Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10898
Title: माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन {Madhyamik Bidhyalayama Pustakalaya Byabasthapan}
Authors: दाहाल Dahal, मुक्तिनाथ Muktinath
Keywords: माध्यमिक विद्यालय Madhyamik bidhyalaya;पुस्तकालय व्यवस्थापन Pustakalaya byabasthapan
Issue Date: 2019
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन सङकाय
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्रस्तुत अध्ययन “माध्यमिक विद्यालयमा पुस्तकालय व्यवस्थापन” शीर्षकमा गरिएको हो । यस अध्यनको मुख्य उद्देश्य माध्यमिक विद्यालयहरुमा भएका शैक्षिक पुस्तकालयहरुको व्यवस्थापकीय पक्षको अध्ययन गरी मुख्य समस्या एवं चुनौतीहरु औंल्याउनु र सुझाव पेश गर्नु रहेको छ । यो अध्ययन मिश्रित अनुसन्धानात्मक ढाँचामा सम्पन्न गरिएको छ । यो अध्ययन झापा जिल्लाको कनकाई नगरपालिकाका सामुदायिक विद्यालयमा सञ्चालित पुस्तकालयमा केन्द्रित रहेको छ भने उद्देश्यमूलक विधिबाट नमुना छनोट गरिएको छ । तथ्याङ्ग संकलनका लागि प्रधानाध्यापकहरु, सहायक प्रधानाध्यापकहरु, पुस्तकालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, पुस्तकालयाध्यक्षहरु, विद्यार्थीहरु स्रा े त व्यक्ति तथा शिक्षा सूचना अधिकारीसंग प्रत्यक्ष भेट गरी प्रश्नावली, अन्तरवार्ता तथा स्थलगत अवलकोकन फारमको प्रयोग गरिएको छ । प्रश्नावली, अन्तरवार्ता र अवलोकन फारमबाट प्राप्त शाब्दिक तथ्याङ्कलाई प्राथमिक स्रोत तथा पुस्तकालय सम्बन्धी शो धपत्रहरु, सरकारी निर्देशिका, जर्न ल लेखहरु, विद्यालय तथा पुस्तकालयमा प्राप्त अभिलेखहरु आदिलाई द्वितीय स्रोतका रुपमा लिइएको छ । अनुसन्धानकर्ता आपैm विद्यालयमा उपस्थित भई सू चनादाताहरुसँग पत्यक्ष भेट गरी अन्तरवार्ता लिने, प्रश्नावली भराउने र पुस्तकालयको अवलोकन गरी अवलोकन फारम भर्ने काम गरिएको छ । आवश्यकता अनुरुप तार्किक तथा तथ्याङ्ग शास्त्रीय विधिहरु जस्तै तालिकीकरण, स्तम्म चित्र, वृत्तचित्र, औसत, अनुपात आदिको प्रयोग गरी तथ्याङ्कको विश्लेषण गरिएको छ । सैद्धान्तिक खाकामा डा. एस. आर रंगनाथनको पुस्तकालय विज्ञानका पाँच सिद्धान्तहरु, एफ. डब्ल्यू टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त र हेनरी फेयलको प्रशासकीय व्यवस्थापनको सिद्धान्तका आधारमा आगमन उपागमको माध्यमबाट निष्कर्ष निकालिएको छ । प्राप्त नतिजा अनुसार नमुना छनोटमा परेका तीन वटै विद्यालयहरुमा शैक्षिक पुस्तकालय भएको पाइएता पनि व्यवस्थापनको अवस्था त्यति राम्रो रहेका े पाइएन । पुस्तकालयहरुको भौतिक पुर्वाधारहरुको अवस्था सामान्य रहेको पाइयो । पुस्तकालयमा विद्यालयको पाठ् यक्रममा आधारित विषयगत पुस्तकको वाहुल्यता (४७.