Thesis & Dissertations
Permanent URI for this community
Browse
Browsing Thesis & Dissertations by Other Institute "Doti Multiple Campus, Doti"
Now showing 1 - 3 of 3
Results Per Page
Sort Options
Item IMPACT OF SOCIAL INCLUSION POLICY IN POLITICAL REPRESENTATION IN NEPAL(Doti Multiple Campus, Doti, 2024) BAHADUR BIST, LOKENDRA; Tilak Raj PandayThere are many topics for research in sociology. But here I have tried to study the"Impact of Social Inclusion Policy on Political Representation in Nepal". Politics itself dictates social inclusion. In the context of Nepal, many documents have been made on the question of inclusion. The condition of their implementation and the measurement of their effectiveness is indispensable. Therefore, in this study, what is the impact of the inclusion policy document on political representation? The study is for finding the greatest influencing social inclusion policy in the current situation. In order to find out the facts about the impact of the inclusion policy, researcher has selected the two different political areas one in Dadeldhura other in Kathmandu for comparative study. A quantitative and qualitative mixed study method has been adopted in this study. On-site data collection has been done through quantitative study method,while its detailed analysis has been done through qualitative method. Through analysis, it was found that the differences in the two regions' identification of socially excluded groups highlight the necessity of tackling social inclusion initiatives with context-specific techniques. The analysis found the complexity of the obstacles that socially excluded groups must overcome to obtain political representation and emphasized the necessity of focused actions to remove these obstacles. In terms of political representation, social inclusion policies are not the same in rural and urban areas. Due to the effect of education, awareness level etc. of people in urban areas, the inclusion policy seems to be more effective, while it is less in rural areas. Therefore, inclusion policies need to be made based on needs and the state should be involved in its implementation.Item आन्तरिक बसाइसराइको कारण र प्रभाव(Doti Multiple Campus, Doti, 2024) KC,Bikram; Tilak Raj Pandayयो अध्ययन आन्तरिक बसाइसराइको कारण र प्रभाव शीर्षकमा गरिएको छ । यस अध्ययनको उद्देश्यहरु डोटी जिल्ला दिपायल सिलगढी नगर पालिका वडा नं. ५ र ६ जिल्लाको सदरमुकाम यहाँबाट मानिसहरु बसाइ सरेर गइसकेपछि उनिहरुको जिवनस्तरमा आएको परिवर्तन र उनिहरु बसाइसरि सके पछि यस ठाउँमा परेको परिवर्तनको प्रभावको विश्लेषण अझै सम्म कुनै पनि अनुसन्धान नभएकोले यो शोधपत्र तयार पारिएको छ । यस अनुसन्धान विधि अन्तर्गत अनुसन्धानको ढाँचा, अध्ययन क्षेत्रको छनौट, तथ्याङ्कको स्रोत र प्रकृति, अध्ययनको समग्रता र तथ्याङ्क सङ्कलनका विधिहरू, तथ्याङ्क विश्लेषण जस्ता विषयलाई समावेश गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ५ र ६ सिलगढी सदरमुकामको प्रमुख प्रशासनिक र व्यापारिक इलाका रहेको थियो । सिलगढी बजार पश्चिम नेपालका ठूला बजारमध्येको एकमा पर्ने ठाउँ हो । बाइसे चौविसे राज्य हुँदा अछामी, बझाङी, बिमकोटे र दर्लामी