Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11719
Title: व्यवसायिक पशुपालनले ग्रामीण क्षेत्रका कृषकमा पारेको प्रभाव पोखरा लेखनाथ म.न.पा. वडा नं. १९, घार्मीमा आधारित समाजशास्त्रीय अध्ययन{Impact of Commercial Animal Husbandry on Rural Farmers: Pokhara Lekhnath Municipal Corporation Vada no. 19, Sociological study based on Gharmi}
Authors: शर्मा Sharma, विजया Bijaya
Keywords: व्यवसायिक पशुपालनCommercial Animal Husbandry;ग्रामीण क्षेत्र Rural Areas
Issue Date: 2018
Publisher: Department of Sociology and Rural Development
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: प्रस्तुत शोध पत्र “व्यावसायिक पशुपालनको ग्रामिण क्षेत्रका कृषकमा पारेको पभाव” शीर्षक अन्र्तगत, कास्की जिल्लाका पोखरा लेखनाथ महानगरपालिका वडा नं. १९ को गायत्री टोल विकास संस्था र माझथर टोल विकास संस्थाको क्षेत्रभित्र रही अध्ययन गरिएको छ । व्यवसायिक पशुपालनले यस क्षेत्रका किसानहरुको सामाजिक, आर्थिक अवस्थामा पारेको प्रभाव विश्लेषण गर्नुका साथै कृषकको जीवनस्तरमा पारेको सकारात्मक र नकारात्मक प्रभाव केलाउने कार्य यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनमा गायत्री टोल र माझथर टोलमा बसोबास गर्ने ११५ परिवार मध्ये व्यावसायिक पशुपालनका लागि जम्मा ४२ परिवारलाई मात्र छनोट गरिएको छ । सैद्धान्तिक व्याख्या र विश्लेषणको लागि आधुनिकीकरण सिद्धान्त, विकासको अवधारणा, आर्थिक सिद्धान्तको दृष्टिकोण प्रयोग गरिएको छ । शोध कार्यमा प्राथमिक र द्वितीय तथ्याङक संकलन गरिएको छ । प्राथमिक तथ्याङकको लागि प्रश्नावली अनुसूचि, अवलोकन विधि, वैयक्तिक अध्ययन र मुख्य जानकार व्यक्तिसँगको छलफलको पयोग गरिएको छ । द्वितीय तथ्याङक विभिन्न कार्यालय संघसंस्था आदिबाट प्राप्त तथ्याङकलाई लिइएको छ । यस शोधकार्यमा विभिन्न शीर्षकको तालिकामा तथ्याङक प्रस्तुत गरी प्रतिशत समेत छुटयाई आवश्यकता अनुरोध वर्णनात्मक रुपमा समेत प्रष्टयाइएको छ । यस कार्यका लागि एक अवधारणात्मक खाका बनाई, आर्थिक, सामाजिक र प्राविधिक पक्षले कसरी कृषकको जीवनशैलीमा सुधार ल्याएको छ भन्ने विषय मुख्य रुपमा केलाइएको छ । व्यावसायिक रुपमा पशुपालनमा लाग्नेमा महिलाको तुलनामा पुरुष नै देखिए जुन ५९.२% छ भने उमेरगत हिसावले ३५–४५ वर्ष उमेर समुहका किसान, सबैभन्दा बढी ३५.६२% पाइयो । कृषकको शक्षिक स्तर हेर्दा ३५.७१% पाइयो कृषकको शैक्षिक स्तर हेर्दा ३५.७१% कृषक साक्षर देखिए भने २८.५८% ले माध्यमिक शिक्षासम्म अध्ययन गरेको देखिन्छ । कृषकको पारिवारिक संरचना हेर्दा एकात्मक परिवारमा बस्ने संख्या ७६.१९% पाइयो । कृषि बाहेक अन्य पेशा पनि हुने मानिसको संख्या ३५.७१ प्रतिशत मात्र छ भने कृषि मात्र हुने ६४.२९% छन आर्थिक पक्षको कुरा गर्दा मासिक २०–२५ हजार कमाउने कृषक सबैभन्दा बढी ५२.३८% छन । अझै पनि परम्परागत रुपमा यस पेशालाई अगाल्ने कृषक जम्मा ७.१५% छन । बाँकी सबैले आधुनिक तरिकाले पशुपालन गरेको पाइयो । उत्तरदाता मध्ये अधिकांश ९०.४७ प्रतिशत तालिम प्राप्त व्यक्तिहरु छन । पशपालने पारेको प्रभाव हेर्दा १६.७६ % सामाजिक, ७६.१९% आर्थिक र ७.१४% शैक्षिक क्षेत्रमा प्रभाव पारेको देखिन्छ । आर्थिक पक्षलाई हेर्दा आम्दानीको केही हिस्सा बचत गर्ने कृषकको संख्या ५७.१४% पाइयो । व्यवसायिक सफलतासँगै पशुपालक कृषकले समाजमा सामाजिक प्रतिष्ठा प्राप्त गरेका राम्रो आर्थिक उन्नतीसँगै घरजग्गा जोडेका, स्वास्थ्य सेवामा समेत आफू सक्षम रहेको भेटियो । आर्थिक सुधारताले कृषकको जीवनशैलीमा नै परिवर्तन भएको कुरा अध्ययनबाट पत्ता लागेको छ । आर्थिक सुधारसँगै उनीहरूमा बालबालिकालाई पढाउनुपर्दछ भन्ने धारणाको विकास भएको देखिन्छ । त्यसैगरी पशुपालन पछि भएको आर्थिक सुधारले आत्मनिर्भर बन्ने सक्षम कृषकहरूको संख्या अत्याधिक पाइयो । पशुपालन व्यवसायका धेरै सकरात्मक पक्षहरू हुँदा–हुँदै पनि केही नगन्य मात्रामा यसका नकरात्मक पक्षहरू पनि देखिएका छन । अझै पनि पशुपालनमा लागेका कृषकलाई हेय दृष्टिकोणले हेर्ने, फोहोरी पेशाको रुपमा अपमान गर्ने गरिन्छ । सरसफाइमा ध्यान नदिदा पशु पन्छिका रोग सर्न े, परजीवीले आक्रमण गर्ने देखिन्छ । व्यावसायिक रुपमा पशुपालन गरी आम्दानी गर्ने कृषकमा बाडेर खाने प्रवृत्ति कम हुने, पेशाको लोभले गुणस्तरमा ध्यान नदिने जस्ता यसका नकरात्मक पक्षहरू देखिन्छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11719
Appears in Collections:Sociology

Files in This Item:
File Description SizeFormat 
Cover.pdf103.07 kBAdobe PDFView/Open
Thesis.pdf629.62 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.