुटिको विश्लेषणमा सीमित रहेको छ । प्रस्तुत अध्ययनलाई मूर्त रूप दिन सामग्री सङ्कलनको क्रममा ललितपुर महानगरपालिकाको तीनआटा सामुदायिक विद्यालयका जम्मा ५४ जना विद्यार्थीहरू नमुनाको रूपमा लिइएको छ । ती ५४ जनामध्ये ३३ जना छात्रा र २१ जना छात्र रहेका छन् । यस शोधमा पूर्व परीक्षणद्वारा मानकीकरण गरिएका प्रश्नावलीका प्रयोगमार्फत सम्बन्धित विद्यार्थीहरूबाट प्राप्त भएका प्रतिक्रियालाई अङ्कन गरी तालिकीकरण गरिएको छ । भाषिक भिन्नतातर्फ तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले नेपाली भाषाको विभिन्न क्षेत्रमा उच्चारणगत त्रुटि गरेको पाइएको छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अ र आ स्वरवर्णबाट सुरु भएका नेपाली शब्दको उच्चारण गर्दा प्रायः ‘अ’ वर्णमा आकार उच्चारण गरेको पाइएको छ । नेपालभाषी विद्यार्थीहरूमा भने ‘अ’ र ‘आ’ स्वरवर्णबाट सुरु भएका शब्दहरूको शुद्ध उच्चारणमा नगण्य त्रुटि गरेको पाइएको छ । त्यसैगरी पञ्चम वर्ण (ङ, ञ, ण, न, म) लागेका शब्दहरूको शुद्घ उच्चारणमा तामाङ, नेपाल र मगरभाषी सबै विद्यार्थीहरू पञ्चामृत र सञ्चय शब्दको शुद्ध उच्चारणमा बढी त्रुटि देखिएका छन् । शिरविन्दु र चन्द्रविन्दु लागेका संस्कृति, बठ्याइँ, हँुदैन, अंश आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि यही स्थिति दोहोरिएको छ । यसमा मगरभाषी विद्यार्थीहरूले कम त्रुटि गरेका छन् । शब्दहरूको उच्चारणकै क्रममा ‘ट’ र ‘त’ वर्णबाट बनेका टपरी, टड्कारो, टहटह, टहरो आदि शब्दहरूको शुद्ध उच्चारणमा नेपालभाषी विद्यार्थीहरूले बढी त्रुटि गरेको पाइएको छ । त्यस्तै ‘व’ र ‘ब’ वर्णबाट बनेका भविष्य, वयस्क, बलिन्द्रधारा, वातावरण जस्ता शब्दको उच्चारणमा तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले त्रुटि गरेको देखिएको छ । तामाङ, नेपाल र मगरभाषी समुदायबाट आएका विद्यार्थीहरूमा आधा ‘स्’ वर्णबाट बनेका स्वतःस्फुर्त, स्वाट्ट आदि शब्दहरूको शुद्ध उच्चारणमा त्रुटि दोहोरिएको छ । ‘छ’ र ‘क्ष’ वर्ण लागेका तुच्छ, छावा, क्षयरोग आदि शब्दमा समेत त्रुटि देखिएको छ । संयुक्ताक्षर भएका राष्ट्रिय, वृद्धि, स्वर्णिम, ह्रस्व आदि शब्दको उच्चारणमा पनि त्रुटि गरेको पाइएको छ । त्यस्तै रकार जनाउने प्रवर्धन, निर्विवाद आदि शब्द तथा ऋ÷रि र री लागेका ऋण आदि शब्दहरूको शुद्ध उच्चारणमा पनि त्रुटि दोहोरिएकोे अवस्था छ । प्रस्तुत शोध अध्ययनबाट तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूको नेपाली शब्दहरूको शुद्ध उच्चारणमा मातृभाषिक प्रभावका कारणले असर परेको देखिन्छ । तामाङ, नेपाल र मगरभाषी विद्यार्थीहरूले अनुनासिक शब्दको उच्चारण गर्दा अनुनासिकतालाई छाडेर स्वर तथा व्यञ्जन वर्णको उच्चारण गर्दा त्रुटि हुनेगरेको देखिन्छ । निर्धारित शब्दहरूको उच्चारणमा हुनेगरेको त्रुटिलाई हेर्दा धेरैजसो शब्दको उच्चारणमा त्रुटि देखिएका छन् । त्यस्तै छुट्टै र विशेष भाषिक भिन्नताका कारण नेपाली शब्द उच्चारणमा जटिलता देखिन्छ । यसबाट नेपाली दोस्रोभाषी विद्यार्थीहरूलाई नेपाली शब्द शुद्ध उच्चारण गराउनका लागि विशेष शिक्षणमा सहभागी गराउनुपर्ने देखिन्छ । उपयुक्त पाठ्यक्रम नहुनु, मातृभाषाको प्रभाव, उच्चारणमा कठिनाइ, अभ्यासको कमी, स्तरीय शैक्षिक व्याकरणको अभाव, शिक्षण सामग्रीको अभाव, विद्यार्थी स्वयम्को अजागरुकता, नेपाली भाषाको संरचनागत जटिलता, नेपाली भाषाप्रतिको उदासीनता र भाषालाई सरलीकरणतर्फ लैजाने प्रयत्न आदि नकारात्मक कुराहरूका कारणहरूबाट दोस्रोभाषी विद्यार्थीहरूले नेपाली शब्दको शुद्ध उच्चारणमा त्रुटि गर्नेगरेको देखिन्छ । नेपाली विषय वा नेपाली भाषालाई सामान्य रूपमा लिने परिपाटीले पनि शुद्ध उच्चारणमा समस्या हुनेगरेको पाइन्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/27034
dc.language.isone
dc.subjectनेपाली भाषा
dc.subjectमगरभाषी विद्यार्थी
dc.titleनेपाली दोस्रो भाषी विद्यार्थीहरूको उच्चारणगत त्रुटि
dc.typeThesis
local.academic.levelMasters
local.institute.titleMahendra Ratna Campus, Tahachal

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
1.39 MB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: