Health Education
Permanent URI for this collection
Browse
Browsing Health Education by Advisor "राजेन्द्र कार्की Rajendra Karki"
Now showing 1 - 3 of 3
Results Per Page
Sort Options
Item किशोर अवस्थाको विवाहले आमा र बच्चाको स्वास्थ्यमा पारेको असर {Kishor abasthako biwahle aama ra bachchako swasthyma pareko asar}(2013) पौड्याल, सीतादेवी Paudyal, Sitadevi; राजेन्द्र कार्की Rajendra Karkiइलाम जिल्ला दानावारी वडा नं. ४ मा किशोरावस्थाको विवाहले किशोरी आमा र तिनीहरका बच्चाको स्वास्थ्यमा पारेको असर पत्ता लगाउन भन्ने शिर्षक छनौट गरिएको छ । यसमा तीन वटा उद्देश्यहरू राखिएको छ । किशोरीवस्थामा विवाहका कारण पत्ता लगाउन, किशोरावस्थामा विवाह भएका आमाहरूको स्वास्थ्यमा देखिएको समस्या पत्ता लगाउन र किशोरी आमाहरूको जन्म भएका बच्चाहरूको स्वास्थ्यमा देखिएका असर पत्ता लगाउन । वर्णनात्मक ढाँचाको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका किसोरा अवस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका ५० जना किशोरी आमाहरूलाई नमुनाका रूपमा छनौटगरिएको छ । यस अध्ययनमा उद्देश्यपूर्ण नमुना छनौट विधिको प्रयोग गरिएको छ । यसकालागि खुला तथा बन्द प्रश्नावलीको माध्यमबाट अन्तर्वार्तालाई अनुसन्धाका साधनका रूपमा प्रयोग गरिएको छ । नमूनामा परेका ५० जना किशोरी आमाहरूमा आफन्तले केटा राम्रो छ भनेर, करकापमा परेर, आमाले कटाको परिवार राम्रो छ भनेर, सगैको साथीको विवाह छिटो भएरर आफै केटा मन पराएर छिटो विवाह गरेको पाइयो । यसरी हेर्र्दा २१ जना वा ४२ प्रतिशत वा आमाले केटाको परिवार राम्रो छ भनेर छिटो विवाह हुने गरेको पाइयो । त्यस्तै किशोरावस्थामा विवाह गरेर किशोरावस्थामा नै आमा बनेका किशारी आमाहरूलाइ गर्भवती भएको समयमा तल्लो पेट दुख्नेृ, बढी रगत बग्ने र पाठेघर झरे जस्तो हुने समस्या भएको पाइयो । यसरी नै किशोरी आमाबाट जन्मेका बच्चालाइ १ वर्ष भित्र निमोनिया, ज्वारो आउन र झाडापखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएका पाइयो । निष्कर्षमा भन्नुपर्दा उक्त क्षेत्रका किशोरीहरूमा उचित शिक्षा दिक्षाको अभावले गदाउनीहरूको कलिलो उमेरमा नै विवाह हुने गरेको पाइयो उनीहरूलाई किशोरावस्थमा विवाह गर्नु हुँदैन यसले आमा र बच्चाको स्वास्थ्यमा नकरात्मक असर पर्छ भन्ने ज्ञानको कमी रहेका पाइयो । जसले गर्दा उनीहरूबाट जन्मेका सन्तानलाई विभिन्न स्वास्थ्य समस्याले पनि सताउने गरेको पाइयो ।Item परिवार नियाेजनका साधन र गर्भपतनकाे ज्ञान, धारणा र प्रयाेग { Priwar niyojanka sadhan ra garbhapatanko gyan, dharana ra pryog}(2012) दाहाल, स्वस्तीका Dahal, Swastika; राजेन्द्र कार्की Rajendra Karkiशोधसार यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायमा महिलामा परिवार नियोजनका साधान र गर्भपतनको ज्ञान, प्रयोग र धारणा शिर्षक राखी तयार पारिएको हो । यसको मुख्य उद्देश्य परिवार नियोजनका साधनहरूको प्रयोग र धारणको अवस्था पत्ता लगाउनु तथा परिवार नियोजनका साधनको प्रयोगमा देखिएका समस्या र यसका असरहरू खोजि गरी समाधानका उपायहरू पत्ता लगाउनु रहको छ । यस अध्ययन वर्णनात्मक ढाँचामा तयार पारिएको छ । यो शोधपत्र सुनसरी जिल्ला धरान उपमाहानगरपालिका वार्ड १६ का सुकुमबासी समुदायका १५–४९ वर्षका जम्मा १२०० महिला मध्ये ३६० जनालाई सामान्य सम्भावनायुक्त नमुना छनौटको चिठ्ठा विधिबाट छानियो यसले प्रत्यक घरबाट १ ÷१ जना महिलाको प्रतिनिधित्व गरेको छ । अध्ययनलाई पूरा गर्न प्राथमिक र द्वितीय दुवैस्रोतहरूको प्रयोग गरी अन्तवार्ता, बन्द र खुल्ला प्रश्नहरुको माध्यमबाट आवश्यक तथ्याङ्क संकलन गरिएको छ । अध्ययनका क्रममा प्राप्त तथ्याङ्कलाई स्पष्ट पार्न तालिका, वृत्तचित्र, स्तम्भचित्र आदिको प्रयोग गरी विश्लेषण गरिएको छ । छनोटमा परेका विवाहित महिलाहरूसँगको प्रत्यक्ष अन्तवार्ताबाट ७६.३८ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा भएको र २३.६२ प्रतिशतलाई परिवार नियोजनका साधनको बारेमा थाहा नभएको पाइयो । त्यस्तै उक्त समुदायका ६३.