राजाहरु कनिमेलका लागी यहाँ आउने गर्दथे । जुम्ला, हुम्ला, अछाम, बाजुरा देखी सुर्खेतका मानिसहरुको चहलपहल हुने गर्दथ्यो । स्थानीयको अनुसार यातायातको विकास र संघिय संरचना अनुसार सबै काम स्थानीय तहमा हुने र जिल्लामा चहलपहल कम भएको र व्यापार व्यवसायमा मन्दि भएको र सुदूरपश्चिमको राजधानी पनि धनगढी भएको कारण मानिसहरु यस क्षेत्रबाट बसाइ सर्दै धनगढीं गएको देखिन्छ । यस अध्ययनले यहाँका मानिसहरु आफु बसाइसराइ गए पनि यहाँ रहेको पुराना घरहरु विक्री पनि नगरेको अवस्था र लगानी पनि नगरेको कारण यहाँको यहाँको सामाजिक विकासमा दिनानुदिन चुनौति थपिदै गइरहेको छ । बसाइ सर्नुको कारण भनेको सरकारले यस क्षेत्रमा राम्रो स्वास्थ्य अस्पताल, शिक्षा को विकास गर्न नसक्नु र व्यापार व्यवसाय नहुनुले गरिबि बाट बच्नको लागि हो । पहिले मानिसहरु आफ्नो पेसा र आम्दानीमा अनुसारको जीवनसैलीमा सन्तुष्ठ थिए । जब बिस्तारै छिमेकीहरु बसाइसराइ सुरु गर्दै गए आफुहरुमा पनि धेरै कुराको अभाव महसुस गरी धनगढी, काठमाण्डौं र कामको खोजीमा भारत तर्फ पनि बसाइसराइ सरेका हुन् । बसाइसराइले उनिहरुको जीवनमा धेरै कुराको समाधान गरेको छ र जीवन राम्रोसँग चलाउन सकेका छन् । अर्कोतर्फ सिलगढीको जनसंख्या दिनानुदिन घट्दै गइरहेको कारण गाउँमा परिणत हुँदै गइरहेको छ ।Item छाउपडी प्रथाको वर्तमान अवस्था: अछाम जिल्ला मङ्गलसैन नगरपालिका – ३ लाच्छिमनामा गरिएको अध्ययन(Doti Multiple Campus, Doti, 2024) Bahadur Khadka,Purna; Shanta Hamal“छाउपडी प्रथाको वर्तमान अवस्था ः अछाम जिल्ला मङ्गलसैन नगरपालिका – ३ लाच्छिमनामा गरिएको अध्ययन” शीर्षकमा गरिएको अध्ययन हो । यस अध्ययनको उद्देश्य ‘छाउपडी’ प्रथाको वर्तमान अवस्था, महिला तथा किशोरीहरूका भोगाइ र अनुभूति एवं समाजको धारणा विश्लेषण गर्नु रहेको छ । यस अध्ययनका लागि सम्भावनायुक्त विधिअन्तर्गत असमानुपातिक स्तरीकृत नमुना छनोट विधिबाट महिनावारी हुने किशोरीदेखि प्रौढ एवं वृद्ध गरी ३० जना महिलाहरू छनोट गरिएको छ । आवश्यक तथ्याङ्कहरू अन्तर्वार्ता, सामूहिक छलफल र अवलोकन विधिद्धारा सङ्कलन गरिएको छ । अध्ययन क्षेत्रमा महिनावारी एक सामाजिक कुप्रथाका रुपमा, धर्म तथा संस्कृतिसँग जोडेर अपवित्र, अछुतो र रुढीवादी प्रथाका रूपमा रहेको छ । यस अध्ययनमा छनोट भएका सहभागीहरूले ‘छाउपडी’ प्रथालाई पालना गरेको पाइन्छ । अधिकांश महिला छाउपडी गोठमा बस्छन् भने केही महिला घरको अलग कोठामा बसे पनि छाउपडी बार्ने गरेका छन् । परम्परागत अभ्यास, सामाजिक संरचना र घरपरिवारका कारण महिला तथा किशोरीहरू छाउपडी प्रथा मान्न बाध्य छन् । युवा पुस्तामा छाउपडीप्रतिको सोचमा परिवर्तन भए पनि व्यवहार परिवर्तन हुन सकेको छैन । छाउपडी प्रथाका कारण गोठमा बस्दा शारीरिक रूपमा अस्वस्थ भइने, बाघ–भालुको डर हुने, सरसफाइ गर्न असहज हुने पोषिलो खानेकुरा खान नपाइने, एकसरो लुगामा बस्नुपर्ने, अँध्यारो झ्याल नभएको कोठामा बस्दा दुःख हुने अनुभूति सहभागीहरु को रहेको छ । रुढीवादी मान्यताका कारण धर्म र संस्कृतिलाई जोडर छाउपडी प्रथालाई बार्नुपर्ने समाजको पुरानो पुस्ताको धारणा छ । तर नयाँ पुस्ता भने महिनावारी हुनु भनेको एक नियमित प्रक्रिया भएकाले यसलाई परम्परागत मान्यताभन्दा माथि उठेर छाउपडी प्रथालाई परिवर्तन गर्नुपर्ने धारणा राख्दछ ।फलस्वरूप छाउपडी प्रथा अन्त्यका लागि नीति, नियम तथा कानुन बनाएर जबरजस्ती छाउपडी गोठ भत्काइए पनि महिनावारी हुँदा गरिने व्यवहार, क्रियाकलाप तथा सम्बन्धमा पुरानै परम्परा कायम रहेको छ । तर्सथ समाज तथा घरपरिवारका हरेक सदस्यहरूले छाउपडीप्रतिको दृष्टकोण परिवर्तन गरी व्यवहारमा लागु गर्न जरुरी रहेको छ ।