Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11015
Title: विधवा महिलाहरुको पुनर्विवाह सम्बन्धी धारण (पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ मा आधारित समाजशास्त्रीय अध्ययन) {Perceptions of Widows about Remarriage (In Pokhara Lekhnath Municipal Corporation Ward No. 5) based Sociological Studies)}
Authors: डुम्रे Dumre, सिर्जना Srijana
Keywords: विधवा महिला Widow;पुनर्विवाह धारणा Remarriage concept;समाजशास्त्रीय अध्ययन Sociological studies
Issue Date: 2018
Publisher: समाजशास्त्र संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: यस शोधपत्रमा श्रीमानको मृत्यु भएर एकल विधवा बनेका महिलाहरुको बारेमा अध्ययन गरिएको छ । यो अध्ययन खास गरि पोखरा लेखनाथ महानगरपालिकाको वार्ड नं. ५ मा रहेका “विधवा महिलाहरुको पुनर्विवाह सम्बन्धि धारणा” भन्ने विषयमा केन्द्रित रहेको छ । विधवा एकल महिलाहरुको पुनर्विवाह सम्बन्धि धारणा पत्ता लगाउनु र उनिहरुले पुनविवाह नगर्नुका कारणहरु के के रहेका छन विश्लेषण गर्नु यस शोध कार्यका मुल उद्देश्य रहेका छन । यस शोध कार्यमा उत्तरदाताहरुसगँ तथा मुख्य सुचनादाताहरुसगँ अन्र्तवार्ता अनुसुचि, वैयत्तिक अध्ययन जस्ता विधिहरुको प्रयोग गरी शोधकार्यलाई मुर्त रुप दिने प्रयास गरिएको छ । यस शोधकार्यमा ५३ जना महिलाहरुलाई उत्तरदाताको रुपमा लिई जनगणना विधीद्धारा अन्र्तवार्ता लिईएको छ । साथै यसमा अध्ययन क्षेत्रको तथा पोखरा लेखनाथ महानगरपालिकाका मुख्य तथा बिशिष्ट ब्यक्तिहरुसगँ पनि अन्र्तवाता लिइएको छ । अध्ययन क्षेत्रका १०६ जना एकल महिलाहरुमध्ये आधा प्रतिशत नमुना छनोट गरेर जम्मा ५३ जनाको अन्र्तवार्ता अनसुची,४ जनाको वैयत्तिक अध्ययन र ४ जना विशिष्ट व्यक्तिहरुको अन्र्तवार्ताको र विधवा महिलासँग सम्वन्धित सरकारी कार्यालय, विभिन्न गैर सरकारी संस्था तथा अनुसन्धान दाताले तयार पारेको रिपोर्ट, प्रकाशित तथा अप्रकाशित लेख तथा पुस्तकको माध्यमबाट सुचना तथा तथ्याकं सकंलन गरिएको छ । महिला र पुरुष एक सिक्काका २ वटा पाटा हुन । श्रीमान श्रीमतीको सयुक्तं सहयात्राले नै जिवनमा पुर्णता पाउछ । नेपाली समाज पितृसत्तात्मक भएको कारणले गर्दा श्रीमानको मृत्यु भैसके पश्चात महिलालाई विधवाको सज्ञां दिदै कष्टकर जिवन बाच्न बाध्य पारिन्छ । श्रीमान नहुदाँ महिलाहरुको आर्थिक, सामाजिक स्थिति निकै दयनिय र कमजोर हुन्छ । त्यसैले यस अध्ययनमा उत्तरदाताको श्रीमानको मृत्युका कारणलाई अध्ययनमा अनुसन्धान गरिएको छ । उत्तरदाताहरुका श्रीमानको मृत्यु हुनाको कारणमा सबैभन्दा बढि २९ जना ५४.७१%) कालगतिल, १० जना (१८.८६) दुर्घटना, दिर्घरोग १४ जना (२६.४१) र आत्महत्या गरेर मृत्यु हुने शुन्य रहेकोे पाइयो । धेरै उत्तरदाताका श्रीमानहरु कालगतिले नै मृत्युभएको र कसका श्रीमान दुर्घटनामा परेर,कसैका श्रीमान दिर्घरोग जस्तै क्यान्सर,दम,मुटुरोग आदिका कारणबाट भएको पाइयो । विवाह एक सामाजिक संस्कार हो,जुन सस्ंकारले वैधानिक रुपमा महिला र पुरुषको सम्बन्धलाई कायम गर्दछ । यस अध्ययनबाट अध्ययन क्षेत्रका विधवा महिलाहरुका पुनर्विवाह सम्बन्धिको धारणा केहि सकरात्मक तथा केहि नकरात्मक भएको पाइयो । सकरात्मक रुपमा उत्तरदाताले निम्न धारणा ब्यक्त गरे ः विधवा महिलाहरुले अवस्था र परिस्थिति हेरेर पुनर्विवाह गर्नुपर्दछ । यदि युवा अवस्थाका विधवा महिलाहरुले यदि बालबच्चाहरु छैनन भने पुनविवाह गर्दा बालबच्चा हुने, एकान्तपन हटने, सुख प्राप्त हुने,जैविक आवश्यकता पुरा हुने, जीवन जीउने आधार हुने, सहारा हुने, इच्छा चाहना पुरा हुने कारणले पनि पुनविवाह आवश्यक रहेको धारणा ब्यक्त गरे । जवान उमेरमा नै विधवा भाका र यदि उनिहरुका