Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11697
Title: ग्रामीण महिला संगठन निर्माण र परिचालन शैलीमा आएको परिवर्तन{Changes in The Style of Formation And Operation of Rural Women's Organizations}
Authors: घिमिरे Ghimire, कमला Kamala
Keywords: ग्रामीण महिला संगठन Gramin Mahila Sangathan;बहुसांस्कृतिक विविधताBahusanskritik Bibidhata
Issue Date: 2016
Publisher: Department of Sociology
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: ग्रामीण महिला सङगठन निर्माण र परिचालन शैलीमा आएको परिवर्तन शीर्षकमा गरिएको याशोधपत्रसंगठन निर्माण र परिचालनका सवालमा केन्द्रीत गरिएको अध्ययन हो । यसमा संगठन निर्माण र नेतृत्व हैसीयतमा रुपान्तरण गर्न समाज परिचालनका शैलीहरूसँग के कस्तो तालमेलभइरहेको छ र ग्रामीण क्षेत्रमा समाज परिचालनका अभ्यासहरूले महिलाहरूको संगठन निर्माणकाढाँचाहरूमा कस्तो परिवर्तन गरिरहेको छ भन्ने सवालमा केन्द्रीत गरिएको छ । यसकारण यो अध्ययनमा लैंगिक दृष्टिकोणले हेरिएको नभइ संगठन निर्माण र समाज परिचालनका दृष्टिकोणले हेर्न खोजिएको तथा समाजशास्त्रीय हिसावमा प्रकार्यबादी दृष्टिकोणले अध्ययन गरिएको छ । कपिलवस्तु जिल्लामा रहेका समाजिक महिला सङगठनमा आवद्ध सदस्यहरू मध्ये १०० जना सदस्यहरूलाई उत्तरदाताको रुपमा छनोट गरिएको छ । यस अध्ययनले मुलत ः ग्रामीण महिला सामाजिक सङगठन शैलीको विश्लेषण गर्ने र महिला सङगठनको रुपान्तरणमा प्रभाव पार्ने तत्वहरू पत्ता लगाउने उदेश्य लिएको छ । सैद्धान्तिक विश्लेषणको लागि समाज परिचालन अवधारणा र प्रकार्यवादी समाजशास्त्रीय अवधारणाको प्रयोग गरिएको छ । प्रस्तुत शोधपत्रमा प्राथमिक र द्धितिय दुवै खालका तथ्याङ्क प्रयोग गरिएको छ । आवश्यकता अनुसार सङख्यात्मक र गुणात्मक तथ्याङ्क प्रयोग गरिएको छ । साथै तथ्याङ्क संकलन गर्नका निमित्त कार्य क्षेत्र अध्ययन, प्रश्नावली अनसची, मुख्य सूचनादाता छलफल र द्धितीय स्रोतकाप्रयोग गरिएको छ । समाजको नियमित रुपान्तरणसँगै सामाजिक सङगठन रसामाजिक प्रकृयाहरूको पनि नियमितरुपान्तरण हुने गरेको छ । यसै क्रममा कपिलवस्तु जिल्लाका महिला सङगठनहरूमा पनि आधुनिकयुगसँगको सम्पर्क र आन्तरिक तथा बाह्य परिस्थितिसगको अन्तरक्रियात्मक सम्बन्धका कारण विभिन्न स्थानीय ढाँचाका सङगठन निर्माण र परिचालन शैलीहरूमा रुपान्तरण देखा परेको पाइएको छ । समाज परिचालनका क्रियाकलापहरूले महिला समूहहरूमा सङगठन निर्माण, बचतसंकलन र आन्तरिक श्रोत तथा सम्बन्ध परिचालनका तरिकाहरू सहजीकरण गरेर पनि आवधिक परिवर्तनहरू निर्माण गरेको छ भने कतिपय अवस्थामा स्थान विशेषका परिस्थितिक कारणहरूलसामाजिक रुपमा सामदायिक सङगठनहरूको निर्माणका आधार तथा परिवर्तनका कारणहरूसिर्जना गर्ने गरेको यो अध्ययनले देखाएको छ । यस्ता कारक तत्वहरू स्थानीय, बाह्य कारणकासाथै एतिहासिक र तत्कालिक कारण हने तथ्य यो अध्ययनले अगाडि सारेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11697
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover.pdf86.52 kBAdobe PDFView/Open
Thesis.pdf381.7 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.