साहित्यकार रामप्रकाश समथिङकाे 'याक्सा भित्रका कथाहरु' कथासंग्रहकाे कृतिपरक अध्ययन {Sahityakar Ramprakash Samthingko'Yaksa bhitraka kathaharu' katha sangrahko kritiparak adhyayan}

dc.contributor.authorअर्याल Aryal, बिना Bina
dc.date.accessioned2023-12-14T06:12:20Z
dc.date.available2023-12-14T06:12:20Z
dc.date.issued2017
dc.description.abstractशोधपत्रको शीर्षक — साहित्यकार गुरुङ रामप्रकाश समथिङको ‘याक्सा भित्रका कथाहरु’ कथा संग्रहको कृतिपरक अध्ययन शोधपत्रको प्रयोजन — त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम नेपाली विभागको स्नातकोत्तर तह दोस्रो वर्षको दशौ पत्रको प्रयोजनका लागि प्रस्तुत शोध निर्देशक — ऋषीश्वर अधिकारी शोधार्थी — बिना अर्याल शैक्षिक सत्र — २०७०/७१ प्रस्तुत मिति ः २०७५/०१/.... ‘साहित्यकार गुरुङ रामप्रकाश समथिङको याक्सा भित्रका कथाहरु कथा संग्रहको कृतिपरक अध्ययन’ शीर्षकको शोधपत्रलाई निम्नलिखित पाँच परिच्छेदको मुल शीर्षकमा विभाजन गरी आवश्यकतानुसार विभिन्न उपशीर्षकहरु समेत राखी अध्ययन र विश्लेषण गरिएको छ । पहिलो परिच्छेद — शोध परिचय दोस्रो परिच्छेद — साहित्यकार गुरुङ रामप्रकाश समथिङको परिचय तथा साहित्यिक यात्रा तेस्रो परिच्छे — कथाको सैद्धान्तिक पक्ष चौथो परिच्छेद — साहित्यकार गुरुङ रामप्रकाश समथिङको ‘याक्सा भित्रका कथाहरु’ कथा संग्रहको विश्लेषण पाचौँ परिच्छेद — उपसंहार तथा निश्कर्ष प्र्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचयको शीर्षक राखिएको छ । त्यसका उपशीर्षकहरुमा क्रमसः शोधशीर्षक, शोधार्थी, शोधपत्रको प्रयोजन, समस्या कथन, शोधकार्यको उद्देश्य, पूर्व कार्यको समीक्षा, शोधकार्यको औचित्य, महत्व र उपयोगिता, प्राक्कल्पना, शोधकार्यको सीमाङ्कन, शोध विधि, सामग्री संकलन विधि (प्राथमिक र द्वितीय स्रोत), अध्ययन तथा विश्लेषण विधि, शोधपत्रको रुपरेखा तथा शोधसमयावधि र लागत रहेका छन् । यी नै उपशीर्षकहरु दिएर पहिलो परिच्छेद तयार पारिएको छ । दोस्रो परिच्छेदमा साहित्यकार गुरुङ रामप्रकाश समथिङको परिचय दिएर उनको साहित्यिक यात्राको चर्चा गरिएको छ । जसमा जन्मस्थान र बाल्यकाल, शिक्षादीक्षा, व्यक्तित्व तथा उनका कृतिहरुको सूची दिइएको छ । समथिङका कथागत प्रबृत्तिहरुका बारेमा पनि यहाँ चर्चा गरिएको छ । तेस्रो परिच्छेदमा कथाको सैद्धान्तिक पक्षका बारेमा चर्चा गरिएको छ । जस अन्तर्गत कथाको पृष्ठभूमी, विभिन्न विद्वानहरुले दिएका कथाका परिभाषाहरुलाई समेटिएको छ । त्यस्तै कथाका संरचनागत तŒवहरू, रचनागत तŒवरू, नेपाली कथाको ऐतिहासिक विकासक्रम, कथाका वर्गीकरणका आधारहरू तथा साहित्यका अन्य विधासँग कथाको सम्बन्ध समेत केलाइएको छ । चौथो परिच्छेदमा साहित्यकार गुरुङ रामप्रकाश समथिङको ‘याक्सा भित्रका कथाहरु’ कथा संग्रहको विश्लेषण गरिएको छ । यस कथा संग्रहमा संग्रहित सात वटा कथाहरुको संरचना पक्षका आधारमा तथा रचना विधानका आधारमा छुट्टाछुट्टै उपशीर्षकहरु दिई विश्लेषण गरिएको छ । संरचना पक्षका आधारमा कथावस्तु, पात्रविधान, परिवेश, उद्देश्य, भाषा शैली, दृष्टिविन्दु र शीर्षक सार्थकता गरी सातवटा उपशीर्षकमा आधारित भई अध्ययन गरिएको छ भने रचना विधानका आधारमा रुचिक्षेत्र, रीतिक्षेत्र, सारवस्तु, कथानक ढाँचा, अर्थ सापेक्ष र रुपविन्यास पक्ष गरी छ वटा उपशीर्षकमा रही अध्ययन गरिएको छ । यस शोधपत्रको पाँचौ परिच्छेदमा उपसंहार तथा निश्कर्ष शीर्षक राखिएको छ । यस अन्तर्गत प्रत्येक परिच्छेदको उपसंहार समावेश गरिएको छ र निष्कर्ष दिइएको छ । सन्दर्भ ग्रन्थसूची अन्तर्गत यो शोधपत्र तयार पार्ने क्रममा प्रयोग गरिएका पाठ्यपुस्तकहरु, पत्रपत्रिकाहरु तथा अप्रकाशित शोधपत्रहरुको सूची राखिएको छ । साथै अन्त्यमा गुरुङ रामप्रकाश समथिङका कृतिहरुमा तयार पार्न सकिने सम्भावित शोध शीर्षकहरुको सूची समावेश गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/20969
dc.language.isoneen_US
dc.publisherनेपाली विभागen_US
dc.subjectनेपाली साहित्य Nepali sahityen_US
dc.subjectकथासङग्रह Kathasanagrahaen_US
dc.titleसाहित्यकार रामप्रकाश समथिङकाे 'याक्सा भित्रका कथाहरु' कथासंग्रहकाे कृतिपरक अध्ययन {Sahityakar Ramprakash Samthingko'Yaksa bhitraka kathaharu' katha sangrahko kritiparak adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleMahendra Ratna Multiple Campus, Ilamen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.pdf
Size:
72.79 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
649.4 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description:

Collections