छोराछोरी छन भने पनि असल मानिससंँग पुनविवाह गर्दा छोराछोरीले पनि वावुको माया,स्नेह प्राप्त गर्ने हुदाँ पुर्नविवाह गर्नु राम्रो भएको र विधवा महिलाहरुका परिवारले पनि उनीहरुलाई छोरी समान व्यवहार गरि असल केटा खोजेर पुनविवाह गरिदिनु पर्दछ भन्ने उनिहरुको भनाई थियो । उत्तरदाताहरुले नकरात्मक रुपमा निम्न किसिमको धारणा ब्यक्त गरे ःविवाह भन्ने कुरा एकचोटि मात्र गनुपर्दछ र यदि केहि गरी श्रीमानको मृत्यु भएको खण्डमा पनि त्यहि श्रीमानकै सतमा बस्नुपर्ने र कसले यदि श्रीमान मरिसकेपछि पनि श्रीमानक सतमा बसेर पुनर्विवाह गरिएन भने श्रीमानले स्वर्गमा पनि सुख पाउँछन भन्ने अभिव्यक्ति दिएका छन । उत्तरदाताहरुको भनाई अनुसार एकचोटि भोगिसकेका कुरा भएर पनि फेरि किन विवाह गर्नु ,छोराछोरीको घरवार बिग्रेको खण्डमा त्यसको जीम्मेवारी को हुने हो भन्ने धारणा ब्यक्त गरे । अध्ययन क्षेत्रका विधुवा महिलाहरुले पुनविवाह नगर्नुका कारणहरु यस्तो रहेको पाइयोःसामाजिक मुल्य, मान्यता र संस्कृती अझै संकुचित हुनु , विधुवा महिलाहरु र्आिर्थक रुपले सम्पन्न नहुनु , कतिपय विधुवा महिलाहरुको उमेर ढल्कन , विधुवाका वाल वच्चा हुनु , श्रीमानको मायाले गर्दा उनिहरुको सतमा नै बस्ने चाहना हुनु , असल मानिस नभेटटाउनु ,विहेवारी भैसकेका छोराछोरीको घरवार बिग्रन्छ भन्ने डर हुनु र विधुवा महिलालाई सामान्यतः केटाहरुले विवाह गर्न नचाहनु आदि कारणहरु प्रष्ट पारेका छन । अध्ययन क्षेत्रका विधवा महिलाहरुको आर्थिक अवस्थालाई हेर्दा कोहि बेरोजगार, कोहि छोराछोरीले नोकरी गरेका, कोहीले व्यापार व्यवसाय गरका, कसैले घरभाडा लगाएर,कोहि विधवा भत्ताले जिविकोपार्जन गर्ने गरेको पाइएको छ । अध्ययन क्षेत्रका एकल महिलाहरु साक्षर मात्रै भएपनि विभिन्न आमासमुह , एकल समुह तथा अन्य सामाजिक कार्यमा आबद्ध रहेको र सम्भव भएसम्म विभिन्न किसिमका तालिम,सेमिनार र गोष्ठिहरुमा सहभागी हुने र आफुले सानै उमेरमा विवाह गरेको हुनाले धेरै दुख पाएको बताउदै आफना छोराछोरीहरुलाई पनि विवाह गर्ने उमेर भैसकेपछि र आफु सक्षम भैसके पछि आफुलाई अनुकुल हुने असल जिवनसाथी खोज्नुपर्दछ भनेर सुझाव दिएका छन । उनिहरुले आफुले श्रृगांर तथा रातो वस्त्र प्रयोग नगरे पनि अरु विधवा महिलाहरुलाई आफनो इच्छा, चाहना अनुसार लगाउन हुने र लगाउदा अरुले पनि सकरात्मक रुपमा हेर्ने वताएका छन । उनिहरुका आफना छोरी ,बुहारी विधवाहरुलाई पनि पुनर्विवाह गर वा गर्नुपर्दछ भनेर सम्झाएको र हौसला दिएको बताएका छन । त्यस्तै मुख्य सुचनादाताहरुसगँ गरिएको अन्र्तवाताको क्रममा उहाँहरुले महिलाहरुको लागि बनेको निति नियम विभेदकारी छ र पूर्णरुपमा समाजले उनीहरुलाई अरु महिला सरहको दर्जा पनि दिन नसकिरहेको अवस्था छ र कतिपय सांस्कृतिक कार्यक्रममा समावेश गर्न सहज छैन र नेपाल सरकारले केही थोरै मात्राको मात्र सामाजिक सुरक्षा भत्ता दिएको छ । यसैगरी पूनविवाह सम्वन्धि उहाँहरुको धारणा बुझ्दा बाजा बजाएर विवाह गर्ने प्रचलन नभएपनि कहिकतै गर्ने गरको देखिन्छ र धेरै एकल महिलाहरुले पुनविवाह नगर्नुका धारणहरु सन्तानको माया र जिम्मेबारी समाजले सहज रुपमा नस्विकार्ने र आत्मनिर्भर तथा सम्पत्तिमा अधिकार नभएकै कारण बताउनु भयो र एकल महिलाको पुर्नविवाह सम्वन्धि समाज र परिवारले सकरात्मक रुपमा हेरी विधवा महिलाहरुलाई नै चेतना अभिवृद्धि गराउन जरुरी छ र पुनविवाह नै समस्याको समाधान नरहेका जस्ता आ–आफ्नो विचारहरु व्यक्त गर्नुभयो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11015
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
cover.pdf180.03 kBAdobe PDFView/Open
thesis-final-Shrijana.pdf421.81 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.