Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10040
Title: यादव जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्रीय अध्ययन(गोलबजार न.पा–८ जिल्ला ,सिरहा){A Sociological Study of Socio-Cultural and Economic Status of Yadav Caste (Golbazar Napa-8 District, Siraha)}
Authors: यादव Yadav, सुनिलकुमार Sunil Kumar
Keywords: यादव जाति Yadav Jaati;समाजशास्त्रीय अध्ययन Samajsastriy Adhyayan
Issue Date: 2019
Publisher: समाजशास्त्र संकाय
Level: Masters
Abstract: प्रस्तुत शोधपत्र “यादव जातिका सामाजिक सास्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्री अध्ययन” शीर्षक अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वार्ड नंं.–८क्षेत्रभित्र सीमित रही अध्ययन गरिएको छ । “यादव जातिको सामाजिक सांस्कृतिक तथा आर्थिकअवस्थाको एक समाजशास्त्री अध्ययन” मा यादव जातिको उत्पत्ति ,उपनाम र इतिहास,यादवजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक संस्कार,जीवनशैली केलाउने जस्ता उद्देश्यराखेरअध्ययन गरिएको छ । अध्ययन गर्ने क्रममा गोलबजार नगरपालिका वाड नं. ८मा रहेको १०० घरधुरीलाई उद्देयमुलकनमूनाछनौटको रुपमा लिइ त्यसमा महिला २८० र पुरुष ३३१ जनालाई उत्तरदाताको रुपमाछनौट गरिएको छ । अध्ययन धेरै विधिबाट गर्न सकिने भएतापनि स्रोत साधन र समयकाकारण अनुसन्धानका अन्तरवाता र अवलोकनसाधनमात्र यस अध्ययनमा प्रयोग गरिएको छ । प्रस्तुत शोधपत्रमा यादवहरुको सामाजिक सांस्कृतिक तथा आर्थिक जीवनमा पारेका असरकाविषयमा अध्ययन गर्ने पयास गरिएको छ । साथै अध्ययनको पृष्ठभूमि समस्याको कथन,अध्ययनकाउद्देश्य, अनुसन्धात्मक प्रश्नहरु,अध्ययनका महत्व, अध्ययनको सीमा र अध्ययनकासङगठनजस्ता कुराहरु यहाँ समावेश गरिएको छ ।सन्दभसाहित्यका अन्तर्गत रहेर त्यस क्षेत्रका यादवहरुका लागि भएका सैद्धान्तिक समीक्षा,अनुभवजन्य समीक्षा, अवधाराणात्मक ढाँचा,सैद्धान्तिकमेल यस शोधपत्रमा समेटिएको छ ।यसले हालसम्म भएका विभिन्न अध्ययनहरुतथा नीतिगत सन्दर्भमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट भएका प्रयासहरुमा अध्ययन गरिएको छ ।अनुसन्धानको क्रममा सङख्यात्मक तथा गुणात्मक तथ्याङ्कहरुको सङकलन तथा सङकलन विधिर उपायहरुको साथमा यस अनुसन्धानको ढाँचा, अध्ययन क्षेत्रको छनौट र औचित्य, तथ्याङ्ककाप्रस्तुती तथा स्रोतहरु, तथ्याङ्कको समग्रता र नमूना छनौट ,तथ्याङ्क सङकलनका विधि तथाउपकरणहरु , प्राथमिक स्रोत , अन्तरवाता अवलोकन ,जानकार व्यक्तिहरुको अन्तरवार्ता ,द्वितिय स्रोत , तथ्याङ्कको विश्वासनीयता र वैधता , नैतिक आचरणको पालना आदी पक्षलाइव्याख्या तथा विश्लेषणको बारेमा उल्लेख गरीएको छ । यस अध्ययनमा प्रश्नावली र हष् अन्तरवार्ताको माध्यमबाट स्थलगत रुपमा अध्ययन क्षेत्रमा नै गई तथ्याङ्कहरु संकलन गरीएकाछ । अध्ययन वणनात्मक र विश्लेषणात्मक दुवै ढाँचा रहेको छ । त्यसलाई खोजमूलक तरिकाअपनाइ विभिन्न पत्र पत्रिका ,पुस्तक,एफ.एम. रेडियो जस्ता सामग्रीहरुका आधारमाअन्वेश्षणत्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएका छन । नमूना छनौटको लागि १००घरधुरीका १५–५९ वर्ष उमेर समूहको विभिन्न पेशा व्यवसायमा संलग्न यादवहरुको छनौटभएका छन ।परिवर्तन हुने क्रममा यस वडाका यादवहरुमा बच्चालाई पढाउनु पर्छ भन्ने जनचेतना भएकादेखिन्छ ।सक्नेले निजी र नसक्नेले सरकारी स्कुलमा पढाउने थालेका छनभने उ.मा.वि. रक्याम्पसमा चाहिँ विद्यार्थी समान्य रहेका तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरण गर्ने सन्दर्भमाअध्ययन क्षेत्रको परिचय, भौगोलिक परिचय,जनसङख्या , जातजाति, यादव जातिको सामाजिकस्थिति , यादव जातिको जनसङख्या , घरको बनाबट परिवारको बनाबट , शैक्षिक स्थिति ,सामाजिक र राजनैतिक चतना,स्वास्थ्य सरसफाई र खानेपानी , सामाजिक र आर्थिक परिवर्तन,यादव जातिको सांस्कृतिक स्थिति , संस्कार ,जन्मसंस्कार , छठियार,मुण्डन,अन्नप्राशन ,देखासुनी,छेका वा रोका , तिलक,विवाह , मृत्युसंस्कार , भाषा भेषभूषा र रहनसहन ,धर्म,चाडपर्व र सांस्कृतिक परिवर्तन आदि रहेको तथ्यहरुलाई यहाँ विश्लेषण प्रस्तुतीकरण गरिएकाछ । यसले उक्त क्षेत्रका यथार्थतालाई जस्ताका त्यस्तै प्रस्तुत गर्ने गरिएको छ ।निष्कर्षको रुपमा अनुसन्धानको सारांश,निष्कर्ष र सझावहरु जस्ता कुराहरुलाई समेटने प्रयासगरिएको छ । यस अध्ययनले यादवहरुले सामाजिक , सांस्कृतिक तथा आर्थिक रुपमा भोग्नपरेका समस्या र कठिनाइहरु यथावत रहेको अध्ययनले देखाएको छ । धर्म सांस्कृतिक ,चाडपर्व,रितिरिवाज , चालचलन ,पेशा,रोजगारहरु जस्ता विषयमा यादवहरुको स्थिति यसशोधपत्रमा उल्लेख गरिएका छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10040
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf74.22 kBAdobe PDFView/Open
Chapter.pdf433.78 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.