८९ प्रतिशत महिलाहरूले साधन प्रयोग गर्ने गरेको र ३६.११ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग नगरेको पाइयो । अध्ययनमा परेका महिलाहरूमा परीवार नियोजनका साधन प्रयोग गर्ने २३० महिलाहरूमध्ये २६.०८ प्रतिशतलाई रक्तश्राव वढि हुने, १० प्रतिशतलाई यौन सन्तुष्टि प्राप्त नहुने, महिलालाई तल्लो पेट दुख्ने १७.३९ प्रशित, खाना नरूच्ने १३.०४ प्रतिशत, रिंगटा चल्ने २३.९१ प्रतिशत र ९.५६ प्रतिशतलाई अन्य समस्या देखा परेको पाईयो । परिवार नियोजनका सधानहरूको प्रयोग र धारणाको बारेमा ज्ञान दिन तथा प्रयोगदरमा वृद्धि गराउन यस सम्बन्धी जनचेतना जगाउनु पर्ने, आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई निःशुल्क सेवा उपलब्ध गराउन ठाउँठाउँमा विभिन्न संघसंस्था सञ्चालन गरिनुपर्ने, महिलाहरूको जीवनस्तर उकास्न विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, आफ्ना छोराछोरीको उपयुक्त उमेरमा विवाह गर्न आमाबाबु तथा स्वंय किशोरकिशोरीलाई सल्लाह दिनुपर्ने, उच्च प्रजननदरको प्रमुख कारणको रूपमा रहेको उच्च शिशुमृत्युदरलाई रोक्न सुइ तथा खोप निःशुल्क रूपमा प्रदान गरिएको जानकारी गराउनु पर्ने जस्ता सुझावहरू दिई यस शोधपत्रलाई पूरा गरिएको छ ।Item माेरङ् जिल्ला डाँगिहाट गा. वि. स. काे वातावरण प्रदूषण नियन्त्रणका स्थानीय प्रयासहरु { Morang jilla dangihat Ga.Bi.Sa. ko watawaran pardusan niyantranka sthaniya paryasharu}(2015) बुडाथाेकी, एकबहादुर Budhathoki, Eakbahadur; राजेन्द्र कार्की Rajendra Karkiशोधसार मोरङ जिल्ला डाँगिहाट गाउँ विकास समितिमा वातावरण प्रदुषण नियन्त्रणमा स्थानीय उपायका बारेमा जानकारी लिन र वातावरण प्रदुषणले समाजमा पारेको प्रभाव पत्ता लगाउन उक्त शीर्षक छनौट गरिएको हो । दुई वटा उद्देश्य राखी अनुसन्धानलाई पूर्णता दिइएको छ । यसका उद्देश्यहरू वातावरण प्रदुषणले पार्ने असरका क्षेत्रहरू पत्ता लगाउन र वातावरण प्रदुषण न्यूनिकरणमा स्थानीय प्रयोगको अवस्था पत्ता लगाउनु रहेका थिए । गुणात्मक ढाँचा अन्तर्गत वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस डाँगिहाट गा.वि.स.मा रहेका गा.वि.स.को कार्यालय, लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति, सयपत्री कृषक समूह, लक्ष्मीमार्ग सडक निर्माण समिति, कयरखोला संरक्षण समिति गरी ५ वटा संस्थाका १÷१ जना प्रतिनिधि र सही संस्थाका प्रत्यक्ष सरोकारवाल व्यक्तिमाध्येवाट चिठ्ठा विधिको प्रयोग गरी १÷१ जना गरी जम्मा १० जनालाई अन्तर्वार्ता सूचीको माध्यमबाट अन्तर्वार्ता लिई सुचनाहरू सङ्कलन गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरिएको छ । तीब्र जनसङ्ख्या वृद्धि र बसाइँसराइँले वातावरणमा ठूलो समस्या देखिएको पाइयो । अशिक्षा, गरीबी, बेरोजगारी समस्याले वातावरणको महत्व बुझ्न नसकेकोले वातावरणमा ठूलो असर गरेको यस अध्ययनको निष्कर्ष रहेको छ । धूलो उड्ने, माटो प्रदूषण, जल प्रदूषण, वनविनास जस्ता वातावरणीय समस्याहरू खासगरी उक्त क्षेत्रमा रहेको पाइयो । साथसाथै सरकारको स्थानीय तथा विभिन्न संघ संस्थाहरू वातावरण प्रदूषणबाट हुने असर र भविष्यमा देखा पर्ने समस्यालाई निराकरण गर्नका निमित्त लागी परेको पाइयो । जस अन्तर्गत धूलोबाट जोगिनको लागि कच्ची बाटोलाई पक्की बनाउने काम, भूमीप्रदूषण रोक्न जैविक मल, पशुमुत्रको प्रयोग, जल प्रदूषण रोक्नको लागि विभिन्न समिति बनाई नियम बनाइएको र शौचालय निर्माणको लागि सरसफाई परीचय पत्र वितरण गरेको, वन जोगाउनको लागि वृक्षरोपन र खोला कटान नियन्त्रणको निम्ति खोला छेउमा बाँध, कास, कोला, बास, सनपाट जस्ता विरुवा लगाई रोक्ने प्रयासहरू गरको पाइयो । वातावरण प्रदूषणले भविष्यमा अत्यान्तै नराम्रो प्रभाव पार्ने भएको हुँदा सरकारी तथा गैरसरकारी निकायहरूबाट जनचेतना मुलक कार्यक्रमहरू गाउँ स्तरसम्म सञ्चालन गर्नु आवश्यक रहेको देखिन्छ । साथै उक्त समस्या सामधानको निमित्त सम्बन्धित सरोकारवाल व्यक्तिहरूले पनि आवश्यक कदम चालिनु आवश्यक रहेको छ ।