०४%) रहेको पाइयो । पुस्तक विद्यार्थी अनुपात विश्लेषण गर्दा प्रत्येक एक जना विद्यार्थीका लागि दुई वटा पुस्तक मात्र उपलब्ध हुन सक्ने स्थिति पाइयो । पुस्तकालयमा आधुनिक विद्युतीय सञ्चारका उपकरण तथा इन्टरनेट र ई –लाइब्रेरीको व्यवस्था गरेको पाइएन । तीन वटै पुस्तकालयमा पुस्तकालय व्यवस्थापन समितिको गठन भएको पाइयो तर शिक्षा मन्त्रालयको पुस्तकालय तथा सू चना व्यवस्थापन निर्देशिका २०६९ अनुरुप भएको पाइएन । विद्यालयमा पुस्तकालयले शिक्षण सिकाइमा पु¥याएको सहयोग सम्बन्धमा सूचना दाताहरुको प्रतिक्रियाको आधारमा पुस्तकालयबाट राम्रो सहयोग पुगेको जानकारी प्राप्त भयो । पुस्तकालय व्यवस्थापनका प्रमुख समस्याहरुमा व्यवस्थित भवन एवं कोठाको अभाव, मापदण्ड अनुसारका फर्निचरको अभाव, आवश्यकता, मापदण्ड अनुसारका पुस्तकालयहरुको न्यूनता, पुस्तकालय कर्मचारीको अभाव, विद्युतीय उपकरण तथा इन्टरनेटको अभाव पुस्तकालय सञ्चालनका लागि छुट्टै आर्थिक व्यवस्थापनको अभाव, पुस्तकालय मापदण्ड अनुसार वैज्ञानिक व्यवस्थापनको अभाव आदि रहेको पाइयो । पुस्तकालय व्यवस्थापनका प्रमुख चुनौतीहरुमा नीतिगत चुनौती, आर्थिक चुनौती, प्राविधिक चु नौती, व्यवस्थापकीय चु नौतिहरु रहेको पाइयो । यो प्रमुख समस्या तथा चुनौतीहरुको न्यूनीकरण गरी प्रत्येक विद्यालयमा पाठक मैत्री, प्रविधी मैत्री एवं समृद्धिशाली शैक्षिक पुस्तकालयको वैज्ञानिक व्यवस्थापन तथा सञ्चालनका लागि नीति निर्माण तहमा रहने नेपाल सरकार तथा शिक्षा मन्त्रालयले शैक्षिक पुस्तकालयको अनिवार्य रुपले स्थापना र यसको वैज्ञानिक व्यवस्थापन एवं प्रभावकारी सञ्चालनका लागि स्पष्ट र व्यवहारिक नीतिको निर्माण गर्नु पर्छ । कार्यन्वयन तहमा रहने स्रोत केन्द्र, विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघले नीति नियमका आधारमा अन्तराष्ट्रिय मापदण्ड अनुरुप पुस्तकालयका लागि पुर्वाधारहरुको निर्माण, पुस्तकालय व्यवस्थापन समितिको गठन, पुस्तकालय कर्मचारीको निय ु क्ति एवं तालिमको व्यवस्था, आर्थिक स्रोतको खोजी तथा परिचालन, विभिन्न पाठ ् य सामाग्री तथा इन्टरनेटको व्यवस्था गर्नुपर्छ । शिक्षक, पुस्तकालयाध्यक्ष, पुस्तकालय कर्मचारी तथा विद्यार्थीले पुस्तकालय मैत्री वातावरणको निर्माण गरी यसको उच्चतम उपयोग गर्नुपर्छ । अनुसन्धान कार्यमा संलग्न विद्यार्थी, शोधार्थी, संघ संस्था तथा अभियान्ताहरुले शैक्षिक पुस्तकालय व्यवस्थापन र सञ्चालनका सवल तथा निर्वल पक्षहरुको सूदम रुपले अध्ययन गरी यसका प्रमुख समस्या एवं चु नौतीहरु खोजी गर्ने र तीनको न्यूनीकरणका लागि प्रभावकारी उपायहरु पनि सुझाउनु पर्छ । यसरी शैक्षिक पुस्तकालयको स्थापना, वैज्ञानिक व्यवस्थापन र उच्चतम उपयोग गरी विद्यार्थी तथा शिक्षकमा अध्ययन तथा खोजको बानी विकास गर्न सबै पक्ष र तहबाट लागिपर्नु पर्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10898
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover.pdf1.79 MBAdobe PDFView/Open
chapter.pdf495.43 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.