गणित विषयकाे शिक्षण सिकाईमा विषय वस्तु प्रस्तुतिकरणकाे अवस्था {Ganit bishayko shikshan sikaima bishaybastu prastutikaranko awastha}

dc.contributor.advisorऋषिराज धिमाल Rishiraj Dhimal
dc.contributor.authorठाकुर, रामप्रसाद Thakur Ramprasad
dc.date.accessioned2024-12-18T09:14:04Z
dc.date.available2024-12-18T09:14:04Z
dc.date.issued2016
dc.description.abstractगणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्ततिकरणको अवस्था नामक शोध शीर्षकमा गरिएको यस अनुसन्धान कार्यको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा गणित शिक्षणका अवस्था पहिचान गर्ने रहेको छ । यस अध्ययनलाई अघि बढाउन आवश्यकता अनुसार परिमाणात्मकर गुणात्मक ढाँचा मिश्रित रुपमा प्रयोग गरिएको छ । यस अध्ययनको नमुना छनोटका विद्यालय, प्र.अ.,शिक्षक तथा विद्यार्थीहरुका रेण्डम नमूना छनोटको विधिको प्रयोग गरिएको छ । यसअध्ययनका लागि मोरङ जिल्ला अन्तर्गत बाहुनी श्रोतकेन्द्र भित्र पर्ने ५ वटा सामुदायिक विद्यलायहरु उक्त विद्यालयका प्र.अ. हरु १० जना, शिक्षकहरु तथा २० जना, विद्यार्थीहरु नमुनाका आकारका रुपमा रहेका छन । यो अध्ययनका लागि अवलोकन, अन्तर्गत प्रश्नावली, अभिलेख अध्ययन जस्ता साधनहरुको प्रयोग गरिएको छ । गणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्तुत गर्ने कला शिक्षकको शैक्षिक, प्राविधिक तथा पेशागत गुणको आधारमा सृजना भई विद्यार्थीहरुमा सार्ने गरेको पाइयो । विद्यार्थीहरुमा सिकाइ प्रक्रिया बालबालिकाहरुको सामाजिक, शारीरिक, बौद्धिक एवं संवेगात्मक विकासका आधारमा गर्ने गरेको पाइयो । सफल गणित शिक्षणमा शिक्षकले विद्यार्थीहरुको सक्रियतामा छलफल, प्रश्नोत्तर, व्याख्यान, प्रदर्शन, प्रयोगात्मक, आगमन, निगमन, समस्या समाधान जस्ता विधिको प्रयोग गरी शिक्षण गर्ने गरेको पाइएको छ । गणित शिक्षण सिकाइमा विषयवस्तु प्रस्तुत गर्ने क्रममा प्रर्याप्त मात्रामा कमी कमजोरीहरु देखिएका छन । ती कमजोरीहरु, उपयुक्त शिक्षण विधिको प्रयोग नगर्नु, शैक्षिक सामग्रीको अभाव, मूल्याङकन तथा गृहकार्यमा कन्जुसी, शिक्षण सिकाइ क्रियाकलापमा आलस्य, शिक्षक निर्देशिक तथापाठयक्रमको अभाव, न्यून अभ्यास, दक्ष जनशक्तिको अभाव, निरीक्षण, सुपरिवेक्षण तथामूल्याङकन र अनुगमनको कमी जस्ता समस्याहरु रहेका छन भने माथि उल्लेखित समस्याहरु समाधानका लागि बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकास अनुसार विषयवस्तुको लागि उपयुक्त शिक्षण विधि, शैक्षिक सामग्री, सिकाइ क्रियाकलाप, मूल्याङकन तथा गृहकार्यको व्यवस्थापन गर्नुपर्ने हुन्छ । शिक्षकले गणित शिक्षणमा विषयवस्तको गहिरो अध्ययन गरी, गणितका नयाँ नयाधारणा, प्रविधी, सोच प्रति सजग रही पाठयक्रमले ताकेको लक्ष्य अनुसारका विषयवस्तुहरु मोडेल सेट,अभ्यास पुस्तक,गणित किताब, एस.एल.सी.का प्रश्नहरु तथा विभिन्न लेखकका अभ्यास गराउने सहयोगी कितावहरुको अध्ययन, अध्यापन गरी सो अनुसारका प्रस्तुतीकरण गरेर गणित सिकाइलाई प्रभावकारी, वैज्ञानिक र प्रयोगिक बनाउन सकिन्छ । गणितको प्रयोग घरायसी, व्यवहारिक,अध्ययन, अनुसन्धान, उद्योग, कार्यालय आदि ठाउँमा हुने भएकोले यस्ता सर्वोपरी बिषयमा विद्यार्थीलाई बढी भन्दा बढी अभ्यास गराउने,क्रियाशिल बनाउने तिर उन्मुख भएर गणित शिक्षणको प्रस्तुतीकरण गर्नुपर्दछ । गणितमा बढी असफल हुने कारण विषयवस्तुको चाहिदो अभ्यास नगरेर हो । यस विषयमा मिहिनेत गर्ने विद्यार्थीहरुले एस.एल.सी.मा १०० अंक पनि ल्याइएको पाइन्छ । त्यसैले अनुभवी तथा दक्ष शिक्षकले नै गणित शिक्षण प्रभावकारी तथा उपलब्धीमूलक प्रस्तुतीकरण गर्न सक्छ ।
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/23409
dc.language.isone
dc.subjectशिक्षण सिकाई Shikshan sikai
dc.subjectप्रस्तुतिकरण Prastutikaran
dc.titleगणित विषयकाे शिक्षण सिकाईमा विषय वस्तु प्रस्तुतिकरणकाे अवस्था {Ganit bishayko shikshan sikaima bishaybastu prastutikaranko awastha}
dc.typeThesis
local.academic.levelMasters
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस, माेरङ

Files

Original bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
Fulltext.pdf
Size:
287.74 KB
Format:
Adobe Portable Document Format

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: